चापाकोटमा च्याउखेती सम्बन्धी तालिम


चापाकोट,१६ असार– चापाकोटमा च्याउखेति सम्बन्धी तालिम सुरु भएको छ । चापाकोट नगरपालिका ८ दामाचौरमा बुधबारदेखि सुरु भएको तीन िदने च्याउखेती सम्बन्धी तालिम उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड दामाचौर सेवाकेन्द्रले आयोजना गरेको हो ।

तालिमको उद्घाटन गर्दै चापाकोट ८ का अध्यक्ष नवराज श्रेष्ठले पछिल्लो समय सहकारीहरु बचत तथा ऋणको कारोबारमा केन्द्रित भैरहेका बेला उपकार सहकारीले च्याउखेती तालिम सञ्चालन गरेर नागरिकहरुलाई उत्पादनसँग जोड्ने प्रयासमा लाग्नु राम्रो कार्यको थालनी भएको बताउनुभयो । उहाँले यस्ता तालिमहरुले गाउँठाउँमा रहेका मानिसहरुलाई स्वरोजगारीका साथै आत्मनिर्भरता तर्पm उन्मुख गराउने विश्वास व्यक्त गर्नुभयो ।
सीप सहितको ज्ञानले मानिसलाई आत्मविश्वासी बनाउने भन्दै अध्यक्ष श्रेष्ठले तालिममा सिकेका कुरालाई व्यवहारमा उतारेर व्यवसायी बन्न सहभागीहरुलाई आग्रह गर्नुभयो ।
तालिममा २७ जनाको सहभागिता रहेको छ । वालिङ नगरपालिका ८ मा प्रधान कार्यालय रहेको उपकार सहकारीले दामाचौर सहित जिल्लाका तीन ठाउँमा तालिम सञ्चालन गर्ने जनाएको छ । यसै क्रममा वालिङ ७ केवरेमा झोल, सावुन बनाउने र वालिङ ६ को आपडालीमा बङ्गुर श्रोतकेन्द्र स्थापना सम्बन्धी तीन दिने तालिम सञ्चालन गर्ने संस्थाले जनाएको छ ।
भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको आर्थिक सहयोग एवं जिल्ला सहकारी संघ स्याङ्जाको पहल, कालिगण्डकी गाउँपालिका मार्पmत सहकारीले तालिमको आयोजना गरेको हो ।
तालिमबाट सहभागीहरुमा सम्बन्धित विषयको ज्ञान मिल्नुका साथै स्थानीय स्तरमा व्यवसाय प्रवद्र्धन हुने सहकारीले विश्वास लिएको छ ।

ताजा

स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु

२०८३ भाद्र १९ गते, शुक्रबार

स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु

२०८३ भाद्र १९ गते, शुक्रबार

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal