मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत

फाइल फोटो

लुम्बिनी,१९ वैशाख–  लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । मुख्यमन्त्री पोखरेलले नेपालको संविधानको धारा १६९ को उपधारा १(क) बमोजिम प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवसमक्ष आज दिएको राजीनामा प्रदेश प्रमुखले स्वीकृत गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

साथै संविधानबमोजिम अर्को व्यवस्था नभएसम्मका लागि मौजूदा मन्त्रिपरिषद्लाई नै प्रदेशको मन्त्रिपरिषद्को कार्यभार सञ्चालन गर्न तोकिएको छ । मुख्यमन्त्री पोखरेलले दिएको राजीनामा स्वीकृतिलगत्तै नेकपा (एमाले) एकल सरकार गठनको दावीसहित अघि बढ्ने प्रदेशसभामा पार्टीका प्रमुख सचेतक भूमीश्वर ढकालले जानकारी दिनुभयो ।
प्रदेशसभामा एमाले सबैभन्दा ठूलो दल भएकाले अब आफ्नै नेतृत्वमा एकल सरकार गठनका लागि अगाडि बढ्न मुख्यमन्त्रीले राजीनामा दिएको प्रमुख सचेतक ढकालले स्पष्ट गर्नुभयो । एमाले अब संविधानको धारा १६८ को उपधारा १ बमोजिम नयाँ सरकार गठनका लागि अगाडि बढ्ने जनाइएको छ ।


तीन वर्षअघि नेकपा (माओवादी केन्द्र) सम्मिलित एमालेका पोखरेल नेतृृत्वको सरकारविरुद्ध केही दिनअघि माओवादी केन्द्र र नेपाली कांग्रेससहितले प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्तासँगै माओवादी केन्द्र मुख्यमन्त्री पोखरेल नेतृत्वको सरकारबाट फिर्ता भएको थियो । सोही दिन मुख्यमन्त्री पोखरेलले जनता समाजवादी पार्टीका चार सदस्यलाई सरकारमा सहभागी गराई मन्त्रिमण्डल पुनर्गठन गर्नुभएको थियो । मुख्यमन्त्री पोखरेलविरुद्धको अविश्वास प्रस्तावमाथि आजदेखि प्रदेशसभामा छलफल हुने र सोमबार मतदान हुने कार्यक्रम थियो । प्रदेशसभाको बैठक आज अपराह्न १ बजे बस्दै छ ।

ताजा

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

२०८३ आश्विन २५ गते, आईतवार

स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत

२०८३ आश्विन २४ गते, शनिबार

नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित

२०८३ आश्विन २४ गते, शनिबार

सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त

२०८३ आश्विन २३ गते, शुक्रबार

प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान

२०८३ आश्विन २३ गते, शुक्रबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal