वैदेशिक रोजगारीबाट फर्किएका युवा कृषि पेशामा रमाउदै फोटो फिचर

हिमलाल पराजुली

स्याङ्जा,२१ जेठ– राम्रो आम्दानीको खोजिमा विदेशिएका युवाहरु अहिले वैदेशिक रोजगारीबाट फर्किएर कृषि पेशामा लागेकाछन् ।
अहिले धेरै युवाहरुको रोजाइमा परेको छ कृषि पेशा । विदेशमा सोचेजस्तो कमाइ नभएपछि रोजगारीको खोजीमा विदेशिएका युवा विदेशबाट स्वदेश फर्किएपछि फेरी पहिलेकै रोजगारीमा जानेभन्दा आफ्नै गाउँघरमा कृषि पेशा गरेर यसैमा रमाउन थालेकाछन् ।

वालिङ नगरपालिका ४ का राजु सुवेदी करिब दश वर्षको विदेश बसाइलाई बिट मार्दै कृषि पेशामा रमाउनुभएको छ । रोजगारीको शिल्शिलामा तीन चार ओटा देशमा पुग्नुभएका सुवेदी यतिबेला गल्याङ ८ करादीमा रहेको भिरालो पाखोमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ । उहाँले पाखो खरबारीलाई गह्रौकालिका कृषि फार्मको निर्माण गरी वस्तुदेखि चराचुरुङ्गीले सिंगारेर हराभरा बनाउनुभएको छ ।
करिव १४ रोपनी जमिनमा फैलिएको फर्ममा बाख्रा, लोकल कुखुरा, बट्टाई, कालिज, लौकाठका चल्लाको दृश्यले त्यहाँ पुग्ने जोकोहीलाई पनि लोभ्याउछ ।

वैदेशिक रोजगारी क्षणीक समयको लागि मात्रै हुने भएकोले विदेशको यात्रालाई छाडेर स्वदेशमै बसेर आफ्नै गाउँघरमा केही गरौ भनेर कृषि पेशामा लागेको सुवेदीले बताउनुभयो । सुवेदीले भन्नुभयो, “विदेशको कमाई सकुन्जेल मात्रै भएको र विदेशमा मात्रै बस्दा पछि स्वदेश फर्किएर त्यतिकै बेरोजगार बस्नुपर्ने अवस्था नआओस भनेर विदेश जान छाडेर कृषि कर्ममा लागे ।” रोजगारीको खोजिमा विदेश नै जानुपर्छ भन्ने छैन आफ्नै गाउँघरमा पनि रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने सन्देश युवाहरुलाई दिन पनि आफु कृषि कर्ममा लागेको सुवेदी बताउनुहुन्छ । विदेशमा गएर अरुकोकाम गर्नुभन्दा आफ्नै गाउँठाउँमा आफ्नो सिप अनुसारको काम गर्दा आम्दानीका साथै त्यो दिर्घकालिन हुने उहाँ बताउनुहुन्छ ।
फर्मबाट उत्पादन भएका मासुजन्य वस्तुको खपतको लागि सुवेदीले गह्रौकालिका वाईलड लाईफ रेष्टुरेन्ट समेत सञ्चालन गर्नुभएको छ । सुवेदीको रेष्टुरेन्टमा आफ्नै फर्ममा उत्पादन भएका लोकल कुखुराका साथै कालिज, लौकाठ, बट्टाई र खसिको मासुको समेत स्वाद लिन पाइन्छ । फर्ममा उत्पादन भएका वस्तुको खपतका साथै दानापानी र बिकृको समेत समस्या नआओस भनेर फर्म संगै रेष्टुरेन्ट समेत सञ्चालन गरेको सुवेदीले बताउनुभयो । परिवारको समेत सहयोग भएकोले काममा निकै सहज भएको सुवेदी बताउनुहुन्छ ।

करिव ६५ रोपनी जमिन वार्षिक ५० हजारका दरले दश वर्षको लागि भाडामा लिएर काम सुरु गर्नुभएका सुवेदीको फर्ममा अहिले सम्म करिव ७० लाख लगानी पुगिसकेको छ । भिरालो जमिनमा फर्मको संरचना निर्माण गर्र्नुका साथै निर्माण गरिएका फर्मका केही संरचनामा पहिरोका कारण क्षती पुगेकोले पनि फर्म सञ्चालनको लागत खर्च बढ्नुका साथै करिव दश लाखको नोक्सानी बेहोर्नु परेको सुवेदी बताउनुहुन्छ । एक वर्ष देखि सञ्चालनमा आएको सुवेदीको फर्ममा लगानी सोचेभन्दा केही बढि लागे पनि राम्रै आम्दानी हुनेमा आफु आसावादी रहेको उहाँको भनाइ छ । परिवार संगै दुई जना युवालाई फर्ममै रोजगारी दिएको र वैदेशिक रोजगारीबाट फर्किएका छरछिमेकका युवाहरु समेत आफ्नो फर्म सञ्चालनमा आएसंगै यो पेशा प्रति आर्कषित भएको सुवेदीको भनाइ छ ।

रोजगारीको क्रममा दुवै, राउदिअरब र कत्तारमा लामो समय बिताउनुभएका सुवेदीले आफ्नै गाउँघरमा परिवार संगै बसेर काम गर्दा खुसी लागेको बताउनुहुन्छ । जाँगर हुनेहरुको लागि काम र ठाउँको खाचो हुदैन भन्ने कुराई सुवेदीले भिरालो पाखोमा गरेको मेहनत र त्यहाँ देखिको रमणिय दृश्यले प्रमाण्ति गरिदिएको छ ।

ताजा

सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन

२०८३ असार २० गते, शनिबार

सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन

२०८३ असार २० गते, शनिबार

फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १९ गते, शुक्रबार

भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न

२०८३ असार १९ गते, शुक्रबार

बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १८ गते, बिहीबार

कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा

२०८३ असार १८ गते, बिहीबार

व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली

२०८३ असार १८ गते, बिहीबार

वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न

२०८३ असार १७ गते, बुधबार

वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित

२०८३ असार १६ गते, मंगलवार

२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)

२०८३ असार १५ गते, सोमबार

मनसुन सक्रिय : भारी वर्षा, बाढी–पहिरोको जोखिम बढेकाले सतर्क रहन प्राधिकरणको आग्रह

२०८३ असार १५ गते, सोमबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal