आजदेखि नगरभित्रका विद्यालय बन्द


वालिङ, १५ वैशाख– वालिङ नगरपालिका भित्ररहेका सम्पूर्ण विद्यालयहरुको पठन पाठन आज (बुधबारदेखि)बन्द हुने भएको छ । वालिङ नगरपालिका कोभिड १९ क्राईसिस म्यानेजमेण्ट सेन्टरका अध्यक्ष एवं नगर प्रमुख दिलीपप्रताप खाँणको अध्यक्षतामा मंगलबार बसेको बैठकले विश्वब्यापी महामारीकोरुपमा फैलिदै गईरहेको नयाँ भेरियन्ट कोभिड–१९ को संक्रमणको जोखिम नगरभित्र बढ्दै गएको हुँदा रोकथाम तथा नियन्त्रणका लागि उच्च सतर्कता अपनाउँदै अर्को सूचना नभएसम्मकालागि पठन पाठन बन्द गर्ने निर्णय गरेको हो ।
विद्यालय तथा क्याम्पसमा भौतिक उपस्थितिमा गरिने पठन पाठन कार्य नगरी अनलाईन पठन पाठन विधिलाई सूचारु गर्न पनि बैठकले निर्णय गरेको नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।
बैठकले मेला महोत्सव, सभा समारोह, गोष्ठि, बिबाह, ब्रतबन्ध, अन्येष्टि कार्य जस्ता सामाजिक कार्यहरु, धार्मीक एवं सांस्कृतिक कार्यहरु सञ्चालन गर्दा २५ जनाभन्दा बढी नहुने गरी जनस्वास्थ्यका मापदण्डको पूर्णरुपमा पालन गर्न र पार्टी प्यालेसहरु सञ्चालन गर्नुपरेमा प्रमुख जिल्ला अधिकारीको पूर्व स्वीकृति लिएर मात्रै गर्न पनि अनुरोध गरेको छ ।
कुनै पनि वडामा स्वास्थ्य संवेदनशिलता देखिएमा वडा कार्यसमितिले तत्काल बैठक बसी बचाउ अभियानका लागि आवश्यक निर्णय लिन सक्ने भएकाले सोही अनुरुप नागरिकको स्वास्थ्यप्रति उच्च सतर्कता अपनाउँदै अगाडि बढ्न पनि नगर प्रमुख खाँणले वडा अध्यक्षहरुलाई निर्देशन दिनुभएको छ ।
होटल तथा रेष्टुरेण्टहरु बिहान ८ देखि बेलुका ८ बजेसम्म जनस्वास्थ्यसम्बन्धी सम्पूर्ण मापदण्ड तथा भौतिक दूरी कायम गरी सञ्चालन गर्न सकिने भएको छ । बैंक तथा बित्तीय संस्थाहरुले कार्यालयमा भीडभाड कम गर्नका लागि कर्मचारीहरुको आलोपालो प्रणालीमार्फत सेवा दिने र सेवाग्राहीलाई अनिवार्य मास्क र स्यानिटाईजरको ब्यवस्थापन मिलाउन निर्देशन दिएको छ ।


यसैगरी बैठकले भारत तथा तेस्रो मुलुकबाट आएका ब्यक्तिहरुलाई दश दिन अनिवार्य होम क्वारेन्टिनमा बस्न र कोभिडको लक्षण देखिएमा एन्टिजिन वा पिसिआर जाँच गर्नुपर्नेमा जोड दिएको छ । जाँचकाक्रममा सङ्क्रमण देखिएका ब्यक्तिहरुलाई नगरपालिकाको कोभिड अस्पतालमा या संस्थागत आईसोलेसनमा उपचारको ब्यवस्था गरिने नगर प्रमुख खाँणले बताउनुभयो । ज्येष्ठ नागरिक, दीर्घरोगीहरुले अझै बढी सावधानी अपनाउनुपर्नेमा जोड दिंदै सम्पूर्ण नगरबासीहरुलाई अत्यावश्यक काममाबाहेक घरबाट बाहिर ननिस्कन पनि नगर प्रमुख खाँणले अनुरोध गर्नुभएको छ ।
कोभिडको जोखिमलाई मध्यनजर गर्दै पार्टी प्यालेस, क्लब, जिमखाना, फुटसल, सभा, समारोह, जुलुस तथा मानिसहरुको भीडभाड हुने खेलकुद लगायतका सबै प्रकारका कार्यक्रमहरु बन्द गरिएको प्रमुख खाँणले बताउनुभयो ।
जनस्वास्थ्यसम्बन्धी नियमहरुको पालना नगरी लापरबाहीपूर्ण ब्यवहारका कारण संक्रमण फैलिन गएमा संक्रामक रोग ऐन २०२० अनुसार कारबाही हुन सक्ने भएकाले जोखिम न्यूनिकरणका लागि आ–आफ्नो ठाउँबाट उच्च सतर्कता अपनाउन नगरपालिकाले अनुरोध गरेको

ताजा

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

२०८३ श्रावण २८ गते, बिहीबार

पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे

२०८३ श्रावण २५ गते, सोमबार

जन्मदिनकाे अवशरमा अमोर सेवा बालगृहलाई फ्रिज सहयोग

२०८३ श्रावण २४ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal