बुटवल पावर कम्पनिद्वारा गल्याङ नगर अस्पताललाई सात लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण
स्याङ्जा,२२ जेठ– बुटवल पावर कम्पनी (विपिसी) ले गल्याङ नगर अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । विपिसी आँधिखोला जलविद्युत केन्द्र गल्याङका प्रमुख डोल खरेलले शुक्रबार करिव सात लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री नगरपालिका प्रमुख एवं नगर अस्पतालका अध्यक्ष समेत रहनुभएका नगरपालिका प्रमुख भुपराज अधिकारीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको हो ।
स्वास्थ्य सामाग्री ग्रहण गर्दै नगरप्रमुख अधिकारीले कोरोना महामारीको समयमा विपिसीले विरामीको उपचरमा प्रयोग महत्वपूर्ण भूमीका खेल्ने भन्दै हयोगको लागि धन्यवद दिनुभयो । नगरप्रमुख अधिकारीले गल्याङ नगरपालिकाको बन्दै गरेको प्रशासनिक भवन निर्माणका लागि जग्गाको विषयमा पनि बुटवल पावर कम्पनीले महत्वपूर्ण सहयोग गरेको स्मरण गर्दै नगरपालिकाको तर्फबाट आँधीखोला जलविद्युत केन्द्रका लागि सक्दो सहजिकरण र सहयोग गर्ने समेत बताउनुभयो ।
बुटवल पावर कम्पनी आँधीखोला जलविद्युत केन्द्र गल्याङका प्रमुख डोल खरेलले अस्पतालसँग समन्वय गरी अति आवश्यक सामाग्रीहरु कम्पनिको तर्फबाट सहयोग गरिएको बताउनुभयो । उहाँले गल्याङ नगरवासीको स्वास्थ्य उपचारमा सहयोगको लागि बुटवल पावर कम्पनी सधैं तत्पर रहेको बताउनुभयो ।
विपिसीले दुई वटा अक्सिजन कन्सन्टेटर, एक सय ५० वटा एण्टिजिन टेस्ट किट, ६ वटा अक्सिजन ग्याँस सिलिण्डर, १० वटा अक्सिजन रेगुलेटर, आठ वटा पल्स अक्सिमिटर, ३५ वटा पिपिई सेट सहित सर्जिकल पञ्जा, मास्क, हेण्ड सेनिटाइजर, फेस सिल्ड, सर्जिकल हेड क्याप गरी कुल ६ लाख ८७ हजार ५ सय ४० रुपैयाँ बराबरको सामग्री हस्तान्तरण गरिएको विपिसीले जनाएको छ ।
ताजा
सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन
२०८३ असार २० गते, शनिबार
सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन
२०८३ असार २० गते, शनिबार
फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १९ गते, शुक्रबार
भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न
२०८३ असार १९ गते, शुक्रबार
बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १८ गते, बिहीबार
कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा
२०८३ असार १८ गते, बिहीबार
व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली
२०८३ असार १८ गते, बिहीबार
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न
२०८३ असार १७ गते, बुधबार
वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित
२०८३ असार १६ गते, मंगलवार
२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)
२०८३ असार १५ गते, सोमबार























