गल्याङ नगरपालिकाद्वारा किसानलाई अनुदान वितरण

गल्याङ,२० साउन– गल्याङ नगरपालिकाले किसानलाई अनुदान रकम वितरण गरेको छ । गल्याङ नगरपालिका २ बटुवामा भएको अनुदान वितरण कार्यक्रममा बोल्दै नगरप्रमुख भुपराज अधिकारीले गल्याङका किसानहरु आत्मनिर्भर बन्दै गएको बताउनुभएको छ ।
उहाँले किसानहरु व्यवसायिक र आत्मनिर्भर बन्ने क्रममा रहेको बताउनुभयो ।

बटुवाका कृषकहरुलाई नगरपालिकाले दूधमा प्रतिलिटर १५ रुपैयाँ तथा गाई पकेट क्षेत्र लागत साझेदारी कार्यक्रमको अनुदान वितरण वितरण गरेको हो । कार्यक्रममा बोल्दै नगरप्रमुख अधिकारीले भन्नुभयो, ‘अनुदानको व्यवस्थाले किसानहरु धेरै उत्साहित हुनुभएको छ । पूर्ण रुपमा आत्मनिर्भर नबन्दासम्म अनुदानको कार्यक्रम यथावत रहनेछ ।’ कृषिको बजारिकरण हुन सकेमा किसानलाई अझै उत्साह थपिने भन्दै नगरप्रमुख अधिकारीले गल्याङमा उत्पादन भएको कृषि उपजको विक्रीको ग्यारेण्टी नगरपालिकाले लिएको पनि दोहो¥याउनुभयो ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले गल्याङमा जस्तो अनुदानको व्यवस्था नेपालमा नै नभएको भन्दै त्यसको सदुपयोग गर्न किसानहरुलाई आग्रह गर्नुभयो । उहाँले अनुदानमा मात्रै भर पर्नु भन्दा पनि आत्मनिर्भर बन्ने योजनामा बढि लाग्न सुझाब दिनुभयो ।

वडा अध्यक्ष इवप्रसाद कर्माचार्यले गल्याङ नगरपालिकाका कारण किसानको जीवनशैली फेरीएको बताउनुभयो । कृषक टिकाकुमारी रानाले सबैभन्दा धेरै दूधमा अनुदान प्राप्त गर्नुभएको छ । रानाले प्रतिलिटर १५ रुपैयाँ अनुदान वापत छ महिनामा र्२ लाख ४० हजार ८ सय ५९ रुपैयाँ ४० पैसा पाउनुभएको छ । यसै गरी रानाले गाई पकेट लागत साझेदारी कार्यक्रम अन्तर्गत दुई वटा गाई खरिद गरे वापत ४२ हजार रुपैयाँ अनुदान समेत प्राप्त गर्नुभएको छ ।

बटुवा दुग्ध उत्पादन संकलन केन्द्रमा दूध संकलन गर्ने ६६ जना किसानलाई उत्पादनको आधारमा प्रतिलिटर १५ रुपैयाँका दरले ११ लाख ८६ हजार पाँच सय ७५ रुपैयाँ वितरण गरिएको छ । भने गाई पकेट लागत साझेदारी कार्यक्रम अन्तर्गत १७ जना कृषकहरुलाई जनही ७२ हजार रुपैयाँका दरले जम्मा ७ लाख १४ हजार रुपैयाँ वितरण गरिएको छ ।
कार्यक्रममा बटुवा दुग्ध संकलन केन्द्रका अध्यक्ष भीम भण्डारीले प्रतिलिटर १५ रुपैयाँ, लागत साझेदारी र व्याजमा अनुदान गरी आफ्नो संस्थाले झण्डै ३० लाख रुपैयाँ अनुदान प्राप्त गरेको जानकारी दिनुभयो ।

ताजा

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

२०८३ आश्विन २५ गते, आईतवार

स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत

२०८३ आश्विन २४ गते, शनिबार

नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित

२०८३ आश्विन २४ गते, शनिबार

सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त

२०८३ आश्विन २३ गते, शुक्रबार

प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान

२०८३ आश्विन २३ गते, शुक्रबार

पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु

२०८३ आश्विन २३ गते, शुक्रबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal