फेदीखोला गाउँपालिकाको नवौं गाउँसभा, कृषि ल्याबदेखि पर्यटन दुतसम्म

चार बर्षमा गरिएका उपलब्धीलाई संस्थागत तथा निरन्तरता

स्याङ्जा,१० असार– फेदीखोला गाउँपालिकाले आर्थिक वर्ष २०७८÷०७९ का लागि ३६ करोड ८९ लाखको बजेट ल्याएको छ । जसमा चालुतर्फ २४ करोड २४ लाख ८८ हजार र पुँजीगततर्फ १२ करोड ६४ लाख ६० हजार बजेट विनियोजन गरिएको छ । सुरुवाती आर्थिक वर्षबाट शिक्षा क्षेत्रलाई प्राथमिकता दिँदै आएको पालिकाले शिक्षा क्षेत्रमा मात्र १२ करोड बढि बजेट विनियोजन गरेको छ ।

गाउँपालिका उपाध्यक्ष देवी थापाले प्रस्तुत गरेको बजेट अनुसार सामाजिक विकासमा १५ करोड ९८ लाख, पुर्वाधार विकासमा १२ करोड ५६ लाख, आर्थिक विकासमा ३ करोड ८१ लाख, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा १ करोड ८५ लाख, कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चमा ६ करोड ५५ लाख रहेको छ । बजेटसँगै सभाले नीति तथा कार्यक्रम, आर्थिक ऐन, विनियोजन ऐन, गाउँपालिकाको संगठन तथा व्यवस्थापन (ओएनम) लाई सर्वसम्मत पास गरेको छ ।
गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीद्वारा पारित नीति तथा कार्यक्रममा चार बर्षे कार्यकालका उपलब्धीलाई संस्थागतका साथ निरन्तरता एवं थप नयाँ कार्यक्रमहरु सुरुवात गरिने जनाइएको छ । विशेष गरि उत्पादन बजारिकरण लागि सञ्चालनमा ल्याइएको कृषि एम्बुलेन्स देखि बाँझो जग्गा राख्ने परम्परालाई निरुत्साहन गर्न बाँझो जग्गामा खेति गर्नेलाई प्रोत्साहन गर्दै आएको पालिकाले उक्त कार्यक्रमहरुलाई निरन्तरता दिएको छ । प्रोत्साहनका लागि २६ वटा तरकारी बालीमा दिइएको न्युनतम मुल्य र उत्पादनमा आधारित अनुदान कार्यक्रमलाई निरन्तरता दिदै भण्डारणको लागि नयाँ चिस्यान केन्द्रको अवधारणा अघि सारिएको छ । मकैको विउ उत्पादनमा गण्डकी प्रदेशमा नै पहिचान बनाएको पालिकाले कृषियोग्य माटो, खाद्यान्नमा विषादी तथा गुणस्तर परिक्षण गर्न कृषि ल्याव स्थापनको लक्ष्य राखेको छ ।

प्राविधिक शैक्षिक हब बनाउने उद्देश्य राखेको गाउँपालिकाले शिक्षामा प्रविधि, पुर्वाधार र प्रोत्साहनको नीतिलाई जोड दिएको छ । प्राविधिक शिक्षाका संकायको संचालन र निरन्तरतामा जोड दिएको गाउँपालिकाको वडा नं. १ गुर्दुममा गण्डकी प्रदेशको नमुना कार्यक्रम गण्डकी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रतिष्ठान निर्माणाधिन छ । गाँउपालिकाको स्थानीय पाठ्यक्रम तयार गरी पाठ्यपुस्तक हाम्रो फेदीखोला छपाईको तयारीमा छ । गाउँपालिकामा रहेका सबै विद्यालयका शिक्षक तथा कर्मचारीको न्युनतम पारिश्रामिक १५ हजार बनाउने नीति पालिकाको रहेको छ ।

कोभिड १९ महामारीमा व्यवस्थापनलाई चुस्त बनाई संक्रमणदर न्युन बनाएको पालिकाले संक्रमित भई अस्पतालमा उपचार गर्नुपर्ने अवस्था भएका विपन्न नागरिकलाई अधिकतम रु १५ हजार सहयोग गर्नेछ । त्यसैगरि पालिकाले १५ शैयाको सुविधासम्पन्न अस्पताल निर्माण गर्ने भएको छ, भने ७० बर्ष माथिका ज्येष्ठ नागरिक र प्रसुति सेवाका लागि अस्पतालसम्म पुर्याउनका लागि निशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याउने नीतिमा उल्लेख छ ।
स्वास्थ्यतर्फ मेडिक मोवाइल, ग्रामिण अल्ट्रासाउण्ड प्रविधि तथा निशुल्क स्वास्थ्य बिमाले प्राथमिकता पाएका छन् । युवा उद्यमीको संख्या वृद्धि गरेर रोजगारका दायरा तथा उत्पादन बढाउने उद्देश्यले संचालनमा आएको नमुना कार्यक्रम युवा उद्यमको कोष वृद्धि गर्ने जनाइएको छ । त्यसैगरि सामाजिक सुरक्षा अन्र्तगत मजदुरहरुको दीर्घकालिन जीवनयापन सहज बनाउन गाउँपालिकाले सुरु गरेको मजदुर संचित कोष पनि कार्यक्रममा समेटिएको छ । गाउँपालिकाले पर्यटन क्षेत्रलाई चलायमान बनाउन फेदीखोला एकिकृत पर्यटन प्याकेज विकास कार्यक्रम, विभिन्न देशमा रहेका फेदीखोलावासीको समुहबाट फेदीखोला पर्यटन दुतको अवधारणा लगायतका कार्यक्रम रहेका छन् ।

ताजा

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

२०८३ आश्विन २५ गते, आईतवार

स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत

२०८३ आश्विन २४ गते, शनिबार

नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित

२०८३ आश्विन २४ गते, शनिबार

सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त

२०८३ आश्विन २३ गते, शुक्रबार

प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान

२०८३ आश्विन २३ गते, शुक्रबार

पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु

२०८३ आश्विन २३ गते, शुक्रबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal