स्याङ्जा समाज यूकेद्वारा जिल्लाका ६ पालिकालाई अक्सिजन कन्सनट्रेटर सहयोग


हिमलाल पराजुली

स्याङ्जा,२० जेठ– स्याङ्जा समाज यूके परिवारले जिल्लाका ६ पालिकालाई अक्सिजन कन्सनट्रेटर सहयोग गरेको छ । स्याङ्जा घर भइ बिभिन्न कामको शिलशिलामा यूकेमा रहेर रोजगारी गर्दै आएका जिल्ला बासिहरुको संस्था स्याङ्जा समाज यूकेले जिल्लामा कोरोना महामारी बढ्दै गएको अवस्थामा कोरोना संक्रमणबाट प्रभावित बिरामीहरुको उपचारमा सहयोग पुर्याउने उद्देश्यले बिहीबार पुतलीबजार नगरपालिकामा सो सामग्री हस्तान्तरण गरेको हो ।

सहयोग सामग्री स्याङ्जा समाज यूकेका प्रतिनिधि मेजर लक्ष्मी प्रसाद गुरुङले पुतलीबजार नगरपालिका प्रमुख सीमाकुमारी क्षेत्रीलाई हस्तान्तरण गर्नुभएको थियो । सहयोग ग्रहण गर्दै पुतलीबजार नगरपालिका प्रमुख सीमाकुमारी क्षेत्रीले कोरोना महामारीको संकटको समयमा विदेशमा रहेर पनि आफ्नो जिल्लालाई दुःखको बेलामा सम्झेर सहयोग गरेकोमा स्याङ्जा समाज यूके परिवार प्रति धन्यवाद दिदै स्वास्थ्य सामग्रीले जिल्लमा उपचारको लागि सहयोग पुग्ने बताउनुभयो । नगरप्रमुख क्षेत्रीले भन्नुभयो, “संकटको बेला स्याङ्जा समाज यूकेले गरेको सहयोगले धेरुै बिरामीहरुको ज्यान बचाउन सहयोग पुर्याउनेछ, यो सहयोगका लागि म समाज प्रति धन्यवाद दिन चाहान्छु ।” नगरप्रमुख क्षेत्रीले अक्सिजन अभाव भएको खण्डमा कन्सनट्रेटर प्रयोग गर्न सकिने बताउनुभयो ।

स्याङ्जा समाज यूकेका प्रतिनिधि मेजर लक्ष्मी प्रसाद गुरुङले कोरोना संक्रमणका समयमा जिल्लामा बिरामीको उपचारमा सहयो पुर्याउने उद्देश्यले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको बताउनुभयो । स्याङ्जा समाज यूकेले जिल्लाका पुलतीबजार नगपालिका सहित वालिङ, गल्याङ नगरपालिका, फेदीखोला, विरुवा र आँधीखोला गाउँपालिकामा रहेका स्वास्थ्य संस्थालाई कन्सनट्रेटर उपलब्ध गराएको हो ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal