प्रेस काउन्सिलको अध्यक्षमा बस्नेत नियुक्त
काठमाडौं,२१ जेठ– नेपाल प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त हुनुभएको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले दोलखा स्थायी घर हुनुभएका पत्रकार बस्नेतलाई चार वर्षका लागि काउन्सिलको अध्यक्ष नियुक्त गरेको हो ।
पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य बस्नेत हालै सम्पन्न निर्वाचनमा महासचिव पदमा कांग्रेस(माओवादी गठबन्धनसँग पराजित भएको थियो । कानून व्यवसायी समेत रहनुभएका बस्नेतले कान्तिपुर दैनिकमा लामो समय काम गर्नुभएको थियो ।
चार वर्ष अघि काउन्सिलको अध्यक्षमा नियुक्त भएका भवानी वरालको कार्यकाल नियुक्तिको योग्यता विवादका विषयमा सर्वोच्च अदालतमा मुद्दामा परेपछि यस बीचमा किशोर श्रेष्ठ र गोपाल बुढाथोकी कार्यवाहक अध्यक्ष भएइर काम गर्नुभएको थियो । नियुक्तिको कार्यकाल सकिएसँगै सरकारले बस्नेतलाई नियुक्त गरेको हो । यसअघि काउन्सिलको अध्यक्षमा दुर्गा पौडेल नियुक्त भए पनि सर्वोच्च अदालतले उहाँको नियुक्तिविरुद्ध अन्तरिम आदेश दिएको थियो ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















