बृद्धभत्तालिएर जनताको घरदैलोमा गाउँपालिका अध्यक्ष मानन्धर


वालिङ,८ साउन– हरिनास गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धर बृद्ध भत्ता लिएर स्थानीय जनताको घरदैलोमै पुग्नुभएको छ । जिल्ला सदरमुकाम देखि निकै टढाको दुरीमा रहेको गाउँपालिकाम बृद्धभत्ता लिनको लागि बैंकमा जानुपर्ने बाध्यताले निकै सास्ती खेप्दैआएका बृद्धबृद्धाको गुनासो सुनेपछि अध्यक्ष मानन्धर भत्ता लिएर स्थानीयको घरमै पुग्नुभएको हो ।

गाउँपालिकाको वडा नम्बर १ खैरेकोट गाउँमा पुगरे अध्यक्ष मानन्धरले स्थानीय बृद्धबृद्धाहरुलाई भत्ताा वितरण गर्नुभएको हो । अध्यक्ष मानन्धरले भन्नुभयो स्थानीय सरकार भनेको जनताको सबैभन्दा नजिकको सरकार भएकाले जनाताको चाहाना अनुसार जनलाई सुविधा पुग्नेगरी काम गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “धेरै बुवा आमाहरुले बैंकमा गएर भत्ता लिन आफुहरुलाई समस्या भएको गुनासो गर्नुभयो । त्यसैले उहाँहरुलाई सजिलो होस भनेर गाउँमै पुगेर भत्ता वितरण गरेकाहौ, यो कामले बृद्ध बाबाआमा धेरै खुसी हुनुभएको छ ।”
गाउँपालिकाले जनता संग अध्यक्ष कार्यक्रम समेत सञ्चालन गर्दै आएको छ । सो कार्यक्रम अन्तरर्गत अध्यक्ष गाउँगाउँमा पुगेर जनताको गुनासो सुन्नुका साथै समस्याहरु समेत समाधान गर्दै आएको गाउँपालिका अध्यक्ष मानन्धरले बताउनुभयो ।
बृद्ध भत्ता बैंक बाट लिने नियम बनाए संगै धेरै बृद्धबृद्धाहरुले सास्ती खेप्नुका साथै दुरदराजका गाउँहरुबाट बैंक सम्म आउँदा बैंकबाट बुजेको भत्ताको आधी रकम त गाडी भाडामै खर्चगर्नुपर्ने बाध्यतामा धेरै बृद्धहरु रहेकाछन् ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal