कालीगण्डकी सेरोफेरो समाज यूकेद्वारा अस्पताललाई आर्थिक सहयोग
गल्याङ,२० असार– कालीगण्डकी सेरोफेरो समाज यूकेले जिल्लाका दुई पालिकामा रहेका अस्पताललाई आर्थिक सहयोग गरेको छ ।
समाजले कोरोना भाइरस (कोभिड १९) का बिरामीहरुको उपचारमा सहयोग पुर्याउने उद्देश्यले गल्याङ नगर अस्पताल र कालीगण्डकी अस्पताललाई आर्थिक सहयोग गरेको हो ।
गल्याङ नगरपालिकाद्वारा सञ्चालित नगर अस्पताललाई एक लाख १० हजार रुपैयाँ सहयोग गरेको छ भने कालीगण्डकी गाउँपालिकामा रहेको कालीगण्डकी अस्पताललाई दुई लाख २७ हजार ४ सय रुपैयाँ र बिर्घा स्वास्थ्य चौकीलाई एक लाख १० हजार सहयोग गरेको हो । आइतबार संस्थाका अध्यक्ष प्रेमसिंह रानाले सहयोग रकमको चेक गल्याङ नगर अस्पताल अस्पतालका प्रमुख प्रशासक थानापति न्यौपानेलाई हस्तान्तरण गर्नुभयो ।
यसै गरी कालीगण्डकी गाउँपालिकामा गाउँपालिका अध्यक्ष खिम बहादुर थापालाई संस्थाका पदाधिकारीहरुले सहयोग रकमको चेक हस्तान्तरण गर्नभएको थियो ।
गल्याङदेखि रिडि सम्मका यूकेमा रहेकाहरुको संस्था कालीगण्डकी सेरोफेरो समाज यूकेका अध्यक्ष प्रेमसिङ राना र हेम थापाको सकृयतामा रकम संकलन गरिएको कालीगण्डकी गाउँपालिकाबाट हिरा बहादुर गाहा मगरले जानकारी दिनुभयो । विदेशमा रहेर पनि आफ्नो ठाँउलाई सम्झीएर दुःखको बेलामा सहयोग गरेकोमा धन्यवाद दिदै कालीगण्डकी गाउँपालिका अध्यक्ष खिम बहादुर थापाले सहयोगले बिरामीको उपचारमा महत्वपूर्ण भूमीका खेल्ने बताउनुभयो ।
गल्याङ नगर अस्पतालका प्रमुख प्रशासक थानापति न्यौपानेले संस्थाको सहयोगले बिरामीको उपचारमा महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो । उहाँले प्राप्त रकमको सही सदुपयोग गरी विपन्न परिवारको उपचारमा खर्च गरिने बताउनुभयो ।
आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा समाजका अध्यक्ष प्रेमसिंह रानाले महामारीको रुपमा रहेको कोरोना भाइरसको नियन्त्रण तथा उपचारका लागि संस्थाले पहल गरेको बताउनुभयो ।
ताजा
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न
२०८३ असार १७ गते, बुधबार
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न
२०८३ असार १७ गते, बुधबार
वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित
२०८३ असार १६ गते, मंगलवार
२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)
२०८३ असार १५ गते, सोमबार
मनसुन सक्रिय : भारी वर्षा, बाढी–पहिरोको जोखिम बढेकाले सतर्क रहन प्राधिकरणको आग्रह
२०८३ असार १५ गते, सोमबार
जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते
२०८३ असार १२ गते, शुक्रबार
कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिँदै वालिङको झण्डै ९० करोड बजेट
२०८३ असार ११ गते, बिहीबार
बिरुवा गाउँपालिकाले ल्यायो ५१ करोड ६२ लाखको बजेट, पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी लगानी
२०८३ असार ११ गते, बिहीबार
स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म
२०८३ असार ९ गते, मंगलवार
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
२०८३ असार ८ गते, सोमबार






















