रामपुर नगरपालिकाको बजेटमा स्वास्थ्यलाई प्राथमिकता
सिर्जना घिमिरे
पाल्पा,८ असार– रामपुर नगरपालिकाको नवौँ नगर सभा आर्थिक वर्ष २०७८÷०७९ को ७४ करोड ६४ लाख ६१ हजार बराबरको अनुमानित बजेट सार्वजनिक गर्दै सकिएको छ । सभामा रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले आगामी आर्थिक वर्ष २०७८÷०७९ को लागी ७४ करोड ६४ लाख ६१ हजार बराबरको बजेट प्रस्तुत गर्नुभएको हो ।
कुल बजेटको ३५ दशमलव ८९ प्रतिशत पूँजीगत र ६४ दशमलव ११ प्रतिशत चालु बजेट छ । बिषयगत बाडफाडमा सबैभन्दा बढी शिक्षामा २५ करोड ४३ लाख ५० हजार रुपैयाँ, स्वास्थ्यमा ५ करोड ७० लाख ५० हजार रुपैयाँ,पूर्वाधार विकास तर्फ सडकमा ४ करोड ९ लाख ५५ हजार, खानेपानी तथा सरसफाईमा २ करोड ५ लाख ५० हजार रुपैयाँ, सुचना प्रबिधीमा २ करोड ५ लाख ५७ हजार रुपया, भवन तथा शहरी विकास तर्फ १ करोड ३३ लाख ५५ हजार रुपैयाँ, अर्थिक विकास तर्फ कृषि तथा पशु सेवामा १ करोड ९ लाख ७० हजार रुपैयाँ , विपद् व्यवस्थापन तथा वातावरणमा १ करोड, लैंगिक समानता सामाजिक समावेशीकरणमा ५७ लाख ७० हजार रुपैयाँ बजेट प्रस्तुत गर्नुभयो ।
साथै, प्रधानमन्त्रि रोजगार र रोजगारी रुपान्तरणमा ८६ लाख रुपैयाँ, सिंचाईमा ७३ लाख रुपैयाँ, उर्जा तथा विद्युतिकरणमा ४९ लाख ५० हजार रुपैयाँ, सामाजिक विकास अन्तर्गत संस्कृति प्रवद्र्धनमा ६५ लाख ९० हजार रुपैयाँ , खेलकुद तथा मनोरन्जनमा ४० लाख ६० हजार रुपैयाँ, उद्योग तथा बाणिज्यमा ५६ लाख ६० हजार रुपैयाँ र पर्यटन क्षेत्रमा ४८ लाख ८० हजार रुपैयाँ गरि ७४ करोड ६४ लाख ६१ हजार रुपैयाँको अनुमानित बजेट विनियोजन गरिएको छ।
नगरमा संघिय सरकार बाट वित्तिय समानिकरण अनुदान १२ करोड ६० लाख, सशर्त अनुदान ३१ करोड २८ लाख, विषेश अनुदान १ करोड २५ लाख, प्रदेश सरकार अन्तर्गत वित्तिय समानिकरण अनुदान ६० लाख १३ हजार, सशर्त अनुदान १ करोड १५ लाख ४४ हजार, समपुरक अनुदान २ करोड, विशेष अनुदान ७० लाख, राजश्व बाँडफाँड मुअकर ४ करोड ३९ लाख २ हजार, अन्तशुल्क ४ करोड ३९ लाख हुने जानकारी दिइएको छ भने आन्तरिक स्रोत १५ करोड पुर्याउने लक्ष्य छ ।
आर्थिक वर्ष ०७८÷०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापाले आधारभूत स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकता दिएको बताउनुभयो ।
कोभिडमा खटाइएका स्वास्थ्यकर्मीलाई मापदण्ड गराएर प्रोत्साहन भत्ता दिने, कोभिड खोप किन्ने, स्वास्थ्य चौकीमा एम्बुलेन्स सेवा दिने लगायतका कार्यक्रम ल्याएको बताउनुभयो । यस वर्ष “हाम्रो रामपुर राम्रो रामपुर, हाम्रो वडा राम्रो वडा, हाम्रो टोलको विकास जनताको अपेक्षित निकास” भन्ने नारा सहित योजना अगाडि सारेको रामपुर नगरपालिकाले एक वडा एक रंगरोगन प्रयोग नीति अबलम्बन गर्ने, यसै वर्ष खरको छानो मुक्त नगर बनाउने नीति कार्यक्रममा समेटेको छ । शहरी योजना तथा भवन निर्माण मापदण्ड अन्तर्गत २÷२ आना भन्दा कम जग्गामा बनेका घर तथा जग्गामा दोव्बर दस्तुर लिएर घर बनेको प्रमाणीत गर्ने उल्लेख छ ।
केही नारामा परिवर्तन गरिएपनि एक वडा एक उत्पादन, वडाका गौरवका योजना, खरको छानो रहित घर, पशु सुत्केरी बिमा लगायतका प्रायः पुरानै कार्यक्रमले निरन्तरता पाएको छ। रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलाले नगरको समग्र दिगो योजना बनाउनुपर्नेमा जोड दिनुभयो । नगरको आवधिक, पन्चबर्षिय योजना निर्माण गरि सोही अनुसार प्राथमिकतामा काम गर्नुपर्ने उहाको भनाई थियो । समयको विकास संगै जनप्रतिनिधी र कर्मचारीहरुको क्षमता विकास गरि अघि बढेर राम्रो नगर बनाउनमा सबैले जोड दिनुपर्ने बताउनुभयो ।
सोही अबसरमा राजश्व परामर्श समितिको वार्षिक प्रतिवेदन संयोजक विष्णुदेवी घिमिरे आचार्य, पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन संयोजक हिमाल मल्ल, आर्थिक विकास समितिको प्रतिवेदन संयोजक हुमनाथ न्यौपाने, सार्वजनिक सेवा तथा सुशासन विकास समितिको प्रतिवेदन संयोजक मित्रलाल कंडेल, न्यायिक समितिको प्रतिवेदन सदस्य विष्णु प्रसाद वस्याल, सामाजिक विकास समितिको प्रतिवेदन समिति सदस्य मिन बहादुर सिंजाली र वन विद्येयक २०७८ विपद् व्यवस्थापन समिति संयोजक तारा बहादुर थापाले प्रस्तुत गर्नुभएको थियो ।
ताजा
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
२०८३ आश्विन २५ गते, आईतवार
स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत
२०८३ आश्विन २४ गते, शनिबार
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
२०८३ आश्विन २४ गते, शनिबार
सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त
२०८३ आश्विन २३ गते, शुक्रबार
प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान
२०८३ आश्विन २३ गते, शुक्रबार





















