अनुदानमा भन्दा बजारमा जोड दिन गल्याङ नगरप्रमुख अधिकारीको आग्रह
गल्याङ,२० असार– गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले अनुदानमा भन्दा बजारको ग्यारेण्टीका विषयमा किसानले बढि जोड दिनुपर्ने बताउनुभएको छ । अनुदानले मात्रै किसान उत्साहित नहुने भन्दै बजारको ग्यारेण्टी भएमा किसान आत्मनिर्भर बन्न सक्ने नगरप्रमुख अधिकारीले बताउनुभयो ।
तुल्सीभञ्ज्याङ सानाकिसान कृषि सहकारी संस्था लिमिटेडको आयोजनामा आइतबार भएको सीप विकासमा तरकारी खेती तालिम समापन कार्यक्रममा नगरप्रमुख अधिकारील सो कुरा बताउनुभएको हो ।
उहाँले गल्याङ नगरपालिकाले उत्पादनमा बजारको ग्यारेण्टी गरेको पनि बताउनुभयो । नगरप्रमुख अधिकारीले भन्नुभयो, ‘हामीले किसानलाई उत्साही बनाउनका लागि थुप्रै अनुदानका कार्यक्रम ल्याएका छौं । सँगै बजारको ग्यारेण्टी पनि गरेका छौं ।’
नगरपालिकाले अहिले अनुदानमुखी भन्दा पनि बजारमुखी कार्यक्रम जोड दिइएको बताउनुभयो । उहाँले दूधमा प्रतिलिटर १५ रुपैयाँको अनुदानको व्यवस्थालाई पनि अहिले निरन्तरता दिइएको बताउनुभयो ।
कोरोना भाइरस कोभिड १९ को कारण एक वर्षमा एक अर्बको वस्तु निर्यात गर्ने योजना पुरा हुन नसकेको नगरप्रमुख अधिकारीको भनाइ थियो । आगामी दिनमा तीन वर्षे र पाँच वर्षे योजना ल्याउने भन्दै उहाँले तीन वर्षमा दुई अर्बको निर्यात गर्ने योजना आफुले बनाएको पनि बताउनुभयो । नगरप्रमुख अधिकारीले पर्यटन र कृषि लाई जोड्नुको विकल्प नभएको भन्दै सम्मृद्ध बन्नका लागि कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।
उहाँले बाख्रा, अण्डा तथा बङ्गुरमा आत्मनिर्भर बनाउने र त्यसका लागि समूह एवं सहकारीसँग समन्वय गर्नेे बताउनुभयो ।
केही समयमा नै विपन्नहरुका लागि एक लाख चल्ला वितरण गर्ने योजना रहेको जानकारी दिदै नगरप्रमुख अधिकारीले अहिले पनि गल्याङमा आलु, दूध लगायतका करिब २० करोडको निर्यात भएको भएको भन्दै अब गरिबी अन्त्यको लडाइमा लाग्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा तुलसीभञ्ज्याङ साना किसान कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष दलबहादुर सिंजालीले तालिममा सिकेका सीपको सदुपयोग गर्न आग्रह गर्नुभयो । कार्यक्रममा गल्याङ नगरपालिका कृषि शाखा प्रमुख शिब ढकाल, प्रशिक्षक लालकुमार शर्मा लगायतले बोल्नुभएको थियो ।
ताजा
स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु
२०८३ भाद्र १९ गते, शुक्रबार
स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु
२०८३ भाद्र १९ गते, शुक्रबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार





















