एक असल नेतृत्व र व्यक्तित्वका गुणहरुः
दर्वेन्द्र्र देव खनाल
नेतृत्व एक कला हो भने व्यक्तित्व बहुुआयामिक गुणहरुको समष्टिगत स्वरुप हो । व्यक्तित्वका लागि चाहिने सामग्रीहरु अर्थात गुणले असल नेतृत्वको निर्माण गर्न सक्दछ । नेतृत्वलाई उमेर, जात, वर्ग, लिङ्ग, क्षेत्र कुनै पनि कुुराले असर गर्दैन । भनिएको छ, ढुुङगाको काप फोरेर पनि उम्रन्छ पिपल । अक्सर राम्रो नेतृत्व अभाव, गरिबी, दुुःख, पिडा, वेदना र जटिल परिवेशले निम्त्याएको हुुन्छ भने उसको व्यक्तित्व पनि यीनै जटिल परिवेशमा अझवढी मापन योग्य रहन्छन् । असल नेतृत्वले सधै मुस्कान, सम्मान, सहयोग, प्रशंसा, करुणा, सहानुुभुति, सहकार्य जस्ता क्रियाकलापहरुमा आफ्नो ध्यान केन्द्रित गरेको हुुन्छ । असल नेतृत्वले घमण्ड र अहमलाई विर्सेर सधै असल मार्गको लागि आफुुलाई तयार गरेको हुुनुु पर्दछ ।
आजको एक्काइसौ शताब्दीमा विज्ञान र प्रविधिको चरम विकासले ज्ञान र सूचना प्राप्तिका क्षेत्रहरुमा विस्तार गरेको छ । जव जव मानव समुुदायमा ज्ञानको विकास र विस्तार हुुदै जान्छ त्यो समाजलाई नेतृत्व गर्ने व्यक्तिको व्यक्तित्व र उसको ज्ञानको क्षेत्रमा पनि विकास गर्नु आवश्यक छ । परम्परावादी हुकुुमी शैलीको नेतृत्व आजको विकसित समाजले स्वीकार गर्न सक्दैन । आजको समाजमा लिडरशीपको हरेक क्षेत्रको व्यक्तित्व उत्कृष्ट रहुुन पर्दछ । नेतृत्व वा नेता भन्ने शब्द आम जनमानसको बुुझाईमा राजनैतिक पार्टिका नेतृत्वलाई बुुझिने भएता पनि यसको व्यापक क्षेत्रमा हरेक क्षेत्र, संघसंस्था, निकाय, अफिस आदि क्षेत्रको प्रमुुखलाई नेतृत्व भनिन्छ । नेता सर्वमान्य, सर्वव्यापी, असल,सुुन्दर, भाषाशैलीमा स्पष्ट, चातुुर्य, धैर्य गर्नसक्ने सहन सक्ने, अरुको कुुरा सुन्नसक्ने र परिवेशको विश्लेषण गरी आफ्ना तर्क सहित आम समुुदाय, आफ्ना मातहतका कर्मचारी, सहयोगी सबैलाई एकताको कसीमा राखेर निश्चित उदेश्य परिपूर्तिका लागि अगाडी बढ्न सक्ने हुुनुुपर्दछ । नेतृत्वमा खुुलापन, आत्मविश्वास, ज्ञान, मेहेनत, अभिमान, सहित आफनो परिवेशलाई सहज रुपमा आकलन गर्नसक्ने क्षमता रहनुु पर्दछ । यसै सन्दर्भमा नेतृत्वको फरक कौशलता र समान स्रोतको परिचालनले कसरी आफुुलाई सफल बनाउन सक्दछ र अगाडी आउन सक्दछ भन्ने कथाले प्रष्ट पार्दछ ।
एक समयमा एक ठाउमा एक जना साधुु बस्थ्ये । एक दिन उनले आफ्ना तीनजना शिष्यहरुलाई बोलाएर एक÷ एक माना मकै दिए र घर पठाए । ती तीनजना मध्ये एकले उक्त मकै भुुटेर खायो । अर्कोले राख्दा राख्दै घुन लागेर त्यसै फाल्यो र तेस्रोले उक्त मकैलाई बारीमा छरेर अरुधेरै मकै उत्पादन ग¥यो । एक दिन ती साधुले तीनै जनालाई बोलाएर भने मैले केही समय पहिले तिमीहरुलाई एक÷ एक माना मकै दिएको थिए त्यो मकै के गरयौ ? अनि ती मध्य दुुई जनाले भुटेर खाएको र घुन लाएको कुरा सुनाए र तेस्रोले मैले त्यो मकै बाट रोपेर धेरै बनाएको र हजुरलाई चाहिएमा जति पनि दिन सक्ने कुरा गर्याे । त्यसैले कुनै पनि विषयवस्तुको अध्ययनबाट हामीले लिने विषय एउटै भए पनि त्यसबाट लिने ज्ञान र प्रयोग गर्ने कुरा फरक÷ फरक हुन सक्दछ । यसरी व्यक्तिले आफ्ना जीवनलाई सार्थक तुुल्याउन केही न केही नौलौ र सृजनात्मक कार्य गर्नुु जरुरी छ भने स्रोतको परिचालन र उत्पादनमा लाग्नुु अपरिहार्य छ । यसै सन्दर्भमा माधव घिमिरेको एक व्यक्तित्व निर्माणको एक हरफलाई जोड्न चाहन्छु ।
क्यै काम नौलो नगरी नजाऊँ
अकालमै हे म मरी नजाऊँ
आयुुष्य देउ र भविष्य देऊ ।
मभित्र जीवन्त मनुुष्य देऊ ।
राष्ट्रकवि माधव घिमिरे द्वारा लिखित प्रस्तुत हरफमा मानव जीवनको सफलताका समग्र पक्षहरुको उद्घाटन एकै ठाउँमा भएको छ । विन्दुमा सिन्दु खोज्न सक्ने क्षमता भएका कवि घिमीरेको जीवनबोधलाई थोरै मात्र गम्भीरताका साथमा लिने व्यक्तिले आफुलाई तत्काल सामान्य मान्छे भन्दा माथि उठाई हाल्छ । र आफुुलाई नेतृत्व पंक्तिमा पुु¥याईहाल्छ । म भित्र जीवन्त मनुुष्य देऊ यस भनाईमा नै सफल व्यक्तित्व र कुशल नेतृत्वका अभिलक्षणहरु लुुकेका छन । जीवन्त मनुुष्य अर्थात जीउदो मान्छे भनेको के हो ? यसको आशय हो, खानु, लाउनु, बोल्नु, हिड्नु आदीले मात्र मान्छे बाँचेको हुदैन । सामान्य मान्छेका लागि यति भएपछि मान्छे बाँचे जस्तै लाग्छ । तर त्यो मान्छे मात्र बाँचेको हो जसले समाजलाई देशलाई र समग्र मानव जातिलाई केही कुरा छाडेर जान्छ । जीवनकालमा पनि ऊ कहिल्यै मर्दैन । त्यसैलाई जीवन्त मनुुष्य भनिएको हो ।
प्रत्येक मानव व्यतिm हो भने उस भित्र लुकेको योग्यता, क्षमता, दक्षता र अरुभन्दा फरक आन्तरिक शक्ति नै व्यतिmत्व हो । व्यक्ति हुनुु सामान्य कुरा हो तर व्यतिmत्व निर्माण निकै जटिल विषय हो । २० वर्ष लगाएर निर्माण गरेको उच्च व्यक्तित्व समाप्त हुन २० मिनेट पनि लाग्दैन । व्यक्तित्व निर्माणका लागि संघर्ष साधना, समर्पण र त्याग आवश्यक हुुन्छ भने व्यक्तित्व गिरावटका लागि व्यक्ति चरित्र मुुख्य कारक हुुने गर्छ । यसकारण एउटै व्यक्तिमा सफल व्यक्तित्व र कुशल नेतृत्व निर्माण कसरी हुन सक्छ ? के–के भएमा उसले चौतर्फी सफलता हासिल गर्न सक्छ ? भन्ने विषयमा केन्द्रित भएर सफलताका तीस सुत्रहरुको व्यवहारिक उदाहरण सहितको प्रस्तुती यस तालिमको अभिष्ट हो ।
सफल व्यक्तित्वहरुले नयाँकाम गर्दैनन् काममा नयाँ तरिका अपनाउँछन् यो भनाई जीवन निर्माण र गन्तव्यको चयनका लागि निकै महत्वपूर्ण मार्गदर्शक बन्न सक्छ । यस धर्तीमा अब हुन बाँकी काम कुनै पनि छैन । कसै न कसैले कुनै न कुनै तरिकाले हात नहालेका विषय र क्षेत्र, भाषिक स्वरुप, सिर्जना वा आविष्कारकहरु पाउन गा¥हो छ । तर यसको सुुक्ष्मदृष्टी छ । उसले हरेक ठाउँमा अलिकति खाली ठाउँ देखिहाल्छ र त्यहिबाट छिरेर ऊ सफल व्यक्ति बनेर निस्कन्छ । अबको युुगमा सफल हुन चाहनेले नयाँ कुराको खोजीगर्नु होइन, भइरहेका विषयहरुलाई अरुभन्दा फरक तरिकाले प्रस्तुत गरिदिने हो । जब मान्छे एभरेजबाट एक्स्टा बन्न थाल्छ उसमा सफलताका अभिलक्षणहरु देखिन थालिहाल्छन् । यसरी एक सफल नेतृत्वले मात्र आफ्ना अनुुयायीहरु जन्माउदैन उसले त हजारौ नेतृत्व गर्न सक्ने क्षमता भएका नव नेतृृत्वहरुको जन्म दिने गर्दछ । नेतृत्वका लागि व्यक्तिमा खोज अथवा अन्वेषण गर्न सक्ने क्षमता हुुनुु पर्दछ । जव नेताले आफ्नो आन्तरिक क्षमता प्रयोग गरी अन्वेषणमा तल्लिन भई आफ्ना अनुुयायी र आम समर्थकहरुको जीवनस्तरमा परिवर्तन आउने खालको काम गर्दछन् ।
अन्वेषक भनेको नयाँ कुराको खोजी गरिरहने व्यक्ति हो । आइस्टाइनले एक दिन आफना विद्यार्थीहरुलाई भने मानिसको जीवनमा एक दिन यस्तो पल आउँछ जसले सफलता छाडेर जान्छ । हामीले त्यस पललाई च्याप्प समाउन सक्नुपर्दछ । एकजना विद्यार्थीले प्रश्न ग¥यो गुरु त्यो पल कतिवेला आउँछ ? भनिदिनुुहोस् न म च्याप्प समाउँछु । उनले भने त्यो पल जुुनसुुकै बेला पनि आउन सक्छ त्यसैले मान्छेले जतिसुुकै बेला त्यसलाई समाउन उफ्रिरहनु पर्दछ । यस कुुराले व्यक्तिमा व्यक्तित्वमा रुपान्तरण हुुन चाहने मान्छेले आफ्नो सक्रियतालाई जतिसुुकै बेला पनि रोक्नुृ हुुदैन भनेर सन्देश दिएको छ । अन्वेषक दृष्टि भएको व्यक्तिले जहाँपनि सफलताका सुुत्र फेला पारिहाल्छ । यस धर्तीमा खोजी गर्ने चाहनेहरुका लागि ज्ञानको भण्डार नै फेला पर्दछ । यहाँ केही छैन भनेर सतहमा बग्नेहरु सफल व्यक्ति बन्न सक्दैनन् । एउटा रुखको पातलाई वर्षौसम्म अनुसन्धान गरेर होस वा वर्षौसम्म एउटा किराका पछि लागेर होस मान्छेले सफलता हासिल गरेका छन् । त्यसैले अन्वेषक व्यक्तित्व नभए सम्म उसले सफलताको सुत्र फेला पार्न सक्दैन ।
एउटा घरमा चोरहरु पसेछन् । उनीहरुले एउटा ठुुलो र गह्ुुँगो बाकस भेटेछन् । धेरै महत्वपूर्ण सम्पत्ति भेटियो भनेर उनीहरुले खुुसी हुँदै त्यो बाकस सकी नसकी उठाएर पर चौरसम्म लगेछन् र खोलेर हेर्दा त त्यहाँ उनीहरुले खोजे जस्ता सामानहरु नभएर ढुुङ्गैढुुङ्गा पो रहेछन् । चोरहरुलाई यत्रो दुःख खेर गएकामा रिस उठेछ र ती ढुुङ्गाहरु जथाभावी छरिदिएर घरतिर लागेछन् । रात गयो, विहान उज्यालो भयो । मान्छेहरु यताउता गर्न थाले । त्यही बाटो भएर एउटा मान्छे हिड्दै थियो । उसले एउटा पुरानो ढुुङ्गा देखेछ । अलिपर अर्को, अलिपर अर्को गदै उसले त्यस्तै ढुुङ्गाहरु भेटेपछि तिनलाई भेला पारेर घर लगेछ अनि तिनको गहिरो अध्ययन, अनुसन्धान र विश्लेषण गर्दै गएर त्यसैका बारेमा विद्याबारिधी (पिएचडी ) नै गरेर । ती ढुुङ्गाहरु पुरातात्विक महत्वका रहेछन् तर त्यो कुरा ती चोरहरुलाई के थाहा ? त्यसैले एउटा सफल व्यक्तित्व निर्माणका लागि नवीन दृष्टि हुनुपर्छ र गहन विश्लेषण क्षमता आवश्यक छ । सतही हेराई, सपाट दृष्टि र तरल विश्लेषणले ठोस कुरा आउन सक्दैन ।
यस्तै नेतृत्व सधै नयाँ नयाँ कुुराको सिर्जजना गर्नमा तल्लिन भई आफुुलाई साधारण मान्छेबाट असाधारण क्षमता भएको मान्छेमा रुपान्तरण गर्न सक्नुु पर्दछ । स्रष्टा नव सिर्जजनाका संवाहक पनि हुुन । स्रष्टा भनेको सर्जक हो । साहित्यकार वा कलाकार मात्र स्रष्टा होइन, नयाँ कुराको सिर्जना गर्न सक्ने जो कोही व्यक्ति स्रष्टा हो । सामान्य मान्छेले फु्ललाई फुलमात्र देख्छ तर एउटा स्रष्टाले एउटा फुुलमा पनि जीवन देख्छ । हामीले कुल्चिदै हिडेको माटोबाट एउटा मुर्तिकारले सुुन्दर मुर्ति बनाउँछ । हामीले फ्याँकेको फोहोरबाट मोल बनाउन सकिन्छ, दिसापिसाबबाट ग्याँस उत्पादन गर्न सकिन्छ र काम नदिने भनि फ्याँकीएका कागज कपडा वा अरु बस्तुहरुको पनि सिर्जनात्मक नयाँ प्रयोग हुन सक्छ । संसारमा खेराफाल्नुपर्ने कुुनै पनि चिज हुदैन । हाम्रा आँखा अगाडी अनगिन्ती कलाका टुक्राहरु छरिएका हुुन्छन् तर तिनलाई टिप्ने क्षमता, कला र ज्ञान हामीसँग हुुदैन । त्यसैले स्रष्टा चेतना भएको मान्छेले जहाँपनि नयाँ सिर्जना देख्छ र त्यसलाई मूर्तरुप दिइहाल्छ । जब कुनै व्यक्तिले नयाँ कुरा निर्माण गर्छ अनि सामान्य मान्छेलाई ओहो । यो काम त मैले गरेको भए पनि त हुन्थ्यो नि, भन्ने लाग्छ । त्यतिबेला स्रष्टा चेतना भएको व्यक्ति सामान्य व्यक्तिभन्दा एक पाइला अगाडी बढि सकेको हुन्छ ।
नेतृत्वसंग विभिन्न विषयको ज्ञान हुुनुु जरुरी रहन्छ । असामान्य घटना वा परिवेशलाई सामान्य परिवेशमा रुपान्तरण गर्न सक्ने खालको क्षमता राख्न सक्नुु पर्दछ । नेतृत्व आफ्ना असल अभ्यासका कारण छोटो समय मै उचाईमा पुुग्न सक्दछ भने सामान्य भन्दा सामान्य घटनाले पनि उसको साख गिराउन सक्दछ । अर्थात नेतृत्व एक द्रष्टा हो, द्रष्टा भनेको हेर्ने व्यक्ति हो । सामान्य मान्छेको हेराई सतही हुन्छ तर द्रष्टाको हेराई गम्भीर हुन्छ । द्रष्टाले जीवन र जगतका हरेक कुुरालाई गहिराईका साथ हेर्ने गर्दछ र त्यसमा अन्र्तनिहित गुणदोषलाई समेत पर्गेलेर सर्वमान्य निचोड निकाल्ने क्षमता राख्दछ । सामान्य व्यक्तिको हेराइ वर्तमान केन्द्रित हुन्छ भने द्रष्टा चेतना भएको व्यक्तिको हेराई भुुत, वर्तमान र भविष्य तीनै काल देख्न सक्ने हुुनुुपर्दछ । यस प्रकारको व्यक्तिले कसैको अन्ध समर्थन पनि गर्र्दैन र कसैको अन्धाधुुन्ध विरोध पनि गर्दैन । यो सधै मध्यस्थ हुुन्छ र यसले तर्क, प्रमाण , उदाहरण र तथ्यका आधारमा गुुण र दोषको विश्लेषण गरी निष्कर्ष निकाल्छ । जुुन निष्कर्ष सर्वमान्य नभए पनि बहुुमान्य चाहिँ अवश्य हुुनुुपर्दछ ।
हरेक विषय र परिवेश एवं क्षेत्रका नेतृत्व कर्ताले आफ्नो विषयप्रतिको दक्षता देखाउन सक्नुु उसको व्यक्तित्व निर्माणको आधार हो । जो व्यक्ति आफूले पाएको जिम्मेवारी पुुरा गर्न सक्ने र आफ्नो विषयमा दक्ष छ उसको व्यक्तित्व विकास मध्याह्नको छाँया जसरी हुुन्छ भने कार्यदक्षता नभएको तर कुराले भने आकाशपाताल जोड्न सक्ने व्यक्तिको व्यक्तित्व विहानको छाँया जस्तो हुुन्छ । आफैलाई सर्बेसर्वा घोषणा गर्दै नेतृत्वमा आउन चाहने मान्छेको क्षमता सुुरुमा थाहा हुुदैन र सबैले विश्वास गरिहाल्छन् । विहानको घामको छाँया निकै लामो भए जस्तै उसले निकै ठूुलो जनसमर्थन प्राप्त गर्दछ तर दिन बढ्दै जाँदा छाँया पनि घट्दै गएर मध्याह्नमा पुुग्दा शुुन्यमा विलाए जस्तै अयोग्य व्यक्तिको व्यक्तित्व पनि समाप्त हुुन्छ तर आफ्नो विषयमा दक्ष व्यक्तिको क्षमता सुुरुमा देखिदैन । उसले आत्मप्रशंसा पनि गर्दैन र म सबै थोक जान्दछुु पनि भन्दैन । उसको व्यक्तित्व मध्याह्नको छाँयाजस्तै हुुन्छ , काम गर्दै गएपछि विस्तारै देखिदै जान्छ र छाँया बढ्दैबढ्दै गएर सुूर्यास्त नभएसम्ममा लामो भएजस्तै व्यक्तित्वको विकास पनि विस्तारै बढ्दै जान्छ । यसकारण आफ्नो विषयप्रतिको दक्षता, कार्यक्षेत्रको गहिरो ज्ञान र त्यसप्रतिको स्पष्ट धारणा र लगावले व्यक्तिको व्यक्तित्वको निर्माणमा ठूूलो सहयोग पुु¥याउँछ ।
नेतृत्व कर्ताले आफ्ना चर्म चक्षुुका साहायताले विविध विषय र परिवेशमा खेल्न सक्ने आधार श्रृजना गर्न सक्दछन् । सामान्य मान्छेमा बाह्यदृष्टि मात्र भए पुुग्छ तर व्यक्तित्वमा अन्र्तदृष्टि आवश्यक पर्दछ । अन्र्तदृष्टि भएको व्यक्तिले समस्याको चुरो पहिल्याउन कत्ति पनि समय लगाउँदैन । आँ, गर्दा अलङ्कार बुुझ्ने भन्ने उखानको प्रयोग यसैका लागि गरिएको हो । जब उसले अन्र्तदृष्टिबाट कुुनै पनि कुरालाई हेर्छ । तत्काल समस्याको समाधान निकाल्न सक्दछ र सक्नुुपर्दछ । यो चिन्तनसँग सम्बन्धित छ । सम्बन्धित विषयका बारेमा वा आफुुले पाएको जिम्मेवारीका बारेमा हामी दिनमा कति घण्टा चिन्तन गर्दछौ ? अथवा कतिवेर अन्तरदृष्टि लगाएर सोच्न भ्याउछौँ ? त्यसैका आधारमा हाम्रो व्यक्तित्व निर्माण हुुने गर्दछ ।
व्यक्ति जागिरे हो कि सेवक हो ? यसैका आधारमा उसको व्यक्तित्व निर्माण हुुन्छ ।, यदि ऊ जागिरे हो भने ऊ आफ्नो पेशा वा काम, कर्तव्य र अधिकारप्रति जिम्मेवार हुँदैन । जसोतसो दिन कटाउनुु र तलब पकाउनुु मात्र उसको लक्ष्य हुुन्छ । त्यसैले सेवा भावका साथ कुुनै पनि पेशामा प्रवेश गरेको व्यक्तिले मात्र आफ्नो व्यक्तित्वलाई माथि उठाउन सक्छ । जागिरे मानसिकता भित्र स्वार्थ लुुकेको हुुन्छ । अनैतिक , छलकपट, भ्रष्टाचार र अपाराधिक मनोवृतिले बास गरेको हुुन्छ तर पेशाप्रतिको वफादार मान्छेमा स्वार्थ , लोभ, मोहभन्दा बढी सेवाभाव हुुन्छ । तत्कालका लागि ऊ छायामा पर्ला तर उसको व्यक्तित्व दीर्घकालमा निकै चम्किलो र अनुुकरणीय बन्दै जान्छ ।
नयाँ नयाँ कुुराको परिकल्पना गरिरहने व्यक्तिको व्यक्तित्वको विकास तीव्र गतिमा हुुन्छ । समाजमा जे छ जस्तो छ त्यसमा मात्र सिमित नरहेर नयाँ क्षितिजको खोजीमा लाग्ने मान्छेले केही न केही अवश्य भेट्टाउँछ । विषयक्षेत्रमा मात्र होइन, काम गर्ने विषयमा पनि नयाँ नयाँ शैलीको परिकल्पना र प्रयोगहरु गरिरहने व्यक्तिको व्यक्तित्व अनुुभवले खाारिदै जान्छ, कल्पनाशक्तिमा व्यापकता आउँदै जान्छ र कुुनै पनि नयाँ प्राप्तिका लागि समर्पण भाव जागृत हुँदै जान्छ ।
जसको साथी पुुस्तक हुुन्छ उसलाई अरु साथी नै चाहिदैन । असल पुुस्तक यस्तो भरपर्दो साथी हो जसले कहिल्यै दुुःख पनि दिदैन, धोका पनि दिदैन र अन्योलमा पनि पार्दैन । पुुस्तकले रुवाए पनि आनन्द दिन्छ र हिर्काए पनि दुुख्दैन । यसैकारण अध्ययनशील व्यक्तिमा विस्तारै यसप्रकारका अभिलक्षणहरु आंशिक रुपमा सर्दै जान्छन् र व्यक्तिको व्यक्तित्व दिनप्रतिदिन व्यापक, विराट र ओजस्वी बन्दै जान्छ । अध्ययनशील व्यक्तिले खालि किताबको मात्र अध्ययन गदैन । ऊ बसेको समाज, ऊ बाँचेको युुग, मानवीय चरित्रका विविध पक्ष, कार्यदक्षतामा अभिबृद्धि गर्ने उपायहरु आदि जस्ता कुुराका बारेमा पनि निरन्तर अध्ययन गरिरहने हुुनाले उसलाई कस्तो अवश्थामा कसरी अगाडी बढ्ने र कुन कार्यलाई कसरी सम्पादन गर्ने भन्ने बारेमा ज्ञान प्राप्त हुुन्छ र उसको व्यक्तित्व सामान्य मान्छेको भन्दा माथि उठिहाल्छ ।
यसरी एक नेतृत्व कर्ताले आफ्नो व्यक्तित्वलाई माथी उठाउन हरेक समयमा ख्याल पुु¥याउनुु पर्दछ । व्यक्तित्व निर्माणका लागि लामो समयको अभ्यास र निरन्तरको एकनाश प्रवृतिको व्यवहार आवश्यक पर्दछ । व्यक्तित्व भनेको उसको आनीवानी, व्यवहार, भाषाशैली, लवाई खवाई, बोलाई लगायतका सम्पूर्ण परिवेशहरुको एकमुुष्ठ प्रयासले मात्र निर्माण गर्न सक्ने चारित्रिक गुण हो । यसर्थ नेताले आफ्नो व्यक्तित्वको वचावटमा सम्पूर्ण पक्षमा विशेष ध्यान दिनुु आवश्यक देखिन्छ ।
लेखकः खनाल गण्डकी समाचार डट कमका संवाददाता हुनुहुन्छ ।
ताजा
सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन
२०८३ असार २० गते, शनिबार
सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन
२०८३ असार २० गते, शनिबार
फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १९ गते, शुक्रबार
भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न
२०८३ असार १९ गते, शुक्रबार
बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १८ गते, बिहीबार
कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा
२०८३ असार १८ गते, बिहीबार
व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली
२०८३ असार १८ गते, बिहीबार
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न
२०८३ असार १७ गते, बुधबार
वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित
२०८३ असार १६ गते, मंगलवार
२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)
२०८३ असार १५ गते, सोमबार





















