गल्याङ नगरपालिकाद्वारा पिडिखोलाका कृषकलाई बाख्रा र घाँसको बिउ वितरण


गल्याङ,२० असार– गल्याङ नगरपालिका ६ पिडिखोलाका कृषकलाई बाख्रा र घाँसको बिउ वितरण गरिएको छ । नगरपालिकाले पिडिखोलाका ८० परिवारलाई बाख्रा तथा घाँसको बिउ वितरण गरेको होे ।
नगरपालिका भित्र रहेका किसानहरुलाई कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले नगरपालिकाले उन्नत जातका बोका बाख्रा वितरण गरेको हो ।
बाख्रा बितरण कार्यक्रममा वडाध्यक्ष टिकाराम भुसालले किसानहरुलाई आत्मनिभर र व्यवसायिक बनाउन सहयोग पुग्ने बताउनुभयो । उहाँले कृषि र पशुको क्षेत्रमा नगरपालिकाले विभिन्न योजनाहरु ल्याएको भन्दै त्यसको सदुपयोग गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा गल्याङ नगरपालिका पशु शाखा प्रमुख सुशिल अर्यालले खरी तथा बोयर जातका बोका वितरण गरिएको जानकारी दिनुभयो । उहाँले उन्नत जातका बोकाबाट व्यवसायीक रुपमा अगाडी बढ्न सहयोग पुग्ने बताउनुभयो । अर्यालले बाख्राका लागि आवश्यक घाँस पनि सँगै वितरण गरी दानाको खपत कम गर्ने लक्ष राखिएको बताउनुभयो ।
सो अवसरमा सुपर नेपियर, मोलाटो, गवाटेमाला, बदामे, राइखनियो लगायतका घाँसका बिउ वितरण गरिएको छ । पिडिखोला कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष देविलाल पाण्डेले प्राप्त बोका र घाँसको सदुपयोग गर्न आग्रह गर्नुभयो ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal