चापाकोटमा च्याउखेती सम्बन्धी तालिम


चापाकोट,१६ असार– चापाकोटमा च्याउखेति सम्बन्धी तालिम सुरु भएको छ । चापाकोट नगरपालिका ८ दामाचौरमा बुधबारदेखि सुरु भएको तीन िदने च्याउखेती सम्बन्धी तालिम उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड दामाचौर सेवाकेन्द्रले आयोजना गरेको हो ।

तालिमको उद्घाटन गर्दै चापाकोट ८ का अध्यक्ष नवराज श्रेष्ठले पछिल्लो समय सहकारीहरु बचत तथा ऋणको कारोबारमा केन्द्रित भैरहेका बेला उपकार सहकारीले च्याउखेती तालिम सञ्चालन गरेर नागरिकहरुलाई उत्पादनसँग जोड्ने प्रयासमा लाग्नु राम्रो कार्यको थालनी भएको बताउनुभयो । उहाँले यस्ता तालिमहरुले गाउँठाउँमा रहेका मानिसहरुलाई स्वरोजगारीका साथै आत्मनिर्भरता तर्पm उन्मुख गराउने विश्वास व्यक्त गर्नुभयो ।
सीप सहितको ज्ञानले मानिसलाई आत्मविश्वासी बनाउने भन्दै अध्यक्ष श्रेष्ठले तालिममा सिकेका कुरालाई व्यवहारमा उतारेर व्यवसायी बन्न सहभागीहरुलाई आग्रह गर्नुभयो ।
तालिममा २७ जनाको सहभागिता रहेको छ । वालिङ नगरपालिका ८ मा प्रधान कार्यालय रहेको उपकार सहकारीले दामाचौर सहित जिल्लाका तीन ठाउँमा तालिम सञ्चालन गर्ने जनाएको छ । यसै क्रममा वालिङ ७ केवरेमा झोल, सावुन बनाउने र वालिङ ६ को आपडालीमा बङ्गुर श्रोतकेन्द्र स्थापना सम्बन्धी तीन दिने तालिम सञ्चालन गर्ने संस्थाले जनाएको छ ।
भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको आर्थिक सहयोग एवं जिल्ला सहकारी संघ स्याङ्जाको पहल, कालिगण्डकी गाउँपालिका मार्पmत सहकारीले तालिमको आयोजना गरेको हो ।
तालिमबाट सहभागीहरुमा सम्बन्धित विषयको ज्ञान मिल्नुका साथै स्थानीय स्तरमा व्यवसाय प्रवद्र्धन हुने सहकारीले विश्वास लिएको छ ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal