पुतलीबजारमा महिला सहायता कक्ष


स्याङ्जा,२० साउन– मानवअधिकारको लागि महिला एकल महिला समुहले पुतलीबजार नगरपालिकाको कार्यालयमा सहायता कक्ष सञ्चालना ल्याएको छ ।

महिलाहरुको समस्यामा सहयोग पुर्याउन मानवअधिकारको लागि महिला एकल समुहले नगरपालिकामा सहायता कक्ष स्थापना गरेको हो ।
सहायता कक्षकोे उद्घाटन गर्दै पुतलीबजार नगरपालिका नगरप्रमुख सीमाकुमारी क्षेत्रील महिलाका समस्याहरु धेरै भएको बताउदै सहायता कक्षको स्थापना संगै महिलाहरुको समस्या समाधान गर्न सहयोग पुग्ने बताउनुभयो ।

नगरप्रमुख क्षेत्रीले महिलाहरुलाई आर्थिक संग जोड्न नगरपालिकाले विभिन्न योजनाहरु सञ्चालन गरेको बताउदै एकल महिलाहरुलाई पनि बजेट विनियोजन गरेको बताउदै सबै महिलाहलाई आयआर्जन हुने काममा लाग्न समेत आग्रह गर्नुभयो ।
सहायता कक्ष सञ्चालन कार्यक्रमको उद्घाटन समारोहमा नगर उपप्रमुख महेश पुरी, निमित्त प्रमुख प्रशासकीय अधिकृत बाबुराम बराल, आर्थीक विकास समितिका संयोजक बाबुकाजी जिटी, महिला तथा बालबालीका शाखा प्रमुख ठगीकुमारी खनाल लगाएतको सहभागीता रहेको थियो ।
एकल महिला समुह स्याङजाकी अध्यक्ष सरिता थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । नगरपालिकामा स्थापना भएको महिला सहायता कक्षबाट महिलाका समस्या, गुनासा र सहजीकरणका लागि पहल गरिने मानव अधिकारको लागि महिला एकल महिला समुहकी कार्यक्रम संयोजक मुना पुनले जानकारी दिनुभयो ।

ताजा

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा

२०८३ बैशाख ९ गते, बुधबार

आज मातातीर्थ औँसी

२०८३ बैशाख ४ गते, शुक्रबार

वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वगृहमन्त्री रमेश लेखक रिहा

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो

२०८२ चैत्र २६ गते, बिहीबार

लेबनान आक्रमणले युद्धविराम सङ्कटमा

२०८२ चैत्र २६ गते, बिहीबार

सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत

२०८२ चैत्र २६ गते, बिहीबार

पोखरा सभागृहचोकमा महिलाको हत्या

२०८२ चैत्र २६ गते, बिहीबार

आज देखि वालिङमा प्रथम ओमकार इभेन्ट एक्स्पाे सुरु

२०८२ चैत्र २६ गते, बिहीबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal