कृषकलाई भैंसी वितरण
फाइल तस्विरः
वालिङ,८ साउन– वालिङ नगरपालिकाले कृषकहरुलाई भैंसी वितरण गरेको छ । नगरभित्रका ९, १३ र १४ नम्बर वडाका ३३ कृषकहरुलाई ब्यवसायिक दूध उत्पादन प्रवद्र्धन गर्नका लागि नगरपालिकाले लागत साझेदारीमा भैंसी प्रवद्र्धन कार्यक्रम अन्तर्गत ६२ वटा भैंसी वितरण गरेको हो ।
सो कार्यक्रमका लागि पशु सेवा शाखाको आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक स्वीकृत कार्यक्रम लागत साझेदारी अन्तर्गत रु. २६ लाख ४५ हजार र कृषकहरुको ५० प्रतिशत लागत साझेदारीमा करीब रु. ५३ लाखको लागतमा सो कार्यक्रम गरिएको हो ।
भैंसीपालनका लागि संभावित ठाउँ तथा कृषकहरुको मागका आधारमा तीन वटा वडा छनौट गरी माउ भैंसी वितरण गरिएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।
परम्परागतरुपमा भैंसीपालन गर्दै आउनुभएका कृषकहरुलाई आधुनिक तरिकाले उन्नत जातका भैंसीपालनतर्फ आकर्षित गरी वालिङलाई दूधमा आत्मनिर्भर बनाउने उद्देश्यले भैंसी प्रवद्र्धन कार्यक्रम राखिएको उहाँले बताउनुभयो ।
नगरपालिकाले माग गरेको आवेदनका आधारमा कृषकहरुले ५० प्रतिशत लागत साझेदारीमा उन्नत मुर्रा क्रस जातका भैंसी खरीद गरेको पशु शाखाका प्रमुख डा. बसन्तकुमार अधिकारीले बताउनुभयो ।
हाल तीनवटा वडामा सञ्चालन भएको भैंसी प्रवद्र्धन कार्यक्रम अन्तर्गत केही कृषकले दुई वटा र केही कृषकले एउटाका दरले भैंसी खरीद गरेका डा. अधिकारीले जानकारी दिनुभयो ।
परम्परागत तरिकाले निर्वाहमुखीभन्दा पनि कृषकहरुलाई ब्यवसायिकतामा जोड दिनका लागि नगरपालिकाले नीति तथा कार्यक्रममा नै कृषिलाई प्राथमिकतामा राखेकाले सोही अनुसार कार्य अगाडि बढाएको हो ।
“कृषकहरुको मागका आधारमा अनुदान, लागत साझेदारीमा विभिन्न सहयोगहरु उपलब्ध गराउँदै आएका छौं” डा. अधिकारीले भन्नुभयो, “यसका अलावा समयानुसार तालीम, प्राविधिक सहयोग, घाँस तथा अत्याधुनिक औजार तथा उपकरणहरु सहयोग गरिएको छ ।”
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार























