मानव जीवनरक्षा पहिलो प्राथमिकता : मुख्यमन्त्री गुरुङ
पोखरा, १६ जेठ– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता भएको बताउनुभएको छ । पोखरा पर्यटन परिषद्ले आज यहाँ आयोजना गरेको अत्यावश्यक स्वास्थ्य उपकरण हस्तान्तरण कार्यक्रममा उहाँले खोपलाई पहिलो प्राथमिकता दिएर नागरिकको जीवनरक्षा लागि प्रदेश सरकारले प्राथमिकता साथ काम गरेको बताउनुभयो ।
उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पनि खोपका लागि सकारात्मक पहल भएको र बजेटले पनि स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेको जनाउँदै मन्त्रिपरिषद्बाट पनि खोप खरीद गर्नेको लागि सङ्घ सरकारलाई सिफारिश गरेको जानकारी दिनुभयो ।
उहाँले प्रदेश अक्सिजनमा आत्मनिर्भर रहेको उल्लेख गर्दै स्वास्थ्य उपचारका लागि आवश्यक पूर्वाधार निर्माणको कार्य दु्रत गतिमा भइरहेको बताउनुभयो । स्रोतसाधन र जनशक्तिकोसमेत अभाव हुन नदिन सरोकारवालालाई निर्देशन दिइरहेको जनाउँदै उहाँले बेलाबेलामा हुने ‘टेक्निकल इरर’का कारण बिरामीको मृत्यु हुने दुःखद् भएकोे र यसलाई गम्भीररुपमा लिएको बताउनुभयो ।
“पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान कोभिड उपचार अस्पताल भएको छ अब सङ्क्रमितको उपचारका लागि कुनै पनि समस्या हुँदैन”, उहाँले भन्नुभयो । परिषद्ले उपलब्ध गराएको अत्यावश्यक स्वास्थ्य उपकरणले कोभिड– १९ का बिरामीलाई उपचारमा सहज हुने उहाँले बताउनुभयो ।
पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले कोभिड– १९ को महामारीका समयमा मानवीय जीवनलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने धारणा राख्नुभयो ।
मुख्यमन्त्रीले उक्त सामग्री सङ्क्रामक तथा सरुवा रोग अस्पतालका चिकित्सक विकास गौचन, पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक डुकबहादुर क्षेत्री र मातृशिशु मितेरी अस्पतालका चिकित्सक पुष्कर गौचनलाई हस्तान्तरण गर्नुभएको थियो ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले कोरोना महामारीको अवस्थामा मानवीय सेवालाई केन्द्रबिन्दुमा राख्दै परिषद्को नेतृत्वमा उक्त सामग्री छिमेकी मुलुक चीनबाट आयात गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार करीब रु १५ लाख मूल्य बराबरको अत्यावश्यक कोभिड अक्सिजन कन्सन्ट्रेटेड मेशिन छ थानसहित अक्सिजन मेशिन (१० लिटर) चार थान, पिपिइ सेट ५०० थान, पञ्जा एक हजार थान, मास्क १० हजार थान स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो । नमस्ते कम्यूनिटी फाउण्डेशन अध्यक्ष भिष्म पौडेलले दुई थान अक्सिजन कन्सन्ट्रेटेड मेशिन सहयोग गर्नुभएको थियो ।
सो सामग्री पोखराका पर्यटन व्यवसायी सङ्घसंस्था, व्यवसायीलगायत रेवान पोखराका पूर्व महासचिव श्रीराम गिरीको समन्वयमा नेपलिज एशोसिएसन जर्जिया अध्यक्ष भवन्द्रे बस्नेत र अमेरिकाको जर्जिया राज्यका लागि जनसम्पर्क दूत दीपक पहारीसमेतले सहयोग गर्नुभएको संस्थाका महासचिव रामचन्द्र शर्माले जानकारी दिनुभयो ।
ताजा
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार





















