पहिलो प्राथमिकतामा स्वास्थ्य ः मुख्यमन्त्री पोखरेल
स्याङ्जा,१९ असार– गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्ण चन्द्र नेपाली (पोखरेल) ले गण्डकी प्रदेश सरकारको पहिलो प्राथमिकता स्वास्थ्य भएको बताउनुभएको छ । मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेशमा रोगका कारण त्यसै कोही पनि मर्न नपर्ने बताउनुभएको छ ।
आँधीखोला गाउँपालिका ५ सेतिदोभानमा आँधीखोला सामुदायिक अस्पतालको शिलन्यास गर्दै मुख्यमन्त्री पोखरेलले सो कुरा बताउनुभएको हो ।
मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेशमा नयाँ सरकार गठन भएपछि पहिलो निर्णय नै महिलाको स्तन क्यान्सर, पाठेघरको क्यान्सरको निशुल्क उपचार गर्ने प्रदेश सरकारले निर्णण गरेको बताउदैे दुर्गम क्षेत्रका बिरामीलाई निशुल्क अस्पताल पु¥याइने कार्यक्रम रहेको बताउनुभयो । उहाँले महामारीको रुपमा फैलिएको कोरोनाले ठुलो क्षति पु¥याएको बताउदै प्रदेश सरकारले चाडो भन्दा चाडो निशुल्क खोप दिने समेत बताउनुभयो ।
प्रदेश सरकारले कोरोनाबाट मृत्यु भएका परिवारलाई राहतका साथै ६५ वर्ष भन्दा माथीका जेष्ठ नागरिकलाई निशुल्क उपचारको ब्यवस्था गर्ने मुख्यमन्त्री पोखरेलको भनाई थियो ।
मृगौला, क्यान्सर र मुटु रोगीको जिल्लामै उपचार गर्ने गरी २५ देखि ५० शैयाको अस्प्ताल बनाउने तयारी प्रदेश सरकारले गरेको बताउदै मुख्यमन्त्री पोखरेलले भीरकोट अस्पतालाई ट्रमा सेन्टर बनाउन बजेट विनियोजन गरेको बताउनुभयो । रोग सबैको साझा सत्रु भएकोले सबै एक भएर लड्नुपर्ने मुख्यमन्त्री पोखरेलको भनाई थियो । यस अघिको सरकारले गरेका राम्रा कामलाई प्राथमिकतामा राखेर काम गर्ने उहाँले बताउनुभयो । ११ रोपनी जमीनमा सात करोड ६१ लखको लगानीमा निर्माण हुन लागेको अस्पताल १५ शैयाको हुने छ ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार






















