एसएसबीले तुइन काटेर वेपत्ता भएका जयसिंह धामीका बारेमा समाचार नलेख्न सरकारको आदेश

काठमाडौँ,१७ साउन–  सरकारले एसएसबीले तुइन काटेर नदीमा वेपत्ता पारेका नेपाली नागरिक जयसिंह धामीको बारेमा समाचार नलेख्न निर्देशन दिएको छ । गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै तथ्य नै सार्वजनिक नभएको जनाएको छ । उसले तथ्य अनुसन्धानका लागि टोली घटनास्थल गएको बताउँदै तत्काल केही पनि मन्त्रालयको समाचारले भ्रम सिर्जना हुने भन्दै छानविन सकेपछि मात्र समाचार लेख्न अनुरोध गरेको छ ।

एक जना नागरिकको ज्यान लिनेगरी भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काटेर नदीमा खसालेर हत्या गर्दा पनि सरकार भने उल्टै भारतीयको बचाउमा देखिएको छ । यसअघि जिल्ला प्रशासन कार्यालय दार्चुलाले निकालेको विज्ञप्तिमा प्रकाशित समाचारहरूप्रति आपत्ति जनाइएकोमात्र छैन घुमाउरो भाषामा धम्की समेत दिइएको छ । मन्त्रालयको विज्ञप्ति पनि त्यस्तै छ ।

प्रत्यक्षदर्शीले एसएसबीले तुइन काटेर महाकालीमा बेपत्ता बनाएको बयान दिइरहेको र भिडियोसमेत आइसकेको अवस्थामा भारतकै बचाउमा सरकार लाग्नुले शंका उत्पन्न भएको छ । तुइन प्रकरण प्रत्यक्षदर्शीहरुको बयान तारन्तार सञ्चारमाध्यम मार्फत सार्वजनिक भएकै छन । पीडित पक्षले नेपाली मात्र होइन, भारतीय प्रशासनमा पनि घटना छानबिन र दोषी उपर कारवाहीको माग राख्दै निवेदन दिएका छ्न । दैनिकी

 

ताजा

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal