सेतीवेणीका बाढि पिडितको बस्तीमा नगरप्रमुख अधिकारी
केपी खनाल
गल्याङ,२४ असार– लगातारको वर्षातका कारण समस्यामा परेका वासिन्दालाई सान्त्वना दिन गल्याङ नगरप्रमुख भुपराज अधिकारी वडा नम्बर ५ सेतीवेणीमा पुग्नुभएको छ । निरन्तरको वर्षाले कालीगण्डकी नदीको सतह बढेर समस्यामा परेका स्थानीयको अवस्था बुझ्न नगरप्रमुख अधिकारी पिडितहरुको बस्तीमा पुग्नुभएको हो ।
सो अवसरमा नगरप्रमुख अधिकारीले तत्कालित राहतको रुपमा जनही पाँच हजारका दरले बाढि पिडितलाई रकम हस्तान्तरण पनि गर्नुभएको छ । केही दिन अगाडि परेको पानीका कारण सेतीवेणीमा रहेका दशवटा पसलमा बाढिले असर पु¥याएको थियो भने एक घर पूर्ण रुपमा क्षति भएको थियो ।
पूर्ण क्षति भएका परिवारलाई २० हजार र अन्य पिडित सहित १९ परिवारलाई पाँच हजारका दरले नगरप्रमुख अधिकारीले तत्कालिन राहत उपलब्ध गराउनुभएको हो ।
बाढिले तहसनहस बनाएको सेतीवेणी क्षेत्रको अवलोकन पछि गरिएको कार्यक्रममा नगरप्रमुख अधिकारीले पिडितहरुलाई उचित क्षतिपूर्तिको पहल गर्ने बताउनुभयो ।
उहाँले नगरवासीलाई समस्या पर्दा आफु सधैं समाधानको प्रयत्नमा लाग्ने भन्दै पालिकाको तर्फबाट र अन्य निकायबाट सक्दो सहयोग गर्ने आश्वासन दिनुभयो ।
नगरप्रमुख अधिकारीले सेतीवेणीका वासिन्दाको चाहनाका आधारमा बैकल्पिक बसोबासको व्यवस्थाका लागि आफुले पहल गर्ने बताउनुभयो । कालीगण्डकी ‘ए’ जलविद्युत परियोजनासँग समन्वय गरेर बस्ती स्थानान्तरण गर्ने वा अन्य विकल्पमा स्थानीयको चाहना अनुसार आफुले दीर्घकालिन समाधानको पहल गर्ने उहाँले बताउनुभयो ।
नगरप्रमुख अधिकारीले भन्नुभयो, ‘दुर्गम क्षेत्रमा रहेका र विपन्न परिवारहरु राहत लिन कम पुग्ने गर्नुभएको छ, तर मेरो प्राथमिकता त्यही वर्गमा रहनेछ ।’
कार्यक्रममा गल्याङ नगरपालिका वडा नम्बर ५ का अध्यक्ष विष्णुबहादुर बस्याल क्षेत्रीले स्थानीयको समस्या समाधानमा आफु सधैं प्रयासमा रहेको बताउनुभयो ।
कार्यक्रममा स्थानीयबासीले कालीगण्डकी ‘ए’ जलविद्युत परियोजनाको कारण आफुहरुले वर्षेनी पिडा भोग्नुपरेको गुनासो गरेका छन् ।
ताजा
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार























