बैंक खाता खोल्न ज्येष्ठ नागरिकलाई सास्ती

दाने बोहरा

सिमकोट, १८ वैशाख–उच्च हिमाली जिल्ला हुम्लाका ज्येष्ठ नागरिकलाई बैंक खाता खोल्न सास्ती भएको छ । भौगोलिक विकटताका कारण ७० वर्ष पार गरेका ज्येष्ठ नागरिकलाई गाउँबाट सदरमुकाम सिमकोट पुगेर बैंक खाता खोल्न निकै समस्या हुने गरेको उनीहरूले गुनासो गरेका छन् । सामाजिक सुरक्षा भत्ता बुझ्नका लागि बैंक खाता खोल्नुपर्ने भएपछि ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिले सास्ती खेप्नुपरेको छ ।

खाता खोल्न सदरमुकाम सिमकोटसम्म एक दिन पैदल हिँडेर आउनुपर्ने भएपछि उनीहरूलाई समस्या भएको हो । सिमकोट गाउँपालिका–७ का ७८ वर्षीय ज्येष्ठ नागरिक पञ्चवीर रोकायाले पाँच घण्टा पैदल उकालोबाटो हिँडेर बैंक खाता खोल्न सरदमुकाम आएको गुनासो पोख्नुभयो । दमका बिरामीसमेत रहनुभएका रोकायाले आफू निकै सास्ती खेपेर बैंक खाता खोल्न आइपुगेको तर १० महिना बितिसक्यो अहिलेसम्म गत साउनदेखि सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो पोख्नुभयो । सरकाले दिने सामाजिक सुरक्षा भत्ता आफूहरूलाई विरतण नगरेर ज्येष्ठ नागरिक र अपाङ्गता भएका नागरिकलाई दुःख दिने काम भएको आरोपसमेत लगाउनुभयो ।

सामाजिक सुरक्षा भत्ताको दुरुपयोग रोक्न सरकारले राम्रो काम गरेको भए पनि सेवाग्राहीलाई समस्या थपिएको छ । त्यस्तै सिमकोट गाउँपालिका–१ का ८८ वर्षीय ज्येष्ठ नागरिक आङ्याल लामाले बैंक खाता नखोले भत्ता नपाइने सुने पनि आफू बैंक भएको स्थान सदरमुकाम सिमकोट जान नसक्ने बताउनुभयो । सबैको हकमा यो नियम व्यवहारिक नभएको बताउँदै लामाले आफूजस्ता हिँड्न नसक्ने नागरिकका लागि विकल्प दिन पनि सरकारलाई अनुरोध गर्नुभयो ।

यता नाम्खा गाउँपालिका–६ हिमालपारिको गाउँ लिमीका ९० वर्षीय पाल्जुमा तामाङको अवस्था पनि उस्तै छ । उहाँले तीन दिन पैदल लाग्ने पालिका केन्द्रसम्म आफू जान नसक्ने बताउँदै शारीरिक अवस्थाले साथ नदिने र भत्ता पाउन बैंक खाता खोल्नैपर्ने बाध्यताले आफू भत्ता पाउनबाट बञ्चित भएको गुनासो गर्नुभयो ।

ताजा

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

२०८३ आश्विन २५ गते, आईतवार

स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत

२०८३ आश्विन २४ गते, शनिबार

नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित

२०८३ आश्विन २४ गते, शनिबार

सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त

२०८३ आश्विन २३ गते, शुक्रबार

प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान

२०८३ आश्विन २३ गते, शुक्रबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal