कृषि उद्यमीहरुलाई पुरस्कार संगै औजार
वालिङ,२४ असार– कृषि पेशामा लागेर उदाहरणीय व्यक्ति बनेका वालिङका उद्यमीहरुलाई पुरस्कृत गरिएको छ । उत्कृष्ट व्यवसायीक सोचलाई व्यवहारमा उतार्न सफल भएको भन्दै उनीहरुलाई नगद सहित पुरस्कृत गरिएको वालिङ नगरपालिकाले जनाएको छ । कार्यक्रममा बोल्दै वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँणले उद्यमशीलताको प्रवद्र्धनले उत्पादन बढाउन सकिने बताउनु भएको छ । उहाँले युएनडिपीसँगको आर्थिक साझेदारीमा कृषि क्षेत्रमा नगरपालिकाले काम गरिरहेको जानकारी गराउनु भयो ।
नगरउपप्रमुख कल्पना तिवारीले अनुदानमा प्राप्त सामाग्रीहरु सबैले मिलेर प्रयोग गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘सामाग्रीको सही तथा सामुहिक प्रयोगमा जोड दिनुहोस् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले माटो सुहाउदो कृषि खेतीलाई नगरपालिकाले प्राथमिकता दिएर काम गरिरहेको बताउनु भयो ।
कार्यक्रममा बोल्दै दियालो संस्थाका अध्यक्ष कविता तिवारीले उत्कृष्ट र उदाहरणीय काम गरिरहेका कृषि उद्यमीहरुलाई पुरस्कृत गरिएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘कृषकको माग र आवश्यक्ता तथा वडाको सिफारिसमा आवश्यक कृषि औजारहरु वितरण गरिएको हो ।’
युएनडिपी नेपाल र वालिङ नगरपालिकाको आर्थिक सहयोगमा दियालो संस्थाद्वारा सञ्चालित कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना अन्तर्गत कृषकलाई पुरस्कृत गर्नुका साथै सामाग्री वितरण गरिएको हो ।
कृषि कर्ममा राम्रो काम गरेर उदाहरणीय बनेका ९ जना उद्यमीहरुलाई प्रशंसा स्वरुप नगद रु १० हजार तथा प्रमाणपत्रले पुरस्कृत गरिएको कार्यक्रम प्रमुख राधाकृष्ण डुम्रेले जानकारी दिनुभयो । त्यस्तै १६ जना कृषकलाई गोठसुधार कार्यक्रम अन्तरगत साझेदारीमा सहयोग गरिएको उहाँले बताउनु भयो । सो अवसरमा चापकटर, टनेल, ठेला लगायतका कृषि सामग्री समेत प्रदान गरिएको छ ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















