एसएसबीले तुइन काटेर वेपत्ता भएका जयसिंह धामीका बारेमा समाचार नलेख्न सरकारको आदेश

काठमाडौँ,१७ साउन–  सरकारले एसएसबीले तुइन काटेर नदीमा वेपत्ता पारेका नेपाली नागरिक जयसिंह धामीको बारेमा समाचार नलेख्न निर्देशन दिएको छ । गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै तथ्य नै सार्वजनिक नभएको जनाएको छ । उसले तथ्य अनुसन्धानका लागि टोली घटनास्थल गएको बताउँदै तत्काल केही पनि मन्त्रालयको समाचारले भ्रम सिर्जना हुने भन्दै छानविन सकेपछि मात्र समाचार लेख्न अनुरोध गरेको छ ।

एक जना नागरिकको ज्यान लिनेगरी भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काटेर नदीमा खसालेर हत्या गर्दा पनि सरकार भने उल्टै भारतीयको बचाउमा देखिएको छ । यसअघि जिल्ला प्रशासन कार्यालय दार्चुलाले निकालेको विज्ञप्तिमा प्रकाशित समाचारहरूप्रति आपत्ति जनाइएकोमात्र छैन घुमाउरो भाषामा धम्की समेत दिइएको छ । मन्त्रालयको विज्ञप्ति पनि त्यस्तै छ ।

प्रत्यक्षदर्शीले एसएसबीले तुइन काटेर महाकालीमा बेपत्ता बनाएको बयान दिइरहेको र भिडियोसमेत आइसकेको अवस्थामा भारतकै बचाउमा सरकार लाग्नुले शंका उत्पन्न भएको छ । तुइन प्रकरण प्रत्यक्षदर्शीहरुको बयान तारन्तार सञ्चारमाध्यम मार्फत सार्वजनिक भएकै छन । पीडित पक्षले नेपाली मात्र होइन, भारतीय प्रशासनमा पनि घटना छानबिन र दोषी उपर कारवाहीको माग राख्दै निवेदन दिएका छ्न । दैनिकी

 

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal