स्याङ्जामा असार २५ सम्म थपियो निषेधाज्ञा

स्याङ्जा,१५ असार– जिल्लामा निषेधाज्ञा थप गरिएको छ । मङ्गलबार जिल्ला प्रशासन कार्यालय स्याङ्जाले एक सूचना जारी गर्दै यस अघि कायम रहेको निषेधाज्ञालाई बढाएर असार २५ गते सम्म पुर्याइएको जनाएको छ ।
गत वैशाख २१ गते देखि सुरु भएको निषेधाज्ञा कोरोना संक्रमणको जोखिम जिल्लामा कायमै रहेकोले निषेधाज्ञा थप गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालद्वारा जारी गरिएको निषेधाज्ञामा जिल्लामा अझै पनि संक्रमणको जोखिम कायम रहेकोले संक्रमण रोकथाम र नियन्त्रणको लागि नेपाल सरकार मन्त्रीपरिषद्को २०७८÷०१÷१३ को निर्णय तथा जिल्ला सुरक्षा समितिको मङ्गलबार बसेको बैठकको निर्णय समेतका आधारमा संक्रामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३)ले दिएको अधिकार प्रयोग गरी असार १५ गते राती १२ बजेदेखि असार २५ गते राती १२ बजे सम्म जिल्ला भर निषेधाज्ञा निषेधाज्ञाको आदेश जारी गरिएको छ ।

निषेधाज्ञाको अवधिमा प्रशासनले तोकेका बाहेकका अन्य कार्यहरु गर्न पाइनेछैन भने अत्यावश्यक कार्यहरुमा प्रयोग हुने एम्बुलेन्स, औषधी धुवानीका सावारी सादन प्रेस तथा सञ्चार कर्मीले प्रयोग गर्ने सवारी सादन सञ्चालन सञ्चालन गर्न सकिने छ भने खाद्यानन्नको धुवानीमा प्रयोग भएका सवारीसादलाई भने अवरोध गरिने छैन । बैंक तथा वित्तिय संस्थाका सेवाहरु स्वास्थ्यका मापदण्डहरुको पूर्ण रुपमा पालना गरी सञ्चालन गर्न पाइने छ । नीजि एवं सार्वजनीक सवारीसादन जिल्ला भीत्र जोर बिजोर नम्बरका आधारमा सञ्चालन गर्न सकिने र सार्वजनीक सवारी सादनले सिट क्षमताको ५० प्रतिशत भन्दा बढी यात्रु राख्न पाइनेछैन भने जिल्ला भन्दा बाहिर जानु परेमा प्रशासनको अनुमति लिनुपर्ने जारी आदेशमा उल्लेख गरिएको छ । मेला महोत्सवका साथै मठमन्दिरमा भेलाहुन निषेध गरिएको छ भने बिभाह ब्रतबन्ध लागायतका कार्यहरु गर्दा १५ जना भन्दा बढि जम्महुन नपाइने भनिएको छ । भने कामदार एवं सुपरभाइजरहरु यथास्थानमा रहेर विकास निर्माणका कामहरु समेत स्वास्थ्य सुरक्षाका उपायहरुको पालना गरेर सञ्चालन गर्न सकिने जिल्ला प्रशासन कार्यालय द्वारा जारी आदेशमा उल्लेख गरिएको छ ।

ताजा

याक र चौरीलाई लेक लगिँदै

२०८३ बैशाख २८ गते, सोमबार

याक र चौरीलाई लेक लगिँदै

२०८३ बैशाख २८ गते, सोमबार

एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ बैशाख २८ गते, सोमबार

राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत

२०८३ बैशाख २८ गते, सोमबार

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा माइतिघरमा ऐक्यवद्धता र्‍याली

२०८३ बैशाख २० गते, आईतवार

डिजिटल पहुँच विस्तार तीव्र,उपयोग र नियन्त्रणमा चुनौती

२०८३ बैशाख २० गते, आईतवार

एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने

२०८३ बैशाख २० गते, आईतवार

आजको मौसमः केही स्थानमा मध्यम वर्षा र हिमपात हुने

२०८३ बैशाख २० गते, आईतवार

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा

२०८३ बैशाख ९ गते, बुधबार

आज मातातीर्थ औँसी

२०८३ बैशाख ४ गते, शुक्रबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal