हेफरद्वारा तिनाउलाई गाउँपालिकालाई १५ लाख सहयोग


सिर्जना घिमिरे
तानसेन,२१ जेठ – पाल्पाको तिनाउ गाउँपालिकामा कोभिड व्यवस्थापनका लागि हेफर इन्टरनेशनल नेपालले राहतकोषका लागि रु. १५ लाख सहयोग गरेको छ ।
हेफर इन्टरनेशनल नेपालका कार्यक्रम प्रवन्धक अनन्तराज सिलवालले गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तिलाई रु.१५ लाखको चेक हस्तान्तरण गर्दै कोभिडको माहामारीमा जुधिरहेको परिवेशमा पालिकामार्फत संचालन गरिएका राहत कार्यक्रममा हेफरले हातेमालो गरेको बताउनुभयो ।
प्रवन्धक सिलवालले हेफरले पाल्पा जिल्लाका सबै स्थानिय तहहरुमा प्राथमिकताको आधारमा रु. १ करोड ४९ लाख सहयोग गर्ने र यो अभियानको शुरुवात तिनाउबाट गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार हेफरले जिल्लाको तानसेन नगरपालिकालाई ४० लाख, रामपुर नगरपालिका, पूर्वखोला, निस्दी, रम्भा, रिब्दीकोट गाउँपालिकालाई १५÷१५ लाख , माथागढी गाउँपालिकालाई १० लाख , रैनादेखि छहरा र बगनासकालीलाई साढे ४ लाखका दरले राहत स्वरुप रकम उपलब्ध गराउने योजना रहेको छ ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तीले पालिकामा अहिले २२ शैंयाको क्वारिन्टिन, तथा १० शैंयाको कोभिड विशेष अस्पताल निर्माण गरी सेवा दिएको बताउनुभयो । उहाँले पालिकाको पहलमा ७ सय थान कोभिड परिक्षण किट ल्याएर परीक्षण गरिएको र अक्सिजन सिलिन्डर खरिद गर्ने प्रक्रियामा रहेको जानकारी दिदै कोभिड नियन्त्रणमा खटेको पालिकाको लागि हेफरले दिएको सहयोग महत्वपूर्ण रहेको बताउनुभयो ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुन्दर श्रेष्ठले अहिलेसम्म ६ सय जनाको कोरोना परीक्षण गरिएकोमा २ सय ८५ जनामा सङ्क्रमण देखिएको जानकारी दिदै हेफरको सहयोगले धेरै नागरिकको स्वास्थ्य उपचारको लागि सहयोग पुग्ने बताउदै धन्यवाद दिनुभयो ।
गएको २२ वर्षदेखि पाल्पामा पशुविकास तथा कृषि विकासको क्षेत्रमा स्थानिय पालिकासँग मिलेर काम गर्दै आएको हेफरले काम गरेका परियोेजना क्षेत्रका सहकारी सशक्तिकरण, खसिबोका, तथा तरकारी बजारीकरणको पशु नस्ल सुधार लगायतका काम गर्दै आएको हेफरका कार्यक्रम अधिकृत विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

ताजा

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal