फेदीखोला गाउँपालिकाद्वारा आर्थिक अवस्था कम्जोर भएकालाई उपचार खर्च
स्याङ्जा,१२ जेठ– फेदीखोला गाउँपालिकाले आर्थिक अवस्था कम्जोर भएका गाउँपालिका बासिलाई आर्थिक सहयोग गर्ने भएको छ ।
कोरोना भाइरस (कोभिड १९) को दोस्रो संक्रमण बढ्दै गएको अवस्थामा पनि गाउँपालिकामा संक्रमणदेखिएका बिरामीहरु स्वास्थ्य परीक्षणमा चासो नदेखाएको र आर्थिक अवस्था कम्जोर हुदा उपचारमा समस्या आएको भन्दै गाउँपालिकाले पालिका बासिलाई उपचारमा हौसला प्रदान गर्न आर्थिक सहयोग गर्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले पैशाको अभावमा उपचारमा समस्या नहोस भनेर अर्थिक अवस्था कमजोर भएका पालिका बासिलाई उपचारमा सहयोग पुगोस भनेर १५ हजार रुपैया सम्म दिने निर्णय भएको बताउनुभयो । अध्यक्ष सुवेदीले भन्नुभयो, “कोरोना पोजेटिभ देखिए पनि अर्थिक अभावमा अस्पताल नगएर घरमै थलिएर बसेको अवस्थामा पालिकाले दिने उपचार खर्चले सहयोग पुगछ र यसले संक्रमणलाई लुकाउने कार्यमा कमि आउछ ।”
बिरामीले अस्पतालमा स्वास्थ्य उपचार गराएको कागजपत्रका आधारमा गाउँपालिकाको कार्यलयमा उपचार खर्च गरेको अवस्थामा रकम उपलब्ध गराउने अध्यक्ष सुवेदीले बताउनुभयो ।
गाउँपालिकाका प्रशासकीय प्रमुख चिरञ्जीवी बरालले गाउँपालिका भीत्र ४९ जना संक्रमित रहेको र जसमध्ये ९ जना संक्रमण निको भएर घर फर्किएको र १ जना संक्रमित महिलाको मृत्यु भएको जानकारी दिनुभयो । गाउँपालिकाले कोरोना महामारीमा स्वास्थ्य उपचारमा सहयोग पर्याउने उद्देश्य अनुसार पालिका भित्र दुई ओटा एम्बुलेन्स सञ्चालनमा ल्याएको र कोरोना संक्रमित बरामी र सुत्केरी महिलाहरुको उपचारका लागि छुट्टाछुट्टै एम्बुलन्स द्वारा निशुल्क सेवा समेत दिदै आएको प्रशासकीय प्रमुख बरालले बताउनुभयो । गाउँपालिकाले २० शैयाको अक्सिजन सहितको अस्पताल सञ्चालनमा ल्याएको र कोरोना संक्रमितहरुलाई संक्रमितको घरघरमै पुगेर औषधी समेत बितरण गर्दै आएको गाउँपालिकाले जनाएको छ ।
जिल्लामा यो समाचार तयार पार्दा सम्म कुल १ हजार ८ सय ६९ जना संक्रमित भएकाछन् भने ३ सय २० जना निको भएर घर फर्किएकाछन् ।
मृत्यु हुनेहरुको संख्या ८१ पुगेको छ भने ६१ जना संक्रमितको बिभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी मित्रप्रसाद अर्यालले जानकारी दिनुभयो । जिल्ला स्वास्थ्य कार्यालयले दिएको जानारी अनुसार होम आइसोलेसनमा १ हजार ३ सय ७० जना रहेकाछन् भने क्वारिन्टिनमा ३६ जना रहेकान् । जिल्लामा ३ सय १७ आइसोलेसन बेड र २ सय ४९ अक्सिजन सिलिण्डर रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
ताजा
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार























