लक्षित समुदायले १० महिनादेखि भत्ता पाएनन्
सिमकोट, १८ वैशाख–हुम्लाको सदरमुकाम सिमकोटमा रहेको सिमकोट गाउँपालिकासहित जिल्लाभरका लक्षित समुदायका व्यक्तिले १० महिनादेखि सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो गरेका छन् ।
सामाजिक सुरक्षा भत्ता पाउने लक्षित समुदायअन्तर्गत ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति, दलित समुदायका व्यक्तिले आर्थिक वर्ष २०७६र७७ को पहिलो किस्तावापतको रकम हालसम्म पनि स्थानीय सरकारबाट नपाउँदा कठिनाइ भोग्नुपरेको गुनासो गरेका छन् ।
ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, दलित र एकल महिलाले आफूलाई समयमै रकम नदिँदा दशैँ, तिहार र हिउँदको समयमा यतिकै बिताउनुपरेको सिमकोट गाउँपालिका–२ का मैना बोहराले गुनासो गर्नुभयो । इच्छा लागेका सामान किन्न पाइएन, चाडपर्वको समयमा मिठो मसिनो किनमेल गरे खान पाइएन र औषधोपचार गर्न नपाएर स्वस्थ्य जीवन बिताउन नपाएको उनीहरूले गुनासो गर्न थालेका छन् ।
समाजका ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्ने भए पनि सरकारबाट पाउने सुविधासमेत समयमा नदिएर अपमान गरेको एकल महिना गौगोरा बोहराले गुनासो गर्नुभयो । भत्ता आउला भन्ने आशामा बसेका ज्येष्ठ नागरिक हुम्लामा हिउँदमा हुने चिसो र चाडपर्व सकिँदासमेत भत्ता नपाएपछि निराश भएका छन् ।
यता सिमकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाका अनुसार पुरानो संरचनाअनुसार घरघरमै गएर नगद रकम दिँदा तलमाथि हुने देखिएपछि नयाँ संरचनाअनुसार बैंक खाता सञ्चालन गरेर वितरण गरिने भएकाले केही ढिलाइ भएको हो । खाता सञ्चालनमा आइनसकेका कारणले समस्या भएको छ । अबको केही दिनमै वितरण गरिने तयारी भइरहेको उहाँले बताउनुभयो ।
ताजा
सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबारसार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबार
अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन
२०८३ भाद्र ४ गते, बिहीबार
वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद
२०८३ भाद्र ३ गते, बुधबार
स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि
२०८३ श्रावण ३० गते, शनिबार
खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे
२०८३ श्रावण २९ गते, शुक्रबार
पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत
२०८३ श्रावण २८ गते, बिहीबार
विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस
२०८३ श्रावण २८ गते, बिहीबार
पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण
२०८३ श्रावण २८ गते, बिहीबार
पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे
२०८३ श्रावण २५ गते, सोमबार





















