वालिङ नगरपालिकामा राजश्व सुधार कार्य योजना तर्जुमा सम्बन्धी छलफल


वालिङ, १५ वैशाख–वालिङ नगरपालिकामा राजश्व सुधार तथा कार्य योजना तर्जुमासम्बन्धी छलफल एवं अन्तरक्रिया गरिएको छ ।
वालिङ नगरपालिकाको आयोजना तथा गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान पोखराको सहयोगमा मंगलबार छलफल एवं अन्तरक्रिया गरिएको हो ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै नगरप्रमुख दिलीपप्रताप खाँणले नगरपालिकाले राजश्वसम्बन्धी कार्य योजनाहरु बनाउँदा देखिएका कमी कमजोरी तथा त्रुटिहरुलाई सुधार गर्दै नागरिकमैत्री बनाउँदै लैजाने प्रतिबद्धता जनाउनुभयो । नगरपालिका करको दर नभई दायरा बढाउने गरी अगाडि बढ्ने बताउनुहुँदै उहाँले प्रगतिशील कर प्रणालीमा जोड दिईने बताउनुभयो ।
“नागरिकले तिरको करको सही सदुपयोग गर्नुपर्छ भन्नेमा नगरपालिका सदैव सजग र सचेत छ” नगर प्रमुख खाँणले भन्नुभयो, “आँफूले तिरेको करलाई कुन कुन क्षेत्रमा प्रयोग गरियो भन्ने कुरा नागरिकले जान्न पाउने र देखिने गरी पारदर्शिता देखाउन सकेमा अझै प्रभावकारी हुने छ ।”
कार्यक्रममा उपप्रमुख एवं राजश्व परामर्श समिति संयोजक कल्पना तिवारीले वालिङ नगरपालिकामा प्रदेशमै पहिलोपटक यो छलफल तथा अन्तरक्रिया सञ्चालन गर्न पाउनु नगरका लागि निक्कै महत्वपूर्ण र उपलब्धीमूलक रहेको बताउनुभयो । उहाँले कर प्रणालीलाई अझै ब्यवस्थित र गुणस्तरीय तरिकाले सञ्चालन गर्दै हाल भएका कमी कमजोरीहरुलाई सुधारसहित अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले करको संभावित क्षेत्र, करका क्षेत्रमा भएका असल अभ्यासहरुकाबारेमा जानकारी लिनका लागि अन्तरक्रियाको आयोजना गरिएको बताउनुभयो ।

ताजा

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

२०८३ आश्विन २५ गते, आईतवार

स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत

२०८३ आश्विन २४ गते, शनिबार

नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित

२०८३ आश्विन २४ गते, शनिबार

सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त

२०८३ आश्विन २३ गते, शुक्रबार

प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान

२०८३ आश्विन २३ गते, शुक्रबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal