काँग्रेसको १४ औं केन्द्रीय महाधिवेशन सभापतिका सात मुख्य आकांक्षी, देउवा र कोइराला लिगेसीबीच प्रतिस्पर्धा

   

 

सपना थामी

काठमाडौँ,६ असार–  नेपाली काँग्रेसको १४ औं महाधिवेशनको मिति तय भएसँगै काँग्रेसमा पार्टी सभापति लगायत अन्य पदहरुमा प्रत्याशी उम्मेदवारहरुको दौडधूप चलिरहेको छ । काँग्रेस नेता भीमसेनदास प्रधानका अनुसार काँग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले आफू पुनः १४ औं महाधिवेशनमा पार्टी सभापतिको लागि दाबी गर्नुभएको र सो अनुरुप पार्टी सभापति देउवा नेता, कार्यकर्ताहरुसँग निरन्तर छलफलमा हुनुहुन्छ ।
१३ औं महाधिवेशनमा काँग्रेस सभापतिका लागि शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्ण सिटौलाको प्रतिस्पर्धा भएको थियो । जसमा काँग्रेस नेता सिटौलाको भोट देउवा पक्षमा गएपछि देउवा पार्टी सभापतिमा विजयी हुनुभएको स्मरण गर्दै काँग्रेस नेता  प्रधानले १४ औं केन्द्रीय महाधिवेशनमा सभापतिका लागि अहिलेसम्म सात जना आकांक्षीहरु रहेको बताउनुभयो ।
यस्तै, काँग्रेस महामन्त्री डा. शशांक कोइराला, डा. शेखर कोइराला, प्रकाशमान सिंह र काँग्रेस सभापति देउवा पक्षकै विमलेन्द्र निधि पनि पार्टी सभापतिका लागि आकांक्षी हुनुहुन्छ ।

विधानअनुरुप नै सभापतिमा देउवाको दाबी
काँग्रेसको पार्टी विधानले दुई पटकसम्म सभापतिमा उम्मेदवारी दिन पाउने व्यवस्था गरे बमोजिम पार्टी सभापति देउवाको उम्मेदवारी प्राकृतिक र विधान अनुरुप रहेको नेता प्रधानले बताउनुभयो । पहिलो चरणको निर्वाचनमा ५१ प्रतिशत बहुमत ल्याउनुपर्ने व्यवस्था छ त्यसपछि दोस्रो तथा अन्तिम निर्वाचनसम्ममा देउवा र कोइराला परिवारको लिगेसीबीच मुख्य प्रतिस्पर्धा हुनसक्ने नेता प्रधानले बताउनुभएको छ ।

पार्टी सभापतिमा महिला उम्मेदवारी
काँग्रेस नेतृ सुजता कोइरालाले महाधिवेशनका सन्दर्भमा थप छलफल गरेर उम्मेदवार टुङ्गो लगाइने बताउनुभयो । विगतमा पार्टी सभापतिका लागि उम्मेदवारीमा नेत्री कोइरालाले पनि आफूले दाबी गर्ने बताउँदै आउनुभएको थियो । महिलाबाट सभापतिमा कोहीप नि छैन, महिलाले पनि उम्मेदवारी दिनुप-यो नि, म पनि पार्टी सभापतिको उम्मेदवारी हुनसक्छु तर थप छलफल गरेर अघि बढ्छौं, कोइरालाले बताउनुभयो ।
मुख्यरुपमा देउवा र कोइराला लिगेसीबीच कडा प्रतिस्पर्धा हुने भनिए पनि यता काँग्रेस नेता दिव्यमणि राजभण्डारी लगायतको टिम भने प्रकाशमान सिंहको पक्षमा छन् । आफ्नो उमेर पनि ढल्कदै गएकोले महाधिवेशनको भौतिक दौडधूपमा भण्डारी भने हुनुहुन्न तर सिंहको पक्षमा राजभण्डारी लगायतका नेताहरु हुनुहुन्छ ।
काँग्रेसका पुराना नेताहरुमध्येका एक सत्यनारायण शर्मा खनालले भने वडा, गाउँ, नगर र केन्द्रीयस्तरसम्मको महाधिवेशन गर्न केही समय लाग्ने भएप नि महाधिवेशनको मिति तय भइसकेको बताउनुभयो ।

काँग्रेसको ३ र ४ गते बसेको केन्द्रीय कार्य समितीको बैठकले पार्टीको वडा तहदेखि केन्द्रीय तहसम्मको महाधिवेशनको कार्य तालिका अनुमोदन गरेको हो । काँग्रेसले गाउँ नगर वडा महाधिवेशन साउन १२ गते, गाउँ नगरपालिका अधिवेशन साउन १६ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन साउन २० गते, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन, एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३ गते, एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ र प्रदेश अधिवेशन भदौ १ र २ हुने भएको छ ।

काँग्रेसको १४ औं केन्द्रीय महाधिवेशन भदौ १६ देखि १९ गतेसम्मको मिति घोषणा भएसँगै मुख्यगरी पार्टी सभापतिका दाबेदारहरुको दौडधूप तीव्ररुपमा भइरहेको छ ।स्रोतः गोरखपत्र

 

ताजा

फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १९ गते, शुक्रबार

फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १९ गते, शुक्रबार

भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न

२०८३ असार १९ गते, शुक्रबार

बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १८ गते, बिहीबार

कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा

२०८३ असार १८ गते, बिहीबार

व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली

२०८३ असार १८ गते, बिहीबार

वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न

२०८३ असार १७ गते, बुधबार

वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित

२०८३ असार १६ गते, मंगलवार

२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)

२०८३ असार १५ गते, सोमबार

मनसुन सक्रिय : भारी वर्षा, बाढी–पहिरोको जोखिम बढेकाले सतर्क रहन प्राधिकरणको आग्रह

२०८३ असार १५ गते, सोमबार

जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते

२०८३ असार १२ गते, शुक्रबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal