कृषिमा रमाएका टिकाराम


गोपाल जिटी

वालिङ,२२ असार– समाजसेवामा लाग्ने अधिकांश व्यक्तिहरु घरायसी कामकाजमा त्यति समय दिन सकेको देखिदैन । तर स्याङ्जा वालिङका टीकाराम लुईंटेल समाजसेवासँगै कृषि पेशालाई व्यवसायिकता दिन भ्याएका छन् । वालिङ नगरपालिका १४ तमादिका लुईंटेल समाजसेवासँगै तरकारीखेति गरेर आय आर्जनलाई पनि सँगै डो¥याएका हुन् ।

विगत २०७४ सालदेखि तरकारीखेति गर्दै आएका लुईंटेलको फर्ममा अहिले गोलभेंडा लटरम्म फलिरहेका छन् । मौसम अनुसार अन्य तरकारी पनि उत्पादन गर्दै आएका लुईंटेलले गोलभेडालाईं प्राथमिकता दिएका छन् । अरु तरकारीको जस्तो मूल्यमा गिरावट नआउने, विक्रिको लागि समस्या नहुने र परिश्रम अनुसार कमाईं पनि राम्रो हुनेभएकाले गोेलभेडा उत्पालनलाई प्राथमिकता दिएको लुईंटेलले बताए । विभिन्न संघ संस्थामा आवद्ध लुईंटेल सामाजिक सेवामा पनि उत्तिकै सक्रीय छन् । चारवर्ष शिक्षण पेशा गरेका लुईंटेल युवाहरुमा देखिएको विदेशमोहसँगै सातवर्ष वैदेशिक रोजगारीमा समय व्यतित गरेर फर्केका हुन् ।

काम गर्ने इच्छाशक्ति हुने हो भने थोरै जग्गा र खाली समयको सदुपयोग गरेर पनि कृषि पेशा अपनाएर आय आर्जनमा जुट्न सकिन्छ भन्ने उनको फर्मले देखाएको छ । लुईंटेलको आप्mनो ६ रोपनी जग्गामध्ये अहिले तीन रोपनीमा गोलभेडा छन् । ६ रोपनी खेतमा बीस पचिस मुरी धान फल्थ्यो भने त्यसको अहिलेको मूल्य भनेको त्यस्तै चालिस पचास हजार हुन आउँछ र दुःख पनि उत्तिकै गर्नुपर्छ । तीन रोपनीमा गोलभेडा लगाएर एक सिजनमा डेडलाखसम्म कमाई भएको र अरु बेला अन्य तरकारी लगाएर पनि त्यहि अनुपातमा आम्दानी गरेको लुईटेलले बताए । यसरी हेर्दा आधुनिकरुपमा खेति गर्ने हो भने उत्पादन र आर्थिक हिसावले धेरै राम्रो छ । ध्यान दिएर गर्ने हो भने सबैकुरा यहिँ भएको लुइटेलको भनाई छ । आप्mनो पेशालाई मायाँ मानेर त्यसैमा समय दिन्छु भनेर लाग्न लुईटेलको आग्रह छ । अस्तव्यस्त पार्ने, छोड्ने, मर्मत सम्भार नगर्ने हो भने सुरु नगर्दै ठिक हुन्छ तर यसबाट अधिकतम फाइदा छ ।

यहिखालको अरु आठ दश वटा टनेल थपेर एक परिवारले गर्न गाह्रो छैन भने वर्षमा ६ सात लाख सजिलै कमाउन सकिने लुईटेलको विश्वास छ । उनका गोलभेंडा स्थानीय बजारका साथै पर्वतको हुवाससम्म पुग्ने गरेको छ । पहिलादेखि नै कृषि प्रति मोह थियो, समय परिवेशसँगै अन्य क्षेत्रमा केहि समय काम गरेपनि त्यसलाई छोडेर कृषि पेशालाई अगाडि बढाएको लुईंटेलले व्यक्त गरे । समाजसेवासँगै स्थानीयस्तरमा कृषि पेशा गरेर आय आर्जन गर्न सकिन्छ भन्ने सन्देश दिनका लागि पनि तरकारीखेतिमा लागेको लुईंटेलको भनाई छ । लुईंटेलले फर्म दर्ता गरेका छैनन्, अरुबाट त्यस्तो आश पनि छैन तर धेरै युवाहरुमा तत्काल आम्दानी हुनुपर्ने सोचाई छ । यसबाट विस्तारै र दिगोरुपमा कमाइ गर्नसकिन्छ भन्ने बुभ्mनुपर्ने उनको भनाई छ ।

कतिपयले एक दुइवटा टनेलमा तरकारी लगाएर राज्यले केहि दिएन, हेरेन स्थानीयतहले केहि गरेन भनेर गुनासो गरेको सुनिन्छ । उत्पादन गरेर आम्दानी लिनुभन्दा पनि देखाएर अनुदानका लागि मात्र सुरु गरेको हो कि भन्ने लुईंटेलको धारणा छ । अनुदानका लागि अहिले राज्यको नीति धेरै भिन्न छ, पहिला जस्तो झोलामा भएको फाइलका आधारमा अनुदान पाउने अवस्थाको न्युनिकरण भएको छ । लुईटेलका अनुसार तरकारी लगायतका कृषि क्षेत्रमा लाग्न चाहनेहरुले मनैदेखि यो व्यवसाय गर्छु, यहि व्यवसाय अँगाल्ने हो भनेर लाग्ने हो भने कृषिको भविष्य राम्रो छ ।
विदेशमा रातदिन खटेर काम गर्नुपर्छ, यहाँ साथीहरुसँग बोल्दै, हाँस्दै र परिवारको साथमा बसेर काम गर्न सकिन्छ भने यो जस्तो राम्रो केहि हुनसक्दैन । कसैको दवाव छैन, डर छैन, आप्mनो स्वइच्छाले काम गरेर केहि गर्न सकिन्छ, त्यसैले आँप्mनै गाउँ ठाउँमा लाग्न लुईंटेलको आग्रह छ ।

ताजा

याक र चौरीलाई लेक लगिँदै

२०८३ बैशाख २८ गते, सोमबार

याक र चौरीलाई लेक लगिँदै

२०८३ बैशाख २८ गते, सोमबार

एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ बैशाख २८ गते, सोमबार

राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत

२०८३ बैशाख २८ गते, सोमबार

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा माइतिघरमा ऐक्यवद्धता र्‍याली

२०८३ बैशाख २० गते, आईतवार

डिजिटल पहुँच विस्तार तीव्र,उपयोग र नियन्त्रणमा चुनौती

२०८३ बैशाख २० गते, आईतवार

एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने

२०८३ बैशाख २० गते, आईतवार

आजको मौसमः केही स्थानमा मध्यम वर्षा र हिमपात हुने

२०८३ बैशाख २० गते, आईतवार

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा

२०८३ बैशाख ९ गते, बुधबार

आज मातातीर्थ औँसी

२०८३ बैशाख ४ गते, शुक्रबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal