राजनीतिले संस्कार सिकाओस


हिमलाल पराजुली
भनिन्छ देश सङ्लीन राजनीति सङ्लीनु पर्छ । रानीति सङ्लीन राजनीति गर्ने नेता सङ्लीनु पर्छ, दल सङ्लीनु पर्छ । तर २०७७ लाई फर्केर हेर्दा नदेश सङ्लीयो न रानीति नै सङ्लीन न नेता नै सङ्लीए । बरु उल्टै राजनीति गर्ने नेता र दलहरुको कारणले युवा पुस्तामा राजनीति र दल प्रति वितृष्णा पैदा गरायो ।
राजनीति गर्ने नेताहरुले कार्यकर्ताहरुलाई संस्कार र आचरण सिकाउनुपर्नेमा नेताहरु नै सिमा पार गरेर छाडा र उत्ताउलो पना प्रदर्शन गर्ने कार्यमा प्रतिष्प्रधामा उत्रीनुले उनीहरु प्रति आम सर्वसाधारणको धारणा बदलिनुका साथै टिकाटिप्पणी गर्नुलाई अन्यथा मान्न सकिदैन । देशको मियो राजनीति राजनीतिक मियो नै भाचिएपछि दाइ कसरि होलार ?
राजनीतिबाट आम सर्वसाधारणले संस्कार सिकुन, सद्भावका साथै एकले अर्कोलाई आदर गर्न सिकोस । यहाँ त यी सबै कुरालाई नजरअन्दाज गर्दै मानौ कसले बढि गाली गर्न सक्छ, कसले बढि छुद्रता प्रदर्शन गर्न सक्छ भने जस्तै गरी प्रतिष्प्रधामा दलहरुले ०७७ साललाई उपयोग गरेको देखियो । दलहरुका जिम्मेबार नेताहरुबाट प्रदर्शित यस्ता व्यवहारले आम नेपाली जनताहरुलाई राजनीति भन्ने फोहोरी खेल रहेछ । यो कार्य लाज र सरम नहुनेहरुले मात्रै गर्ने हो भन्ने एक प्रकारको मनोविज्ञन पैदा गराइदिएको छ । नपरोस पनि कसरी देशको बिभिन्न ओहदामा रहेर महत्वपूर्ण जिम्मेवारी समाली सकेका नेताहरुबाट अनपेक्षीत रुपमा देश वासीले सुन्नु परेका निर्लज्ज बाणीहरु सम्झन भन्दा विर्सन लायक थिए ।
देशको बागडोर समालीरहनु भएका प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन नेकपा हालका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) प्रतिपक्ष दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेले, संघिय समाजवादीका नेता डा. बाबुराम भट्टराई, पूर्व प्रधानमन्त्री द्वोय माधव कुमार नेपाल र झलनाथ खनालका अभिव्यक्ति सुन्दा लाग्छ जिम्मेवार नेताहरु संस्कार भन्दा पनि कुसंस्कार सिकाउने होडबाजीमा उत्रीएकाछन् ।
प्राय सबै नेताहरुको आकोर्ष राष्ट्रियताको मुद्दा, जनताका समस्या र आम चासोको विषय भन्दा पनि आफ्ना व्याक्तिगत स्वार्थ र पद प्रष्ठिाका लागि निर्लज्ज भएर प्रस्तुत हुने शैली र व्यवहारले नै राजनीति र दलहरु प्रति वितृष्णा बढाउदै लगेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना बिरोधीहरु प्रति प्राहार गर्ने तिखो व्याङ्ग्यका साथै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नै गृहजिल्ला तनँहुमा पुल उद्घाटनका क्रममा भएको अवरोधका विरुद्ध दिएको अभिव्यक्ति यो लेवलका नेताबाट सुन्न अपेक्षा गर्न नसकिने खालकादेखिन्थे । नेता पौडेले कर्मचारी लागायत प्रमुख जिल्ला अधिकारी प्रति असन्तुष्ठी जनाउने क्रममा व्याक्क्त भएका कुरा शोभनिय देखिदैनथे ।
तत्कालिन नेकपा (नेपाल कम्युनिष्ट पार्टी) मा खटपट आए संगै नेकपाका नेताहरुले आफ्नै सहयोद्धा प्रति देखाएको व्यवहार र आरोप प्रत्यारोप पनि निम्न स्तरको नै रहयो जुन कुरा नेपाली समाजले सजिलै पचाउन लायक थिएनन् । बेला बेलामा नेताहरुबाट हुने यस्ता कृयाकलावले नेपाली राजनीतिज्ञमा संस्कार हराउदै गएरको र राजनीतिक दल र नेताहरुले आफुहरुको स्वार्थ मिलेमा छिन भरमै सबैकुरा ठिकठाक हुने र चाहेजस्तो नभएमा भाडोभैलो गर्ने प्रवृति नै युवापुस्ताको लागि राजनीति प्रति वितृष्णा जगाउने कारक तत्व हो ।
तत्कालिन प्रचण्ड माधव समुहले प्रधानमन्त्री ओली बिरुद्ध सडक आन्दोलनका क्रममा गरेको व्यवहार र आन्दोलन कारी प्रति प्रधानमन्त्रीका साथै उहाँ पक्षीय नेताहरुले गरेको व्यवहारले आम नेपाली जनताका साथै कार्यक्रताहरुलाई समेत चिन्तित बनायो । सबैले सधै राजनीतिक पुच्छर समाइरहनु पर्छ भन्ने छैन । यहाँ एउता यस्तो पङ्ती पनि छ की जुन पङ्ती ब्याक्ति विशेस राजनीतिक दल भन्दा विकास, शान्ति र आफ्नो रोजी रोटिमा असर नपरोस भन्ने चाहाँन्छ । दल प्रति गहिरो आस्था राख्ने पङ्तीका लागि त आफ्ना नेता एवं आफु समर्थित दलले जेगरेनी ठिकै लागेको होला तर अव दलहरुले सबैलाई ठिकै लाग्ने गरी आफुलाई कहिले सच्याउलान कुन्नी !
अव दलहरुले यस भन्दा पहिलेको व्याक्ति वादि प्रवृतिलाई त्यागेर २०७७ सालमा भएका केही राम्रा कामहरु जस्तै नेपाल सरकारले नेपाली भूमी कालापानी,लिम्पियाधुरा र लिपुलेकलाई समेटेर नक्सा प्रकाशन गर्दा देखाएको जस्तै एकता प्रदर्शन कायम गर्न सकेमा पुन बिथलिएको राजनीति सङ्लीदै युवा पुस्तालाई पुन राजनीतिमा आर्कषण गर्न सफल हृुनेछ । अव नयाँ वर्ष संगै राजनीतिक दलहरु बिगतको तिक्तलाई विर्सिदै राष्ट्रिय रुपमा देखा पर्ने समस्या समाधान गर्ने अभियानमा एकताबद्ध भएर लाग्न ढिला गर्नु हुन्न । २०७८ शुभकामना ।।।

ताजा

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा

२०८३ बैशाख ९ गते, बुधबार

आज मातातीर्थ औँसी

२०८३ बैशाख ४ गते, शुक्रबार

वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वगृहमन्त्री रमेश लेखक रिहा

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो

२०८२ चैत्र २६ गते, बिहीबार

लेबनान आक्रमणले युद्धविराम सङ्कटमा

२०८२ चैत्र २६ गते, बिहीबार

सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत

२०८२ चैत्र २६ गते, बिहीबार

पोखरा सभागृहचोकमा महिलाको हत्या

२०८२ चैत्र २६ गते, बिहीबार

आज देखि वालिङमा प्रथम ओमकार इभेन्ट एक्स्पाे सुरु

२०८२ चैत्र २६ गते, बिहीबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal