आँधीखोला गाउँपालिकाद्वारा नीति तथा कार्यक्रम सार्वजनीक

स्याङ्जा,६ असार–आँधीखोला गाउँपालिकाले नीति तथा कार्यक्रम सार्वजनीक गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७८÷०७९ को लागि सार्वजनीक गरेको नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा, कृषि, सूचना प्रविधि र पर्यटनलाई प्राथमिकतामा राखेको छ ।
गाउँपालिकाका अध्यक्ष सुधिर पौडेलले नवौँ गाँउसभामा पालिकाको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै पालिकालाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउने योजना अनुसार पालिकाले विभिन्न किसिमका योजनाहरु अगाडी सारेको बताउनुभयो । पालिकालाई आत्मनिर्भर बनाउने उद्देश्यले उत्पादनमा बिभिन्न पकेट क्षेत्रहरुको निर्धारण गरिएको बताउनुभयो ।

गाउँपालिकाले नीति तथा कार्यक्रम मार्फत कृषि तथा फलफूल उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम, सुन्तला पकेट कार्यक्रम, किवी पकेट विकास कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको छ भने भूमि बैङ्कका साथै जमीनलाई चक्लाबन्दी गर्न प्रोत्साहन गर्ने, एक गाउँ एक पकेट क्षेत्र, कृषकलाई कृषि तथा पशु बिमा गर्न प्रोत्साहन गरिने कार्यक्रमहरु अगाडी सारिएको छ । जिल्लाकै पहिचान बोकेको अन्धाअन्धी दह र श्रवणकुमारको पहिचान बढाउने खालका कार्यक्रम ‘जाऊँ है अन्धाअन्धी श्रवणकुमार अभियान’ सञ्चालन गर्ने योजना नीति तथा कार्यक्रममा समेटिएको छ ।
सबै जातजातिका, भेषभुषा, संस्कृतिको संरक्षण र पहिचानको लागि बहुजातीय संग्रहालय निर्माण, वडा कार्यालयहरुमा इन्टरनेटको व्यवस्थाका साथै २ वटा वडा बालमैत्री बनाइने वडा बनाउने र पालिकाबासीको घरमा एक घर एक धारा अभियान अन्तरगत स्वच्छ खानेपानी उपलव्ध गराउने लक्ष्य गाउँपालिकाले लिएको छ ।
गाउँपालिकामा दश शय्याको अस्पतालको निर्माण गर्नुका साथै योग ध्यान केन्द्र निर्माण, उपचार सहायता राहत कोषको स्थापना, किशोर किशोरीमैत्री सूचना केन्द्र, हाम्रो विद्यालय राम्रो विद्यालय, जोखिमयुक्त बस्ती पहिचान सहित स्थानान्तरण, वातावरणमैत्री स्थानीय शासनमा नीति तथा कार्यक्रमले जोड दिएको छ ।

यसैगरी सिरुवारी गोरुजुरे, अन्धाअन्धी श्रवणकुमार, पंचासे पर्यटन मार्ग बनाउने, सेतीदोभान साधना गार्डेन पदमार्ग र टावर निर्माण, डहरे लेकमा जंगल पार्क बनाइने जस्ता योजनालाई समावेश गरिएका छन् । सिरुवारी होमस्टेको संस्थागत संरचनाको निर्माण गरिने भएको छ ।
गाउँपालिकाले अघिल्लो आर्थिक वर्षमा प्रस्तुत गरिएको नीति थता कार्यक्रम अनुसार ९४ प्रतिशत सफलता प्राप्त गरेको उल्लेख गर्दै पालिकालाई नमुना पालिकाको रुपमा विकास गर्ने योजना अनुसार काम भइरहेको गाउँपालिकाले जनाएको छ ।

ताजा

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

२०८३ आश्विन २५ गते, आईतवार

स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत

२०८३ आश्विन २४ गते, शनिबार

नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित

२०८३ आश्विन २४ गते, शनिबार

सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त

२०८३ आश्विन २३ गते, शुक्रबार

प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान

२०८३ आश्विन २३ गते, शुक्रबार

पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु

२०८३ आश्विन २३ गते, शुक्रबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal