स्याङजामा फरार रहेका २० जना पक्राउ
स्याङजा,२२ असार– प्रहरीले बिभिन्न मुद्धामा सजाय तोकिएका फरार रहेका व्याक्तिहरुलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय र माताहतका प्रहरी चौकीबाट खटिएको प्रहरीको टोलिले बिभिन्न मुद्धामा अदालतबाट सजाय तोकिएका २० जना फरार प्रतिवादीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पछिल्लो दुई हप्तामा पक्राउ पर्नेहरुमा सावरी ज्यान, नाता कायम, जबरजस्ती करणी, गाली वेइज्ज्ती लगायतका विभिन्न मुद्धामा विभिन्न समयमा फैसला भइ फरार रहेका प्रतिवादीहरु भएको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
पक्राउ पर्नेहरुमा २०७० सालमा सवारी ज्यान मुद्धामा फरार रहेका पुतलीबजार नगरपालिका ६ का ६५ वर्र्षीय मोतीप्रसाद गुरुङ, जवरजस्ती करणी मुद्दामा ५ वर्ष कैद सजाय तोकिई फरार रहेका अर्जुन चौपारी गाउँपालिका २ का ७१ वर्षीय मन बहादुर रोकाय लगायतका रहेकाछन् ।
पक्राउ गरिएका सबैलाई आवश्यक कारबाहीको लागि जिल्ला अदालतमा उपस्थित गराईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















