फेदीखोला गाउँपालिकाद्वारा विद्यार्थीलाई फलफूलका बिरुवा उपहार


हिमलाल पराजुली

स्याङ्जा,८ असार– फेदीखोला गाउँपालिकाले विद्यार्थीलाई फलफूलका बिरुवा बितरण गरेको छ । गाउँपालिकाले पालिकालाई फलफूलका माध्यामबाट नमुना बनाउने योजना अनुसार पालिका भीत्ररहेका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई फलफूलका बिरुवा उपहार स्वरुप दिएको हो ।
कक्षा ६ देखि १२ सम्म अध्ययन गर्ने विद्यार्थीलाई एक विद्यार्थी एक बिरुवा बितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले वातावरणिय सचेतना जागृत गर्ने उद्देश्यले विद्यार्थीलाई बिरुवा बितरण गरिएको बताउनुभयो । गाउँपालिका अध्यक्ष सुवेदीले भन्नुभयो,‘विद्यार्थीमा काम प्रति रुचि जगाउँनुका साथै उत्पादन संग जोडने योजना अनुसार बिरुवा बितरण कार्यक्रम सञ्चालन गरकाहौ ।’ यो अभियानले विद्यार्थीहरुमा अध्ययनका साथसाथै श्रम गर्ने बानिको समेत विकास हुनेभएकोले विद्यार्थीको घरपरिवार मात्रै नभएर सिंगो समाजलाई नै प्रभाव पार्ने अध्यक्ष सुवेदी बताउनुहुन्छ ।

गाउँपालिका शिक्षा शाखा प्रमुख रामचन्द्र गुरुङले पालिका भीत्र रहेका २३ वटा सामुदायीक विद्यालय र ४ वटा संस्थागत गरी २७ विद्यालयका १३ सय ६५ जना विद्यार्थीलाई कागतीको बिरुवा उपहार स्वरुप वितरण गरिने बताउनुभयो । शिक्षा शखा प्रमुख गुरुङले विद्यार्थीहरुलाई वितरण गरिएका बिरुवाको अनुगमन गरेर १० नम्बरको आन्तरिक मुल्याङ्कन गरिने बताउनुभयो । गाउँपालिकाको यो अभियानले विद्यार्थीहरुमा व्यवहारीक शिक्षाको समेत ज्ञान दिने गुरुङ बताउनुहुन्छ । संघ सरकारले जिल्लालाई कागती जोनको रुपमा बजेट भाषण मार्फत घोषणा गरिसकेको छ भने गाउँपालिकाले पनि यो कार्यक्रम सञ्चालन गरे संगै जिल्लालाई कागती पकेट क्षेत्रको रुपमा अगाडी बढाउन थप सहयोग पुग्ने देखिन्छ ।
यसै गरी गाउँपालिकाले कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुलाई निशुल्क पाठ्यपुस्तक वितरण गर्ने अभियानको समेत सुरुवात गरेको छ । आज काला भैरव माध्यमीक विद्यालय फेदीखोला १ मा अध्ययनरत विद्यार्थीलाई गाउँपालिका अध्यक्ष घनश्याम सुवदीले पाठ्पुस्तक हस्तान्तरण गरेर पुस्तक वितरण कार्यको शुभारम्भ गर्नुभएको हो । कोरोना संक्रमणका कारण पालिका भीत्र रहेका विद्यालयहरुमा अनलाइनका माध्यमबाट पठनपाठन गर्ने व्यवस्था मिलाइएको र अनलाइन कक्षा सञ्चालनको लागि सबै विद्यालयहरुमा पालिकालेनै इन्टरनेटको व्यवस्था गरिदिएको शिक्षा शाखा प्रमुख रामचन्द्र गुरुङले जानकारी दिनुभयो । विद्यार्थी संख्या कम भएका विद्यालयहरुमा दुरी कायम गरेर पठनपाठन गर्न सकिने अवस्था भएमा विद्यालयको निर्णय अनुसार प्रति विद्यार्थी रु २ सय रुपैयाँका दरले सेनिटाइजर, माक्स र सामुन खरिदको लागि रकम समेत उपलब्ध गराउने गुरुङले बताउनुभयो ।

ताजा

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal