पहिरोको जोखिममा बस्ती
दर्वेन्द्र देव खनाल
गल्याङ,२० जेठ– गल्याङ नगरपालिका ३ को पूर्वि दक्षिणमा रहेको बस्ती पहिरोको कारण जोखिममा परेको छ । भार्लेको ठूूलो पहिरोले चिनिने उक्त पहिरोले यस क्षेत्रमा बसोबास गर्ने जनताहरु वर्षाको समय संगै त्रासको भूमरीमा रात कटाउन बाध्य छन् ।
झण्डै एक सय घर धुरी रहेको लल्याङको डाडोको थाप्लोमा रहेको समथर भूूभागमा रहेको छ । उक्त बस्तीको वरिपरि राम्रो उव्जनी हुने जमिनलाई रहेको र आँधीखोलाको पानीले हराभरा बनाएको छ । सिन्चाइको राम्रो प्रवन्ध भएकोले स्थानीय बासिन्दाहरु बाहारै मैना खाद्यान्न बालिका साथै विभिन्न जातका फलफुुल तथा तरकारीको राम्रोे उत्पादन गर्ने गर्दछन् । यस वस्तीको करिब दुई सय मिटर जमिनको भाग हलचल भई बस्ती नजिकै धस्कदै आएपछि स्थानीय बासिन्दाहरु त्रासपूर्ण जिवन बाच्न बाध्य भएका छन् । विभिन्न समयमा पहिरो रोकथाम र संरक्षणका लागि कार्यक्रमहरु संचालन भएता पनि त्यसले सार्थकता पाउन सकेको छैन । बस्तीको दुुवै भागमा खोलाले घेरेको र सो क्षेत्रको भूवनोट कमजोर रहेकोले बस्ती भन्दा धेरै तलबाट वरिपरिको पूरै जमिन धस्केको र ठाउँठाँउमा पहिरो निरन्तर गएकोले बसती थप जोखिमा परेको हो ।
स्थानीय युुवा समाजसेवी छविलाल भट्टराईले पहिरोलाई बेलैमा नियन्त्रण गर्न नसके जोखिम पूर्ण अवस्था आउन सक्ने बताउनुभयो । भट्टराईले सो पहिरोलाई समयमै नियन्त्रण गर्न नसके त्यसबाट क्षती भएपछि पछुताउनु सिवाय अरु कुनै विकल्प नहुने बताउनुभयो । पहिरोका कारण बस्तीको वरिपरि रहेका खेतहरुमा समेत ठूला ठूूला धाजा फाटेको स्थानीय बासिन्दाको भनाइरहेको छ । यस क्षेत्रका बासिन्दाहरु आफ्नो दैनिक जीवनयापनका लागि त्यस क्षेत्रबाट नियमित रुपमा आवतजावत गर्ने साविक तुुलसीभञ्ज्याङ ४ को छर्तिघाट सम्म जानेआउने पुरानो गोरेटोबाटोको कुनै नाम निशाना बाँकी नरहेको युुवा समाजसेवी नेत्रप्रसाद अर्यालले बताउनुु भयो ।
भर्लाको पहिरोको नामले चिनिएको उक्त पहिरोलाई समयमै बैज्ञानिक मापदण्डका आधारमा संरक्षण गर्न सकिएन भने ठुलो जनधनको क्षति हुुनुुका साथै वस्ती नै स्थानान्तरण गर्नुुपर्ने स्थिति नआउला भन्न सकिन्न । सो क्षेत्रको जमिन अत्यन्त कमजोर माटोद्वारा बनेको र यस क्षेत्रमा चलायमान माटो रहेकोले वस्तीका साथै स्याङ्जाको पहिलो विद्युुत परियोजना आँधीखोला विद्युुत गृहमा समेत असर पर्ने देखिन्छ । सुुन्दर वस्तीको रुपमा रहेको यस गाउँको ऐतिहासिकता जोगाउदै यस क्षेत्रमा बस्ने आम जनसमुुदायको जीवन रक्षाका लागि सम्वन्धित निकायको बेलैमा ध्यान जानुु जरुरी देखिन्छ ।
पहिरो संरक्षणको लागि समय समयमा विभिन्न क्षेत्रबाट बजेट निकासा भई काम भैरहेको भएता पनि दुुवैतिरबाट घेरेको पहिरो संरक्षणमा ठूलो रकमको आवस्यकता रहने र त्यसका लागि अर्थमन्त्रालय लगायतका सम्बन्धित निकायमा निरन्तर माग गरिरहेको युवा नेता एवं समाजसेवी गुुरुप्रसाद भट्टराईले बताउनु भयो । पहिरोको रोकथाम र नियन्त्रण गरी स्थानीय सरकारले प्रदेश र संघिय सरकार संग समन्वय गरेर काम अगाडी बढ्नेमा स्थानीय बासिन्दा आसाबादी रहेकाछन् ।
ताजा
सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन
२०८३ असार २० गते, शनिबार
सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन
२०८३ असार २० गते, शनिबार
फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १९ गते, शुक्रबार
भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न
२०८३ असार १९ गते, शुक्रबार
बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १८ गते, बिहीबार
कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा
२०८३ असार १८ गते, बिहीबार
व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली
२०८३ असार १८ गते, बिहीबार
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न
२०८३ असार १७ गते, बुधबार
वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित
२०८३ असार १६ गते, मंगलवार
२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)
२०८३ असार १५ गते, सोमबार























