कालीगण्डकी सेरोफेरो समाज यूकेद्वारा अस्पताललाई आर्थिक सहयोग
गल्याङ,२० असार– कालीगण्डकी सेरोफेरो समाज यूकेले जिल्लाका दुई पालिकामा रहेका अस्पताललाई आर्थिक सहयोग गरेको छ ।
समाजले कोरोना भाइरस (कोभिड १९) का बिरामीहरुको उपचारमा सहयोग पुर्याउने उद्देश्यले गल्याङ नगर अस्पताल र कालीगण्डकी अस्पताललाई आर्थिक सहयोग गरेको हो ।
गल्याङ नगरपालिकाद्वारा सञ्चालित नगर अस्पताललाई एक लाख १० हजार रुपैयाँ सहयोग गरेको छ भने कालीगण्डकी गाउँपालिकामा रहेको कालीगण्डकी अस्पताललाई दुई लाख २७ हजार ४ सय रुपैयाँ र बिर्घा स्वास्थ्य चौकीलाई एक लाख १० हजार सहयोग गरेको हो । आइतबार संस्थाका अध्यक्ष प्रेमसिंह रानाले सहयोग रकमको चेक गल्याङ नगर अस्पताल अस्पतालका प्रमुख प्रशासक थानापति न्यौपानेलाई हस्तान्तरण गर्नुभयो ।
यसै गरी कालीगण्डकी गाउँपालिकामा गाउँपालिका अध्यक्ष खिम बहादुर थापालाई संस्थाका पदाधिकारीहरुले सहयोग रकमको चेक हस्तान्तरण गर्नभएको थियो ।
गल्याङदेखि रिडि सम्मका यूकेमा रहेकाहरुको संस्था कालीगण्डकी सेरोफेरो समाज यूकेका अध्यक्ष प्रेमसिङ राना र हेम थापाको सकृयतामा रकम संकलन गरिएको कालीगण्डकी गाउँपालिकाबाट हिरा बहादुर गाहा मगरले जानकारी दिनुभयो । विदेशमा रहेर पनि आफ्नो ठाँउलाई सम्झीएर दुःखको बेलामा सहयोग गरेकोमा धन्यवाद दिदै कालीगण्डकी गाउँपालिका अध्यक्ष खिम बहादुर थापाले सहयोगले बिरामीको उपचारमा महत्वपूर्ण भूमीका खेल्ने बताउनुभयो ।
गल्याङ नगर अस्पतालका प्रमुख प्रशासक थानापति न्यौपानेले संस्थाको सहयोगले बिरामीको उपचारमा महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो । उहाँले प्राप्त रकमको सही सदुपयोग गरी विपन्न परिवारको उपचारमा खर्च गरिने बताउनुभयो ।
आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा समाजका अध्यक्ष प्रेमसिंह रानाले महामारीको रुपमा रहेको कोरोना भाइरसको नियन्त्रण तथा उपचारका लागि संस्थाले पहल गरेको बताउनुभयो ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार






















