पहिलो प्राथमिकतामा स्वास्थ्य ः मुख्यमन्त्री पोखरेल

स्याङ्जा,१९ असार– गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्ण चन्द्र नेपाली (पोखरेल) ले गण्डकी प्रदेश सरकारको पहिलो प्राथमिकता स्वास्थ्य भएको बताउनुभएको छ । मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेशमा रोगका कारण त्यसै कोही पनि मर्न नपर्ने बताउनुभएको छ ।
आँधीखोला गाउँपालिका ५ सेतिदोभानमा आँधीखोला सामुदायिक अस्पतालको शिलन्यास गर्दै मुख्यमन्त्री पोखरेलले सो कुरा बताउनुभएको हो ।
मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेशमा नयाँ सरकार गठन भएपछि पहिलो निर्णय नै महिलाको स्तन क्यान्सर, पाठेघरको क्यान्सरको निशुल्क उपचार गर्ने प्रदेश सरकारले निर्णण गरेको बताउदैे दुर्गम क्षेत्रका बिरामीलाई निशुल्क अस्पताल पु¥याइने कार्यक्रम रहेको बताउनुभयो । उहाँले महामारीको रुपमा फैलिएको कोरोनाले ठुलो क्षति पु¥याएको बताउदै प्रदेश सरकारले चाडो भन्दा चाडो निशुल्क खोप दिने समेत बताउनुभयो ।
प्रदेश सरकारले कोरोनाबाट मृत्यु भएका परिवारलाई राहतका साथै ६५ वर्ष भन्दा माथीका जेष्ठ नागरिकलाई निशुल्क उपचारको ब्यवस्था गर्ने मुख्यमन्त्री पोखरेलको भनाई थियो ।

मृगौला, क्यान्सर र मुटु रोगीको जिल्लामै उपचार गर्ने गरी २५ देखि ५० शैयाको अस्प्ताल बनाउने तयारी प्रदेश सरकारले गरेको बताउदै मुख्यमन्त्री पोखरेलले भीरकोट अस्पतालाई ट्रमा सेन्टर बनाउन बजेट विनियोजन गरेको बताउनुभयो । रोग सबैको साझा सत्रु भएकोले सबै एक भएर लड्नुपर्ने मुख्यमन्त्री पोखरेलको भनाई थियो । यस अघिको सरकारले गरेका राम्रा कामलाई प्राथमिकतामा राखेर काम गर्ने उहाँले बताउनुभयो । ११ रोपनी जमीनमा सात करोड ६१ लखको लगानीमा निर्माण हुन लागेको अस्पताल १५ शैयाको हुने छ ।

ताजा

वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न

२०८३ असार १७ गते, बुधबार

वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न

२०८३ असार १७ गते, बुधबार

वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित

२०८३ असार १६ गते, मंगलवार

२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)

२०८३ असार १५ गते, सोमबार

मनसुन सक्रिय : भारी वर्षा, बाढी–पहिरोको जोखिम बढेकाले सतर्क रहन प्राधिकरणको आग्रह

२०८३ असार १५ गते, सोमबार

जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते

२०८३ असार १२ गते, शुक्रबार

कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिँदै वालिङको झण्डै ९० करोड बजेट

२०८३ असार ११ गते, बिहीबार

बिरुवा गाउँपालिकाले ल्यायो ५१ करोड ६२ लाखको बजेट, पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी लगानी

२०८३ असार ११ गते, बिहीबार

स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म

२०८३ असार ९ गते, मंगलवार

अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा

२०८३ असार ८ गते, सोमबार

मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क

२०८३ असार ६ गते, शनिबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal