गल्याङ नगरपालिकाद्वारा पिडिखोलाका कृषकलाई बाख्रा र घाँसको बिउ वितरण
गल्याङ,२० असार– गल्याङ नगरपालिका ६ पिडिखोलाका कृषकलाई बाख्रा र घाँसको बिउ वितरण गरिएको छ । नगरपालिकाले पिडिखोलाका ८० परिवारलाई बाख्रा तथा घाँसको बिउ वितरण गरेको होे ।
नगरपालिका भित्र रहेका किसानहरुलाई कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले नगरपालिकाले उन्नत जातका बोका बाख्रा वितरण गरेको हो ।
बाख्रा बितरण कार्यक्रममा वडाध्यक्ष टिकाराम भुसालले किसानहरुलाई आत्मनिभर र व्यवसायिक बनाउन सहयोग पुग्ने बताउनुभयो । उहाँले कृषि र पशुको क्षेत्रमा नगरपालिकाले विभिन्न योजनाहरु ल्याएको भन्दै त्यसको सदुपयोग गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा गल्याङ नगरपालिका पशु शाखा प्रमुख सुशिल अर्यालले खरी तथा बोयर जातका बोका वितरण गरिएको जानकारी दिनुभयो । उहाँले उन्नत जातका बोकाबाट व्यवसायीक रुपमा अगाडी बढ्न सहयोग पुग्ने बताउनुभयो । अर्यालले बाख्राका लागि आवश्यक घाँस पनि सँगै वितरण गरी दानाको खपत कम गर्ने लक्ष राखिएको बताउनुभयो ।
सो अवसरमा सुपर नेपियर, मोलाटो, गवाटेमाला, बदामे, राइखनियो लगायतका घाँसका बिउ वितरण गरिएको छ । पिडिखोला कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष देविलाल पाण्डेले प्राप्त बोका र घाँसको सदुपयोग गर्न आग्रह गर्नुभयो ।
ताजा
स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु
२०८३ भाद्र १९ गते, शुक्रबार
स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु
२०८३ भाद्र १९ गते, शुक्रबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार





















