एमाले द्वारा कारबाही फुकुवा, आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण
काठमाडौ,१६ असार– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दशौं महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको छ । आज बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको एमाले बैठकले सो निर्णय गरेको हो ।
महाधिवेशन आयोज कमिटीको बैठकबारे पत्रकारलाई जानकारी दिनुहुँदै पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले स्थायी कमिटीमा रहने नेताहरुको हेरफेर गरेको बताउनुभयो । बैठकले बेदुराम भुषाल, रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, विष्णु रिमाल, रघुवीर महासेठ, रघुजी पन्तलगायतलाई स्थायी कमिटीमा थप गर्ने निर्णय गरेको छ ।
प्रवक्ता ज्ञवालीका अनुसार बैठकले नेता माधवकुमार नेपाल पक्षका नेताहरुमाथि गरिएको कारबाही फुकुवा गरेको छ । महाधिवेशन आयोजक कमिटी केन्द्रीय कमिटीमा रुपान्तरण भएपछि सबै कारवाही निस्प्रभावी भएको ज्ञवालीले जानकारी दिनुभयो । अब पार्टी पुरानै केन्द्रीय कमिटीको तहबाट सञ्चालन हुने उहाँले बताउनुभयो ।
बैठकको निर्णयपछि अब सबै नेताहरु पार्टी एकताको पक्षमा आउनुहुने विश्वास व्यक्त गर्नुहुँदै नेता ज्ञवालीले शुक्रबार बस्ने बैठक २०७५ जेठ २ को अवस्थामा बस्ने जानकारी दिनुभयो ।
त्यसैगरी बैठकले नेता झलनाथ खनालको स्वास्थ्यलाभको कामना गरेको छ । स्वास्थ्य उपचारमा सरकारले सहयोग गरेकोप्रति एमालेले धन्यवाद व्यक्त गरेको प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो । त्यस्तै, कोभिडका विषयमा सरकारले प्रभावकारी काम गरेको निष्कर्ष बैठकले निकालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको कामबारे बैठकलाई जानकारी गराउनुभएको थियो ।
सबै नेपालीलाई कोभिड खोप उपलब्ध गराउने विषयमा पनि एमालेले सरकारको ध्यानाकर्षण गराएको छ । पार्टी प्रवक्ता ज्ञवालीकाअनुसार बाढी पहिरोमा परी ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै पीडितको पुनर्स्थापनाको काम गर्न पनि बैठकले सरकारसँग आग्रह गरेको छ ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















