बिरुावा गाँउपालिकाको नवौं गाँउसभा सम्पन्न, कृषि र स्वास्थ्यमा विशेष जोड
स्याङ्जा,११ असार– बिरुावा गाँउपालिकाको नवौं गाँउसभा सम्पन्न भएको छ । ‘संबृद्ध बिरुवा सुखी बिरुवाबासी’ भन्ने नाराका साथ सम्पन्न गाउँसभामा ४२ करोड ९२ लाख ६८ हजारको बजेट सार्वजनिक गरिएको थियो ।
गाँउपालिका उपाध्यक्ष देबी थापाले पेश गर्नु भएको बजेटमा कृषि, स्वास्थ्य, पूर्वाधार विकास र शिक्षालाई प्राथमिकतामा राखिएको छ ।
नवौं गाँउसभामा प्रस्तुत गरिएको बजेट अन्तरगत चालू तर्फ १४ करोड ९२ लाख ७२ हजार, पूँजीगत तर्फ ६ करोड ९९ लाख ९६ हजार र शसर्त तर्फ २१ करोड रहेको बिरुवा गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज सुवेदीले जानकारी दिनुभयो ।
गाउँपालिका अध्यक्ष चुनप्रसाद शर्माले ‘संबृद्ध बिरुवा सुखी बिरुवाबासी’ बनाउने अभियानमा गाउँपालिका लागि परेको बताउदै कृषिका माध्यामबाटै पालिका बासिको दैनिक जीवनमा परिवर्तन ल्याउने बताउनुभयो । अध्यक्ष शर्माले भन्नुभयो, “हामी पालिका बासि जताको समृद्धिका लागि खटिरहेकाछै अवश्य पनि सफलता प्राप्त गर्छौ ।” कोरोना संक्रमणको माहमारीको नियन्त्रणका लागि पनि गाउँपालिका आफ्नो तर्फबाट लागि परेको समेत गाउँपालिका अध्यक्ष शर्माले जानकारी दिनुभयो ।
गाउँपालिका द्वारा प्रस्तुत गरिएको बजेटमा नमुना कृषि कार्यक्रम,युवा स्वरोजगार कार्यक्रम प्रधानमन्त्री स्वरोजगार लगायतका कार्यक्रमहरुलाई समेटिएको छ भने कोरोना कोषको लागि ३० लाख रुपैयाँ विनियोजन गर्नुका साथै गाउँसभाले बन ऐन २०७८ पारित गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज सुवेदीले जानकारी दिनुभयो ।
ताजा
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
२०८३ आश्विन २५ गते, आईतवार
स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत
२०८३ आश्विन २४ गते, शनिबार
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
२०८३ आश्विन २४ गते, शनिबार
सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त
२०८३ आश्विन २३ गते, शुक्रबार
प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान
२०८३ आश्विन २३ गते, शुक्रबार
























