गण्डकी प्रदेशसभा सदस्य थापा पदमुक्त

पोखरा,२० जेठ– गण्डकी प्रदेशसभाका सदस्य कृष्ण थापा पदमुक्त हुनुभएको छ । राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य थापालाई दलबाट निष्कासन गरेको जानकारी पार्टीले प्रदेशसभा सचिवालयमा गराएसँगै सभामुख नेत्रनाथ अधिकारीले बिहीबार नै १ बजे सुरु भएको प्रदेशसभा बैठकमा थापालाई दलबाट निष्कासन गरेको पत्र आएको जानकारी दिनुभयो ।

थापाले पार्टीको निर्णय विपरीत काम गरेको भन्दै कारबाही गरेको राष्ट्रिय जनमोर्चाले जनाएको छ । सरकारविरुद्ध ल्याएको अविश्वासको प्रस्तावमाथि दलले समर्थन गरे पनि थापाले पार्टीको निर्देशन विपरीत एमालेलाई सहयोग गर्दै आउनुभएको थियो ।

बागलुङ–१ ‘ख’ बाट प्रत्यक्ष निर्वाचित सांसद थापालाई जनमोर्चाले साधारण सदस्य पनि नरहने गरी एक वर्षको लागि निलम्बन गरेको थियो । ६० सदस्यीय गण्डकी प्रदेशसभा थापा पदमुक्त भएपछि ५९ सदस्यीय भएको छ । प्रदेशसभामा राष्ट्रिय जनमोर्चाका ३ जना सांसद रहेकामा अब २ जना मात्र रहने भएका छन् ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal