कृषि उद्यमीहरुलाई पुरस्कार संगै औजार
वालिङ,२४ असार– कृषि पेशामा लागेर उदाहरणीय व्यक्ति बनेका वालिङका उद्यमीहरुलाई पुरस्कृत गरिएको छ । उत्कृष्ट व्यवसायीक सोचलाई व्यवहारमा उतार्न सफल भएको भन्दै उनीहरुलाई नगद सहित पुरस्कृत गरिएको वालिङ नगरपालिकाले जनाएको छ । कार्यक्रममा बोल्दै वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँणले उद्यमशीलताको प्रवद्र्धनले उत्पादन बढाउन सकिने बताउनु भएको छ । उहाँले युएनडिपीसँगको आर्थिक साझेदारीमा कृषि क्षेत्रमा नगरपालिकाले काम गरिरहेको जानकारी गराउनु भयो ।
नगरउपप्रमुख कल्पना तिवारीले अनुदानमा प्राप्त सामाग्रीहरु सबैले मिलेर प्रयोग गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘सामाग्रीको सही तथा सामुहिक प्रयोगमा जोड दिनुहोस् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले माटो सुहाउदो कृषि खेतीलाई नगरपालिकाले प्राथमिकता दिएर काम गरिरहेको बताउनु भयो ।
कार्यक्रममा बोल्दै दियालो संस्थाका अध्यक्ष कविता तिवारीले उत्कृष्ट र उदाहरणीय काम गरिरहेका कृषि उद्यमीहरुलाई पुरस्कृत गरिएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘कृषकको माग र आवश्यक्ता तथा वडाको सिफारिसमा आवश्यक कृषि औजारहरु वितरण गरिएको हो ।’
युएनडिपी नेपाल र वालिङ नगरपालिकाको आर्थिक सहयोगमा दियालो संस्थाद्वारा सञ्चालित कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना अन्तर्गत कृषकलाई पुरस्कृत गर्नुका साथै सामाग्री वितरण गरिएको हो ।
कृषि कर्ममा राम्रो काम गरेर उदाहरणीय बनेका ९ जना उद्यमीहरुलाई प्रशंसा स्वरुप नगद रु १० हजार तथा प्रमाणपत्रले पुरस्कृत गरिएको कार्यक्रम प्रमुख राधाकृष्ण डुम्रेले जानकारी दिनुभयो । त्यस्तै १६ जना कृषकलाई गोठसुधार कार्यक्रम अन्तरगत साझेदारीमा सहयोग गरिएको उहाँले बताउनु भयो । सो अवसरमा चापकटर, टनेल, ठेला लगायतका कृषि सामग्री समेत प्रदान गरिएको छ ।
ताजा
याक र चौरीलाई लेक लगिँदै
२०८३ बैशाख २८ गते, सोमबार
याक र चौरीलाई लेक लगिँदै
२०८३ बैशाख २८ गते, सोमबार
एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण
२०८३ बैशाख २८ गते, सोमबार
राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत
२०८३ बैशाख २८ गते, सोमबार
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा माइतिघरमा ऐक्यवद्धता र्याली
२०८३ बैशाख २० गते, आईतवार
डिजिटल पहुँच विस्तार तीव्र,उपयोग र नियन्त्रणमा चुनौती
२०८३ बैशाख २० गते, आईतवार
एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने
२०८३ बैशाख २० गते, आईतवार
आजको मौसमः केही स्थानमा मध्यम वर्षा र हिमपात हुने
२०८३ बैशाख २० गते, आईतवार
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा
२०८३ बैशाख ९ गते, बुधबार





















