पहिरोको जोखिममा बस्ती


दर्वेन्द्र देव खनाल

गल्याङ,२० जेठ– गल्याङ नगरपालिका ३ को पूर्वि दक्षिणमा रहेको बस्ती पहिरोको कारण जोखिममा परेको छ । भार्लेको ठूूलो पहिरोले चिनिने उक्त पहिरोले यस क्षेत्रमा बसोबास गर्ने जनताहरु वर्षाको समय संगै त्रासको भूमरीमा रात कटाउन बाध्य छन् ।

झण्डै एक सय घर धुरी रहेको लल्याङको डाडोको थाप्लोमा रहेको समथर भूूभागमा रहेको छ । उक्त बस्तीको वरिपरि राम्रो उव्जनी हुने जमिनलाई रहेको र आँधीखोलाको पानीले हराभरा बनाएको छ । सिन्चाइको राम्रो प्रवन्ध भएकोले स्थानीय बासिन्दाहरु बाहारै मैना खाद्यान्न बालिका साथै विभिन्न जातका फलफुुल तथा तरकारीको राम्रोे उत्पादन गर्ने गर्दछन् । यस वस्तीको करिब दुई सय मिटर जमिनको भाग हलचल भई बस्ती नजिकै धस्कदै आएपछि स्थानीय बासिन्दाहरु त्रासपूर्ण जिवन बाच्न बाध्य भएका छन् । विभिन्न समयमा पहिरो रोकथाम र संरक्षणका लागि कार्यक्रमहरु संचालन भएता पनि त्यसले सार्थकता पाउन सकेको छैन । बस्तीको दुुवै भागमा खोलाले घेरेको र सो क्षेत्रको भूवनोट कमजोर रहेकोले बस्ती भन्दा धेरै तलबाट वरिपरिको पूरै जमिन धस्केको र ठाउँठाँउमा पहिरो निरन्तर गएकोले बसती थप जोखिमा परेको हो ।

स्थानीय युुवा समाजसेवी छविलाल भट्टराईले पहिरोलाई बेलैमा नियन्त्रण गर्न नसके जोखिम पूर्ण अवस्था आउन सक्ने बताउनुभयो । भट्टराईले सो पहिरोलाई समयमै नियन्त्रण गर्न नसके त्यसबाट क्षती भएपछि पछुताउनु सिवाय अरु कुनै विकल्प नहुने बताउनुभयो । पहिरोका कारण बस्तीको वरिपरि रहेका खेतहरुमा समेत ठूला ठूूला धाजा फाटेको स्थानीय बासिन्दाको भनाइरहेको छ । यस क्षेत्रका बासिन्दाहरु आफ्नो दैनिक जीवनयापनका लागि त्यस क्षेत्रबाट नियमित रुपमा आवतजावत गर्ने साविक तुुलसीभञ्ज्याङ ४ को छर्तिघाट सम्म जानेआउने पुरानो गोरेटोबाटोको कुनै नाम निशाना बाँकी नरहेको युुवा समाजसेवी नेत्रप्रसाद अर्यालले बताउनुु भयो ।

भर्लाको पहिरोको नामले चिनिएको उक्त पहिरोलाई समयमै बैज्ञानिक मापदण्डका आधारमा संरक्षण गर्न सकिएन भने ठुलो जनधनको क्षति हुुनुुका साथै वस्ती नै स्थानान्तरण गर्नुुपर्ने स्थिति नआउला भन्न सकिन्न । सो क्षेत्रको जमिन अत्यन्त कमजोर माटोद्वारा बनेको र यस क्षेत्रमा चलायमान माटो रहेकोले वस्तीका साथै स्याङ्जाको पहिलो विद्युुत परियोजना आँधीखोला विद्युुत गृहमा समेत असर पर्ने देखिन्छ । सुुन्दर वस्तीको रुपमा रहेको यस गाउँको ऐतिहासिकता जोगाउदै यस क्षेत्रमा बस्ने आम जनसमुुदायको जीवन रक्षाका लागि सम्वन्धित निकायको बेलैमा ध्यान जानुु जरुरी देखिन्छ ।
पहिरो संरक्षणको लागि समय समयमा विभिन्न क्षेत्रबाट बजेट निकासा भई काम भैरहेको भएता पनि दुुवैतिरबाट घेरेको पहिरो संरक्षणमा ठूलो रकमको आवस्यकता रहने र त्यसका लागि अर्थमन्त्रालय लगायतका सम्बन्धित निकायमा निरन्तर माग गरिरहेको युवा नेता एवं समाजसेवी गुुरुप्रसाद भट्टराईले बताउनु भयो । पहिरोको रोकथाम र नियन्त्रण गरी स्थानीय सरकारले प्रदेश र संघिय सरकार संग समन्वय गरेर काम अगाडी बढ्नेमा स्थानीय बासिन्दा आसाबादी रहेकाछन् ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal