वालिङ नगरपालिकाद्वारा अक्सिजन सहितको बेड तयार

स्याङ्जा,२१ वैशाख– कोरोना भाइरस (कोभिड १९) को दोस्रो चरणको संक्रमणको दर बढेसंगै वालिङ नगरपालिकाले अक्सिजन सहितको सुविधा सम्पन्न बेड तयार गरेको छ । तत्कालका लागि गह्रांै प्राथमिक अस्पतालको परिसरमा अक्सिजन र निवुलाईजर सहितको बेड तयार पारिएको नगर प्रमुख दिलिप प्रताप खाँणले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पहिलो चरणमा ६ वटा बेड तयार गरेका छौं आवश्यक्ता अनुशार थप गर्ने छौं ।” ठाँउको व्यवस्थापन गरिसकिएको जानकारी दिदै नगरप्रमुख खाँणले नगरवासिलाई नआत्तिन आग्रह समेत गर्नु भयो । अस्पताल परिसरमा बन्दै गरेको नयाँ भवनलाई सुविधा सम्पन्न आईसोलोसनका रुपमा बिकास गरिने प्रमुख खाँणको भनाई छ ।
नगरपालिकाले अस्पतालमा नै कोरोनाको एन्टिजेन समेत परिक्षण गर्दै आएको अस्पतालका प्रमुख डाक्टर सरोज थापाले बताउनु भयो । उहाँले संक्रमित बढ्ने क्रममा रहेको र त्यही अनुशार तयारी पनि गरिरहेको जानकारी दिनुभयो ।
कोरोना संक्रमित बिरामीहरुका लागि भर्ना गरी सबै खाले सेवा प्रदान गर्ने गरी आफूहरु तयारी अवस्थामा रहेको अस्पतालका अधिकृत तथा सूचना अधिकारी देवेन्द्र प्रसाद भट्टराईले बताउनु भयो । उहाँले भन्नुभयो, “कोरोना संक्रमितको लागि उपचारमा आवश्यक पर्ने सबै सामाग्रीहरु नगरपालिकाले जुटाई सकेको छ ।”
वालिङमा १६ जना कोरोना संक्रमित थपिए
मंगलबार वालिङमा १६ जना कोरोना संक्रमित थपिएका छन् । गह्रौँ प्राथामिक अस्पताल वालिङमा गरिएको एन्टिजिन परिक्षणमा उक्त संख्यामा संक्रमित पुष्टी भएका हुन् । वालिङ नगरपालिकाले एक विज्ञप्ति जारी गर्दै मंगलबरा १६ जनामा पुष्टी भएको जनाएको छ । वडा नं. १ र २ का १÷१ जना, वडा नं. ६ का २ जना, वडा नं. ८ का २ जना, वडा नं. ९ का ४ जना, वडा नं. १० का २ जना, वडा नं. ११ का १ जना, वडा नं. १२ का २ जना र वडा नं. १३ का १ जना गरी १६ जनामा संक्रमण पुष्टी भएको हो ।
संक्रमण हुनेहरु वडा नं. १ का ३१ वर्षीय पुरुष, २ का ४० वर्षीय पुरुष, ६ का १९ वर्षीया महिला र ४८ वर्षीय पुरुष, ८ का ३३ वर्षीया महिला र २४ वर्षीय पुरुष, ९ का ३०, ३२, ४६ वर्षीया महिला र ३७ वर्षीय पुरुष, १० का ३५ वर्षीया महिला र ६३ वर्षीय पुरुष, ११ का ५० वर्षीया महिला, १२ का ५७ वर्षीया महिला र ४८ वर्षीय पुरुष, १३ का ८० वर्षीय पुरुष रहेका छन् । अहिले वालिङमा मात्रै सक्रिय संक्रमितको संख्या १६३ पुगेको छ ।
यसै बीच जिल्लाभर २४ जना संक्रमित थपिएका छन् । मंगलबार थपिएका २४ सहित जिल्लामा सक्रिय संक्रमितको संख्या २७५ पुगेको छ ।
ताजा

प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना
२०८२ बैशाख २४ गते, बुधबार
प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना
२०८२ बैशाख २४ गते, बुधबार
धर्मले समाजलाई अनुशासित बनाउँछ: पूर्व मन्त्री अर्याल
२०८२ बैशाख २३ गते, मंगलवार
पूर्वमन्त्री प्रदीप नेपालको निधन
२०८२ बैशाख २३ गते, मंगलवार
‘सरकारले यथाशीघ्र प्राङ्गारिक र जैविक मलको व्यवस्था गर्नेछ’
२०८२ बैशाख २१ गते, आईतवार
प्रधानमन्त्रीसमक्ष राज्यमन्त्री गर्बुजाको सपथ
२०८२ बैशाख २१ गते, आईतवार
चालिसेमा महायज्ञ हुने
२०८२ बैशाख २० गते, शनिबार
विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा वालिङमा स्वास्थ्य शिविर
२०८२ बैशाख २० गते, शनिबार
विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को महत्व र नारा
२०८२ बैशाख २० गते, शनिबार
यी हुन् सरकारको नीति तथा कार्यक्रममा परेका महत्त्वपूर्ण विषयहरू
२०८२ बैशाख १९ गते, शुक्रबार