एमालेजनले बुझ्नुपर्ने जबजका स्रोत र संघटक अंग के-के हुन् ?

ईश्वरी रिजाल

नेकपा एमालेका केन्द्रीय सदस्य तथा स्कूल उपप्रमुख ईश्वरी रिजाल मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवादको व्याख्या र प्रशिक्षण दिँदै हिड्ने नेतामा पर्छन् ।

केही समयअघिसम्म साविक नेकपा र त्यसपछि एमालेको केन्द्रीय कार्यालय सचिवसमेत रहेका रिजालले जबजबारे धेरै लेख्ने गरेका छन् । २८ औं मदन आश्रित स्मृति दिवसका सन्दर्भमा उनले जबजका बारेमा संक्षिप्त चर्चा गरेका छन् ।

जबजका स्रोत

मार्क्सवाद–लेनिनवाद

जवजले मार्क्सवादी दर्शन द्वन्द्वात्मक भौतिकवाद, मार्क्सवादी अर्थशास्त्र श्रम मूल्य सिद्धान्त एवं अतिरिक्त मूल्यको सिद्धान्त, मार्क्सवादी समाजशास्त्र ऐतिहासिक भौतिकवाद र मार्क्सवादी राजनीतिक शास्त्र वर्गसंघर्षलाई राजनीतिक, सैद्धान्तिक तथा दार्शनिक मार्गदर्शक श्रोतका रूपमा आत्मसात गरेको छ । साथै लेनिनवादी संगठनात्मक सिद्धान्तलाई पनि मार्गदर्शक श्रोतकै रूपमा अवलम्वन गरेको छ ।

लोकतान्त्रिक आन्दोलन

नेपालमा विभिन्न समयमा कम्युनिष्ट पार्टी स्वयंको संलग्ता एवं नेतृत्वमा चलेका लोकतान्त्रिक आन्दोलहरू जवजको महत्वपूर्ण श्रोतका रूपमा रहेका छन् । साथै विभिन्न बेला विभिन्न पार्टी वा समुहद्वारा सञ्चालित सशस्त्र सघर्षका असफल अनुभव र शान्तिपूर्ण जनआन्दोलनका सफल अनुभवहरू पनि जवजका महत्वपूर्ण श्रोतहरू हुन् ।

अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन

मार्क्सवादी-लेनिवादलाई आ-आफ्नो मुलुकको विशिष्टता अनुरूप प्रयोग गर्ने सिलसिलामा विकास भएका अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनका सकारात्मक एवं नकारात्मक अनुभवहरू जवजका श्रोतका रूपमा रहेका छन् । विभिन्न ऐतिहासिक कालखण्डमा जनताको संघर्षद्वारा विकास भएका सबैखाले राजनीतिक व्यवस्था एवं शासण प्रणालीका स्वरूपहरू समेत जवजका स्रोत रहेका छन् ।

जबजका संघटक अंग

क्रान्तिकारी रूपान्तरण

सामाजिक व्यवस्थाको आधारको रूपमा रहेको उत्पादन प्रणाली एवं उपरिसंरचनाको रूपमा रहेको सामाजिक, साँस्कृतिक, राजनीतिक र विचारधारात्मक प्रणालीहरू समेतको समग्र रूपान्तरण नै समाजको क्रान्तिकारी रूपान्तरण हो । आधारभूत रूपमा जवजले यही आधार एवं उपरिसंरचना र नेपाली समाज विशेषको वर्ग, वर्ण, जाति, लिङग, संस्कृति र क्षेत्रीय तहका असमानता, विभेद र उत्पीडनहरूलाई समाप्त पारी नेपाली समाजको क्रान्तिकारी रूपान्तरण गर्ने कामलाई मार्गदर्शन गर्दछ । त्यसैले ‘क्रान्तिकारी रूपान्तरण’ जवजको महत्वपूण सङ्घटक अंग बन्न पुगेको छ ।

लोकतन्त्र

कम्युनिष्ट राज्य व्यवस्था स्वयं जनताको राज्य व्यवस्था भएकाले त्यसमा उनिहरूको चासो, सरोकार, निगरानी र नियन्त्रणलाई नैसर्गिक अधिकारका रूपमा रहन दिनु पर्दछ । त्यस अन्तर्गत राजकीय नेतृत्वका लागि पहल लिन पाउने अर्थात चुन्न र चुनिन पाउने व्यवस्थाको ग्यारेण्टी पनि गर्नु पर्दछ । त्यसका लागि प्रतिस्पर्धा सर्वोत्तम विधि र विकल्प हो । यसलाई जवजले हार्दिक दिलले आत्मासात गरेको छ । साथै आवधिक निर्वाचन, संविधानको सर्वोच्चता, कानुनी राज्य, मानव अधिकार र शक्ति पृथकीकरण जस्ता लोकतान्त्रिक विधि र पद्धतिहरूलाई अङ्गिकार गरेको हुनाले ‘लोकतन्त्र’ जवजको एक महत्वपूर्ण संघटक अङ्ग बन्न पुगेको छ ।

शान्तिपूर्ण बाटो

कुनै पनि क्रान्तिको लागि बाटो साधन हो भने त्यस बाटोद्वारा प्राप्त गरिने व्यवस्था साध्य हो । कम्युनिष्टहरूको लक्ष्य जनताका लागि जनताकै साथद्वारा शान्तिपूर्ण एवं न्यायपूर्ण व्यवस्था स्थापना गर्नु हो । यस अनुसार साधन हिंसात्मक अपनाएर अहिंसात्मक साध्यको अपेक्षा राख्न सकिन्न । यो क्रान्तिको बाटोको सन्दर्भमा निरपेक्ष र सार्वकालिक मान्यता पनि हुन सक्दैन । अर्थात हिंसात्मक बाटोको माध्यमबाट शान्तिपूर्ण, अहिंसात्मक र सभ्य समाज स्थापना गर्ने लक्ष्य विल्कुल संगतिपूर्ण हुँदैन । अर्को सशस्त्र बलद्वारा प्राप्त गरिने राज्य व्यवस्था शस्त्रको बलविना टिक्न नसक्ने भएकाले त्यो दीर्घकालीन हुन र रहन पनि सक्दैन । तसर्थ जनताको राज्यव्यवस्था प्राप्त गर्न र टिकाउन शस्त्र बलको भूमिकालाई निर्णायक बनाउनेभन्दा जनवलकै भूमिकालाई निर्णायक बनाउनु पर्दछ । यी मान्यताका आधारमा जवजले अवलम्वन गरेको क्रान्तिको लागि ‘शान्तिपूर्ण बाटो’ जवजको अर्को संघटक अंग रहन गएको छ । स्रोतः नेपाल प्रेस

जननेता कमरेड मदन भण्डारी र जीवराज आश्रितप्रति हार्दिक श्रद्धाञ्जली

ताजा

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु

२०८३ आश्विन १ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal