बृद्धभत्तालिएर जनताको घरदैलोमा गाउँपालिका अध्यक्ष मानन्धर
वालिङ,८ साउन– हरिनास गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धर बृद्ध भत्ता लिएर स्थानीय जनताको घरदैलोमै पुग्नुभएको छ । जिल्ला सदरमुकाम देखि निकै टढाको दुरीमा रहेको गाउँपालिकाम बृद्धभत्ता लिनको लागि बैंकमा जानुपर्ने बाध्यताले निकै सास्ती खेप्दैआएका बृद्धबृद्धाको गुनासो सुनेपछि अध्यक्ष मानन्धर भत्ता लिएर स्थानीयको घरमै पुग्नुभएको हो ।
गाउँपालिकाको वडा नम्बर १ खैरेकोट गाउँमा पुगरे अध्यक्ष मानन्धरले स्थानीय बृद्धबृद्धाहरुलाई भत्ताा वितरण गर्नुभएको हो । अध्यक्ष मानन्धरले भन्नुभयो स्थानीय सरकार भनेको जनताको सबैभन्दा नजिकको सरकार भएकाले जनाताको चाहाना अनुसार जनलाई सुविधा पुग्नेगरी काम गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “धेरै बुवा आमाहरुले बैंकमा गएर भत्ता लिन आफुहरुलाई समस्या भएको गुनासो गर्नुभयो । त्यसैले उहाँहरुलाई सजिलो होस भनेर गाउँमै पुगेर भत्ता वितरण गरेकाहौ, यो कामले बृद्ध बाबाआमा धेरै खुसी हुनुभएको छ ।”
गाउँपालिकाले जनता संग अध्यक्ष कार्यक्रम समेत सञ्चालन गर्दै आएको छ । सो कार्यक्रम अन्तरर्गत अध्यक्ष गाउँगाउँमा पुगेर जनताको गुनासो सुन्नुका साथै समस्याहरु समेत समाधान गर्दै आएको गाउँपालिका अध्यक्ष मानन्धरले बताउनुभयो ।
बृद्ध भत्ता बैंक बाट लिने नियम बनाए संगै धेरै बृद्धबृद्धाहरुले सास्ती खेप्नुका साथै दुरदराजका गाउँहरुबाट बैंक सम्म आउँदा बैंकबाट बुजेको भत्ताको आधी रकम त गाडी भाडामै खर्चगर्नुपर्ने बाध्यतामा धेरै बृद्धहरु रहेकाछन् ।
ताजा
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
























