अर्जुनचौपारी गाउँपालिकाद्वार किसानलाई बाख्रा वितरण
वालिङ,८ साउन– अर्जुनचौपारी गाउँपालिकाले किसानलाई बाख्रा वितरण गरेको छ । गाउँपालिकाले वडा नम्बर ५ लाई शुक्रबार बाख्रा पकेट क्षेत्रको रुपमा घोषणा गर्दै किसानहरुलाई बाख्रा वितरण गरेको हो ।
बाख्रा वितरण कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष दिर्घनारायण अर्यालले किसानलाई कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले बाख्रा वितरण गरिएको बताउनुभयो । गाउँपालिकाबाट प्राप्त बाख्राबाट किसानले राम्रो आम्दानी लिनुका साथै ब्यावसायीक बन्नेमा अध्यक्ष अर्यालले विश्वास ब्याक्त गर्नुभयो ।
गाउँपालिका उपाध्यक्ष चिनमाया गुरुङ गाउँघरमै ब्यावसायीक किसान तयार गर्दै रोजगारी सिर्जना गर्ने योजना अनुसार ५० प्रतिशत अनुदानमा बाख्रा वितरण गरिएको बताउनुभयो । ५० जना किसानलाई प्रति किसान ५ वटाका दरले बाख्रा वितरण गरिएको र ४ वटा उन्नत जातको बोका समेत वितरण गरिएको उपाध्यक्ष गुरुङले जानकारी दिनुभयो ।
किसानलाई वितरण गरिएका बाख्राको विमा गर्नुका साथै बाख्राको लागि आवश्यक औषधी पनि उपलब्ध गराईनुका साथै तालिम समेत दिइएको थियो । गाउँपालिकाले गाउँघरमै आएर बाख्रा उपलब्ध गराएपछि किसानहरु उत्साहित भएकाछन् ।
बाख्रा वितरण कार्यक्रममा बोल्दै वडा नम्बर ५ का अध्यक्ष ख्यामनारायण खनाल र कृषि शाखा प्रमुख सुदिप रेग्मीले बाख्राको राम्रो पालनपोषण गरेर राम्रो आम्दानी लिन किसानहरुलाई आग्रह गर्नुभएको थियो ।
गाउँपालिकाको पशुसेवा शाखा अन्तरगत शर्सत साना ब्यावसायीक कृषि उत्पादन केन्द्र बाख्रा पकेट सम्बन्धी १५ लाख रुपैयाको अनुदानमा बाख्रा वितरण गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको अनुदान र डहरे देउराली साना किसान कृषि सहकारी संस्थाको समन्वयमा बाख्रा वितरण गरिएको हो ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
























