जिल्ला खेलकुद विकास समिति स्याङ्जाको पदस्थापन


स्याङ्जा,२० वैशाख–जिल्ला खेलकुद विकास समिति स्याङ्जाको एक कार्यक्रमका विच पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । सामाजिक दुरी एवं स्वास्थ्य मापदण्ड सहित गरिएको पदस्थापना कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य नारायण प्रसाद मरासिनीले खेलकुद क्षेत्र उपेक्षीत रहेको बताउदै प्रत्येक निर्वाचन क्षेत्रमा कभडहल निर्माणको प्रस्ताव आफुले उठाएको बताउनुभयो । उहाँले खेलकुद मन्त्रालय मार्फत केही निर्वाचन क्षेत्रमा रङ्गशाल निर्माण कार्यको शुरु भएको बताउनुभयो । प्रतिनिधि सभा सदस्य मरासिनीले जिल्लाको खेलकुदको विकासका लागि जिल्ला खेलकुद विकास समितिले पनि आवाज उठाउनुपर्ने बताउदै आफुले पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य तथा विद्यायन समितिका सभापति मोहन रेग्मी, नेकपा एमाले स्याङ्जाका अध्यक्ष सुर्यप्रसाद गैरे (पारस), जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष मनिराम पौडेल र जिल्ला समन्वय समितिका उपप्रमुख दिलिप कुमार बगाले लगायतले स्याङ्जा खेलकुदको उर्भर क्षेत्र रहेकाले खेलकुदका माध्यमबाट स्याङ्जाको विकास गर्नुपर्ने बताउनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख सिता सुन्दासको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचानल जिल्ला खेलकुद समितिका कार्यालय सचिव विशाल राजबाहाकले गर्नुभएको थियो । अध्यक्षको पदभार ग्रहणको अवसरमा बोल्दै जिल्ला खेलकुद विकास समितिका नवनियुक्त अध्यक्ष गिरी प्रसाद गुरुङले (मोहन) स्याङजाको खेलकुदलाई उच्च स्थानमा पु¥याउने प्रतिवद्धता जनाउनुभएको थियो ।
कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका नवनियुक्त उपाध्यक्ष किरण खाणँ, सचिव शितल जंग केसी र कोषाध्यक्ष विन्दु काफ्ले र सदस्यहरु अभिलास गुरुङ, ईश्वर पराजुली, पवन राना, अनिल श्रेष्ठ, अंकबहादुर घर्तीमगर, विमल परियार, ओममाया राना, शरु न्यौपाने, सृजना देवकोटाले पदभार ग्रहण गर्नुभएको हो ।

ताजा

प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना

२०८२ बैशाख २४ गते, बुधबार

प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना

२०८२ बैशाख २४ गते, बुधबार

धर्मले समाजलाई अनुशासित बनाउँछ: पूर्व मन्त्री अर्याल

२०८२ बैशाख २३ गते, मंगलवार

पूर्वमन्त्री प्रदीप नेपालको निधन

२०८२ बैशाख २३ गते, मंगलवार

‘सरकारले यथाशीघ्र प्राङ्गारिक र जैविक मलको व्यवस्था गर्नेछ’

२०८२ बैशाख २१ गते, आईतवार

प्रधानमन्त्रीसमक्ष राज्यमन्त्री गर्बुजाको सपथ

२०८२ बैशाख २१ गते, आईतवार

चालिसेमा महायज्ञ हुने

२०८२ बैशाख २० गते, शनिबार

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा वालिङमा स्वास्थ्य शिविर

२०८२ बैशाख २० गते, शनिबार

विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को महत्व र नारा

२०८२ बैशाख २० गते, शनिबार

यी हुन् सरकारको नीति तथा कार्यक्रममा परेका महत्त्वपूर्ण विषयहरू

२०८२ बैशाख १९ गते, शुक्रबार

राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत

२०८२ बैशाख १९ गते, शुक्रबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal