स्याङजामा फरार रहेका २० जना पक्राउ

स्याङजा,२२ असार– प्रहरीले बिभिन्न मुद्धामा सजाय तोकिएका फरार रहेका व्याक्तिहरुलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय र माताहतका प्रहरी चौकीबाट खटिएको प्रहरीको टोलिले बिभिन्न मुद्धामा अदालतबाट सजाय तोकिएका २० जना फरार प्रतिवादीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पछिल्लो दुई हप्तामा पक्राउ पर्नेहरुमा सावरी ज्यान, नाता कायम, जबरजस्ती करणी, गाली वेइज्ज्ती लगायतका विभिन्न मुद्धामा विभिन्न समयमा फैसला भइ फरार रहेका प्रतिवादीहरु भएको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
पक्राउ पर्नेहरुमा २०७० सालमा सवारी ज्यान मुद्धामा फरार रहेका पुतलीबजार नगरपालिका ६ का ६५ वर्र्षीय मोतीप्रसाद गुरुङ, जवरजस्ती करणी मुद्दामा ५ वर्ष कैद सजाय तोकिई फरार रहेका अर्जुन चौपारी गाउँपालिका २ का ७१ वर्षीय मन बहादुर रोकाय लगायतका रहेकाछन् ।
पक्राउ गरिएका सबैलाई आवश्यक कारबाहीको लागि जिल्ला अदालतमा उपस्थित गराईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ताजा

स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु

२०८३ भाद्र १९ गते, शुक्रबार

स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु

२०८३ भाद्र १९ गते, शुक्रबार

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal