मलको अभाव छैन, ढुवानीमा देखिएको समस्या समाधान भइसक्योः मन्त्री अर्याल
काठमाडौं,२१ जेठ – कृषि तथा पशुपन्क्षी विकास मन्त्री पद्माकुमारी अर्यालले मलको अभाव नरहेको बताउनुभएको छ । केही दिनयता सरकारले किसानलाई मल दिन नसकेको भन्ने समाचारहरु सञ्चारमाध्यमहरुमा आएपछी कृषिमन्त्री अर्यालले आज कृषि सामग्री कम्पनी लिमिटेडको मल खाद्य गोदामको निरिक्षण गर्नुभएको थियो ।
कम्पनीमा मौज्दात रहेको मलको निरिक्षण पछि आयोजीत पत्रकार सम्मेनलाई सम्बोधन गर्दै मन्त्री अर्यालले यो सिजनका लागि मलको कुनै समस्या नभएको बताउनुभयो । तर कोभिड १९ को दोस्रो लहरको प्रकोपका कारण भएको निषेधाज्ञाले केही जिल्लाहरुमा मलको ढुवानीमा समस्या देखिएको भएपनि गुनासो आउनासाथ त्यसको समाधान गरिएको मन्त्री अर्यालले बताउनुभयो । यो सिजनको बाली लगाउने प्रयोजनका निम्ती मलको कुनै समस्या नहुने मन्त्री अर्यालले र मल स्टक रहेको समेत बताउनुभयो ।
मन्त्री अर्यालले भन्नुभयो, ‘मलको बितरणमा समस्या नहोस भनेर हामीले विशेष ध्यान दिइरहेका छौ ।’ कोभिडका कारण बितरणमा केही ठाउँमा समस्या देखिएको भन्ने कुरा आयो । त्यसलाई तत्काल समाधान गर्नेगरी हामी अगाडी बढिसक्यौं अहिले त्यो समस्या पनि समाधान भइसक्यो । कोभिड दोस्रो लहरको प्रकोपका कारण बन्द भएको अवस्थामा बितरणमा समस्या देखिएको गुनासो र टिप्पणी आएपनि अहिले त्यसको समाधान भइसकेको उहाँको भनाई थियो । मलको विषयमा मन्त्रीपरिषद्मा समेत छलफल गरेर समाधान गरिएको मन्त्री अर्यालले बताउनुभयो ।
आफू मन्त्रालयको नेतृत्वमा आएदेखी नै निरन्तर रुपमा मलको अवस्थाका बारेमा छलफल गर्दै त्यसको व्यवस्थापनमा जुटेको भन्दै मन्त्री अर्यालले मलको बितरण गर्दा दैनिक आपुर्ती र बितरणको अवस्था अद्यावधिक गर्न कृषि सामग्री कम्पनीलाई निर्देशन दिनुभयो । कोभिडका कारण बन्द रहेको अवस्थामा पनि किसानले गुनासो गर्ने ठाउँ नराखिकन मलको आपुर्तीमा ध्यान दिन उहाँले कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।
मल ढुवानीमा देखिएको समस्या हामीले तत्काल सहजिकरण गरिसकेका छौ । कोभिड संक्रमणलाई समेत ध्यानमा राखेर कर्मचारीहरुको स्वास्थ्यको समेत ख्याल गर्दै सम्पूर्ण स्वास्थ्य मापदण्ड अपनाएर किसानलाई नियमित रुपमा मल बितरण कार्यमा लाग्नुसु, मन्त्री अर्यालले भन्नुभयो, ‘फलाना ठाउँमा जाँदा मल पाइएन भन्ने ढंगले किसानको गुनासो आउने अवस्थाको सिर्जना नहोस । यसमा तपाईहरु सचेत रहनुहोला ।’
ताजा
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा
२०८३ बैशाख ९ गते, बुधबार
आज मातातीर्थ औँसी
२०८३ बैशाख ४ गते, शुक्रबार
वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वगृहमन्त्री रमेश लेखक रिहा
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो
२०८२ चैत्र २६ गते, बिहीबार
लेबनान आक्रमणले युद्धविराम सङ्कटमा
२०८२ चैत्र २६ गते, बिहीबार
सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत
२०८२ चैत्र २६ गते, बिहीबार
पोखरा सभागृहचोकमा महिलाको हत्या
२०८२ चैत्र २६ गते, बिहीबार






















