स्याङ्जाका तीन स्थानीय तह बन्द
स्याङ्जा,१८ वैशाख– जिल्लाका बिभिन्न स्थानीय तहले निषेधाज्ञाको घोषणा गरेकाछन् । वालिङ नगरपालिका, गल्याङ नगरपालिका र चापाकोट नगरपालिकाले कोरोना भाइरसको (कोभिड १९) प्रकोप बढ्दै गएकोले स्वास्थ्यलाई मध्यनजर राखेर नगरभित्रका सम्पूर्ण कार्याल निजी तथा गैह्रसरकारी संस्थाका साथै बैंक थता वित्तिय संस्थाहरु बन्द गरिएको जनाएका छन् ।
स्थानीय तहका प्रमुखहरु द्वार जारी गरिएको सूचनामा कोरोना भाइरसको दोस्रो भेरियन्टको संक्रमण नगरक्षेत्रमा तिब्र रुपमा फैलिन सक्ने भएकोले संक्रमणबाट बचन उच्च सतर्कता अपनाउन समेत आग्रह गरिएको छ ।
वालिङ नगरपालिकाका नगरप्रमुख दिलीप प्रताप खाँण द्वारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा शनिबार राति १२ बजे देखि २५गते राति १२ बजे सम्मको लागि जनस्वास्थ्य विपद घोषणा गरिएको उल्लेख गरिएको छ । नगरभित्रका सम्पूर्णकार्यालय संघसस्थाका साथै विद्यालयहरु र होटलहरु बन्द रहने उल्लेख गरिएको छ ।
गल्याङ नगरपालिकाले आज एक सूचना प्रकासित गर्दै आइतबार देखि २५ गते सम्मको लागि नगर क्षेत्र भित्र निषेधाज्ञा जारी गरेको छ । नगरप्रमुख भुपराज अधिकारी द्वारा हास्ताक्षरित सूचनामा नगरभित्र कोरोना संक्रमण उच्च रुपमा फैलिन सक्ने भएकोले यसबाट बचनको लागि उच्च सावधानी अपनाउन समेत आग्रह गर्नुभएको छ ।
गनरपालिकाले गल्याङ नगरअस्पतालमा ५० शैयाको अक्सिजन सहितको आइसोलेसन बेड निर्माण कार्य भइरहेको समेत नगरपालिकाले जनाएको छ ।
यससै गरी शुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै चापाकोट नगरपालिकाका प्रमुख शिव कुमार गिरीले अर्को सूचना नभए सम्मको लागि अत्यावश्क बाहेका सबै सेवा बन्द गरिएको जनाउनुभएको छ । नगरप्रमुख गिरी द्वारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा नगरभित्र निषेधाज्ञा जारी गरिएको समेत उल्लेख गरिएको छ ।
ताजा
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा
२०८३ बैशाख ९ गते, बुधबार
आज मातातीर्थ औँसी
२०८३ बैशाख ४ गते, शुक्रबार
वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वगृहमन्त्री रमेश लेखक रिहा
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो
२०८२ चैत्र २६ गते, बिहीबार
लेबनान आक्रमणले युद्धविराम सङ्कटमा
२०८२ चैत्र २६ गते, बिहीबार
सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत
२०८२ चैत्र २६ गते, बिहीबार
पोखरा सभागृहचोकमा महिलाको हत्या
२०८२ चैत्र २६ गते, बिहीबार

























