लायन्स क्लबद्वारा गल्याङ नगर अस्पताललाई अक्सिजन मेसिन हस्तान्तरण

आर्थिक अवस्था कम्जोर भएकाको निशुल्क उपचार हुन्छ नगरप्रमुख अधिकारी

गल्याङ,२१ जेठ– लायन्स क्लब अफ गल्याङ सिटीले गल्याङ नगर अस्पताललाई हाईफ्लो अक्सिजन मेसिन हस्तान्तरण गरेको छ ।
गल्याङ नगर अस्पतालमा बिहीबार एक कार्यक्रमका वीच लायन्स क्लब अफ गल्याङ सिटीले अस्पतालका अध्यक्ष समेत रहनुभएका नगरपालिका प्रमुख भुपराज अधिकारीलाई सो मेसिन हस्तान्तरण गरेको हो ।

मेसिन ग्रहण गर्दै नगरप्रमुख अधिकारीले महत्वपूर्ण सामान सहयोगका लागि आभार व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘अहिले सबै मिलेर महामारीको सामना गर्नुपरेको अवस्था छ । सबै पक्षबाट यस्तै सहयोगको लागि म अपिल गर्न चाहान्छु ।’
नगरप्रमुख अधिकारीले विपन्न परिवारका लागि अस्पतालमा लाग्ने खर्च पूर्ण रुपमा मिनाहा गर्ने गरिएको जानकारी पनि दिनुभयो । उहाँले नगरपालिकाकै श्रोतबाट अस्पताल चलाउनुपर्ने अवस्था रहेको भन्दै अक्सिजन र बेड निशुल्क गरिएको र औषधीको शुल्क मात्रै लिने गरिएको स्पष्ट पार्नुभयो ।
नगरप्रमुख अधिकारीले भन्नुभयो, ‘अस्पतालको समितिले यस बारे निर्णय गरेको छ, वास्तविक विपन्न भएमा नगर अस्पतालमा कुनै शुल्क लाग्दैन । तर पैसा हुनेहरुबाट विपन्नलाई बचाउनका लागि अहिलेको अवस्थामा औषधीको रकम लिने निर्णय भएको छ ।’
सबै नगरवासीलाई बचाउनु नै अहिलेको मुख्य काम भएको भन्दै उहाँले यस अवस्थामा अरु कुरामा अलमलिनु भन्दा सबै मिलेर महामारीको सामना गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा गल्याङ नगरपालिका वडा नम्बर ३ का अध्यक्ष एवम् लायन्स क्लब अफ डिस्ट्रिक अन्तर्राष्ट्रिय ३२५ वि वान का एड्भाइजर महेश भट्टराईले नगर अस्पतालमा विपन्नहरुका लागि निशुल्क गरिएको भन्दै सबैभन्दा महत्वपूर्ण स्वास्थ्य रहेको बताउनुभयो ।
अस्पतालका सदस्य समेत रहनुभएका भट्टराईले महामारीको मिलेर सामना गर्नुपर्ने भन्दै अन्य विषयमा अल्झिन नहुनेमा जोड दिनुभयो ।
पाँच लाख २५ हजार रुपैयाँ बराबर मुल्य पर्ने उक्त मेसिन स्याङ्जा जिल्लामा पहिलोपटक गल्याङ भित्रिएको अस्पतालका चिकित्सक निरञ्जन चौधरीले बताउनुभयो । उहाँले हाल अस्पतालमा उपलब्ध अक्सिजनले ५÷६ लिटर र बढिमा १५ लिटर सम्म फ्लो गर्न सक्ने भएकोमा यो मेसिनले ६० लिटर सम्म अक्सिजन फ्लो गर्न सक्ने जानकारी दिनुभयो । यो मेसिन अक्सिजनको तह घटेर गम्भिर अवस्थामा रहेका विरामीका लागि निकै प्रभावकारी हुने उहाँको भनाई छ ।
गल्याङ नगरपालिका वडा नम्बर ३ का अध्यक्ष एवम् लायन्स क्लब अफ डिस्ट्रिक अन्तर्राष्ट्रिय ३२५ वि वान का एड्भाइजर महेश भट्टराईको पहलमा उक्त मेसिन प्राप्त भएको हो ।

ताजा

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal