जीवन दु:ख हाेइन, वर्दान संगीत र नृत्य हाे!

खुमकान्त अर्याल
मानिसकाे जन्मपछि मृत्यु पर्यन्त धेरै परिश्रम गर्नु पर्ने , राेगव्याध,भाेक अनेक प्रकारका दुर्घटना, वुढ्याई,चिन्ता अवशाद र कष्ट व्यहाेर्न पर्ने भएकाे हुदा जीवन दुःख हाे भन्ने गरिन्छ । यतिका दुःखका वावजुद पनि वीच वीचमा फाट्फुट्ट सुखका झलकहरू पनि जीवनमा अाइरहेका हुन्छन तर त्यस सुखानुभूतिलाई संगाल्न वा लम्व्याउन भने सक्दैनाै हामीले । शरीरले व्यहाेर्ने दुःखलाई अाफ्नाे दुःख मानीरहेका हुन्छाैं तर याे हाम्राे शरीर हाम्राे अाफ्नाे मात्र पेवा नभएर प्रकृितकाे सम्पत्ति पनि हाे भनेर वुझ्ने प्रयास गरियाे भने र हाम्राे शरीर भित्रका स्वचालित कृयाहरू र वरिपरीका प्राकृतिक कृयाकलापहरूलाई ध्यान दिएर हेर्न सकियाे भने जीवन सम्वन्धकाे दुःखी मान्यता सायद वलदलिन सक्ने छ ।
गर्मीयामकाे एक दिन दिउँसकाे कुरा हाे एक खुला मन्दीरकाे माथिल्लाे पेटीमा सितलमा एकजना वयस्क मानिस िनदार्इ रहेका िथए र त्यही मन्दीरकाे तल्लाे पटाँगीनीकाे छाँयामा एक छाडा कुकूर पनि मस्त संग निदाइर्हेकाे थियाे । दुवै प्राणीहरू गहिराे निद्रामा लामाे लामाे स्वास लिइरहेका थिए । कुकूरकाे शरीरमा स्वास प्रश्वास चल्दा जसरी उसकाे पेट तलमाथि भैरहेकाे थियाे त्यसरी नै संगै निदार्इ रहेका ती मानिसले स्वास लिदा नाभी नेरकाे पेट माथि उचालिने र स्वास फ्याक्दा पेट सुक्ने कृया जारी थियाे । श्वासप्रश्वासकाे याे प्रकृयामा उनीहरूकाे चेस्टा थिएन, पुरै प्रकृतिकाे अफ्नै सकृयतामा दुवैकाे स्वास फेराउने काम भैरहेकाे प्रष्टै वुझ्न सकिन्थ्याे । मानाै यी दुवै प्राणीले अाफ्ना वुद्दि र चेष्टा्लार्इ स्थगित गर्दै अाँफुलार्इ प्रकृतिकाे काखमा सुिम्पएका थिए । दुवैलार्इ सास फेराएर जीवित राख्ने काम प्रकृतिले गर्दै थियाे तव शरीर हाम्राे मात्र पेवा नभएर प््रकृतिकाे पनि सम्पत्ति हाे भन्ने तँहा देखिर्इ रहेका थियाे । तँहा प्रकृतिले मानिस र पशुलार्इ भेद गर्दैन भन्ने पनि देखिइरहेकाे थियाे । सास हाम्राे वुद्दि र चेस्टाले फेर्ने भए निदाएपछि हामी मरिसकेका हुन्थ्याै । विउँझदा पनि सासफेर्ने कुरामा हाम्राे सजगता रहदैन यसर्थ शरीर हाम्राे भनिएता पनि हाम्राे शरीरमा प्रकृितकाे सतत कृया जारी भैरहेकाे हुन्छ हर क्षण । हाम्राे िचन्तन अन्तै भैरहदा हामीले खाएकाे खाना पचाउन हाेस वा यसबाट रगत ,वाेसाे, मासु ,वीर्य, हाड, र मज्जा वनाउने काम र शरीर भरी रगत,शक्ति तथा वायु पुर्याउने काम पनि चलिरहेकै हुन्छ । हाम्राे अाफ्नाे स्वयंकाे जन्ममा पनि हाम्राे िनर्णय र वुद्दि समावेश छैन र शरीरकाे वृद्दि वुढ्यार्इ र मृत्यु पनि उही प्रकृतिकाे इशारामा भैरहेकाे हुन्छ । यी सवै जीवनचक्रकाे चाखलाग्दाे कृयाहरूलार्इ गम्भीर भएर मनन गर्दा शरीरलार्इ हाम्राे अाफ्नाे मात्र नभनेर प्रकृतिकाे पनि सम्पत्ति हाे र शरीरमा हुने दुःख पनि हाम्राे मात्र नभएर प्रकृतिकाे पनि हाेभनेर वुझ्न पर्ने हुन्छ ।
पृथ्वीका अरू जनावरहरू संग वाैद्दिक क्षमता छैन, मानिसलार्इ वुद्दिकाे उपहार पनि िदएकाे छ प्रकृितले । त्यही वाैद्दिक क्षमताले िवज्ञान, प्रविधी, तथा कलाकाे विकास गर्दै प्रकृतिका तमाम सम्पदाहरूलार्इ अाफ्ना सुख सुविधाका लागि उपयाेग गर्ने अवसर छ हामीलार्इ । वरिपरीकाे अावज सुन्न हाेस वा खाद्य पदार्थकाे स्वादलिन वा वाह्य वस्तु तथा अवस्थाकाे जानकारी िलनहाेस वा प्रकृितकाे सुन्दरताकाे दर्शन गर्न जे जे चाहिन्थ्याे ती ज्ञान इ्न्द्रियहहरू प्राप्त छ हामीलार्इ त्यसैले मानिसकाे जीवनलार्इ दुख भन्नु भन्दा वर्दान भन्न सकिएला । हामी अाँफै अलि वैगुनी पनि छाै, हामीले गर्ने ससाना कामकाे जसलिन कति अातूर हुन्छाै अझ राजनीतिमा लाग्नेकाे त कुरै छाडाैं , तर जसकाे माैजुदगी नै काफी छ, जसकाे उपस्थितिमा मात्रै हामी जीवित भएर कर्म गर्ने हैसियत राख्छाैं, यस्ताे प्रकृतिलार्इ थाेरै धन्यवाद िदन पनि िवर्सिरहका हुन्छाैं
। मन र वाह्य इन्द्रियहरू वाह्य जगतकाे अाशक्तिमा लाग्दा यी कृत्यहरूका वारे वेखवर भएता पनि शरीरकाे भित्री तन्तुहरूले भने श्वास प्रश्वासकाे अानन्द िलइरहेका चाँही हुन्छन ।
नाकबाट लिइएकाे सास वग्दै वग्दै नाभीकेन्द्र सम्म पुग्दा ,शरीर भित्रका सवै तन्तुहरूमा एक प्रकारकाे खुसीकाे कम्पन र नृत्य घटित भैरहकाे हुन्छ, कृष्णकाे अागमन पछि माझमा राखेर गाेपिनीहरूले झुकेर नृत्य गरेझै । प्राणवायु वगेर जव सवै जीवकाेषहरू पाेषित हुन्छन,जव पाचन कृया सकृय भैरहेकाे हुन्छ जव सवै नशाहरूमा रगत दाैडीरहेका हुन्छन यी सवैकाे एकमुष्ठ अावज हाम्राे शरीर िभत्र संगीतकाे रूपमा गुन्जीरहेकाे हुन्छ । तसर्थ शरीरमा हरदम घटित भैरहने यी प्राकृतिक कृत्यहरूका प्रति पनि अन्तर्मुखी हुन सक्ने हाे भने जीवन दुःख हाेइन वर्दान संगीत र नृत्यमय हुनेछ ।

ताजा

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

२०८३ श्रावण २८ गते, बिहीबार

पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे

२०८३ श्रावण २५ गते, सोमबार

जन्मदिनकाे अवशरमा अमोर सेवा बालगृहलाई फ्रिज सहयोग

२०८३ श्रावण २४ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal