एमाले स्याङ्जा द्वारा कोरोना माहमारीको संकटमा सहयोग गर्न कार्यक्रतालाई आग्रह
स्याङ्जा,२० वैशाख–मंगलबारदेखि जिल्लामा हुने निषेधाज्ञाको स्वागत गर्दै नेकपा एमाले स्याङ्जाले कार्यक्रतालाई संकटको यो घडिमा सहयोग कार्यमा जुटन आग्रह गरेको छ । नेकपा एमाले जिल्ला अध्यक्ष सूर्यप्रसाद गैरे (पारस) ले आज एक प्रेस विज्ञप्ति मार्फत विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को दोस्रो लहरले हाम्रो मुलुकलाई पनि आक्रनन्त पारेको बताउदै जिल्लामा पनि यसको प्रभाव दिन प्रति दिन बढ्दै गएकोले सरकार निजिक्षेत्रका साथै आम सर्वसाधारणको पहलमा स्वास्थ्यका आवश्यक मापदण्डको पालना गर्दै संक्रमणको रोकथाम कार्यमा लाग्नुपर्ने अध्यक्ष गैरे द्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले वैशाख २१ गते देखि ३१ गते सम्मको लागि आह्वान गरिएको निषेधाज्ञालाई हाम्रो पार्टिले स्वागत गर्नुका साथै यो अवधिमा भाइर संक्रमण विस्तारको चेन टुट्ने अपेक्षा समेत हामीले गरेकाछौ विज्ञप्तिमा भनिएको छ ।
जिल्लाको केभिड संकट व्यवस्थापन समितिको नेतृत्वमा जिल्ला अस्पताल, कालिका सामुदायीक अस्पताल हेलु र गल्याङ नगर अस्पतालमा १५÷१५ ओटा अक्सिजन सहितको ५०÷५० बेडका साथै अन्य पालिकाहरुमा पनि सोही अनुसाको व्यवस्थापन गर्नुपर्ने अवस्था आएको बाताउदै जिल्लामा सक्रिय राजनीतिक दलका साथै संघ संस्था, सुरक्षा कर्मी एवं जिल्लाबाट संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरु लगायतको सहभागितामा जिल्ला कोभिड नियन्त्रण, उपचार तथा व्यवस्थापनमा सहयोग पुग्ने समितिको निर्माण गर्न समेत अध्यक्ष गैरे द्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रमुख जिल्ला अधिकारी समक्ष आग्रह गरिएको छ
ताजा
सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन
२०८३ असार २० गते, शनिबार
सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन
२०८३ असार २० गते, शनिबार
फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १९ गते, शुक्रबार
भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न
२०८३ असार १९ गते, शुक्रबार
बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १८ गते, बिहीबार
कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा
२०८३ असार १८ गते, बिहीबार
व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली
२०८३ असार १८ गते, बिहीबार
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न
२०८३ असार १७ गते, बुधबार
वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित
२०८३ असार १६ गते, मंगलवार
२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)
२०८३ असार १५ गते, सोमबार





















