गल्याङमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु


गल्याङ,१६ चैतः गल्याङमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । गल्याङ नगरपालिका शिक्षा तथा खेलकुद शाखाको आयोजनामा गल्याङ १ मालुङ्गामा रहेको सार्बजनिक माध्यमिक विद्यालयमा गल्याङ नगर अन्तर विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सोमबारदेखि सुरु भएको हो ।
प्रतियोगिताको उद्घाटन समारोहमा नगरपालिका प्रमुख भुपराज अधिकारीले नगरपालिकाबाट भैरहेका राम्रा काममा अबरोध नगर्न आग्रह गर्नुभयो । उहाँले भोट आफुलाई मन लागेको ठाउँमा दिन आग्रह गर्दै विकास सबैका लागि भएकाले राम्रा कामको विरोध नगर्न आग्रह गर्नुभयो ।
नगरप्रमुख अधिकारीले नगरपालिकाबाट भैरहेको बहुप्रतिष्ठीत राम्दी धामको बृहत्तर गुरुयोजनामा केही अबरोध गर्ने प्रयास भैरहेको प्रसंग निकाल्दै यस्तो कामले विकास गर्न समस्या हुने बताउनुभयो ।

उहाँले सार्वजनिक माध्यमिक विद्यालयमा रहेको खेल मैदानको थप विकासका लागि दश लाख रुपैयाँको व्यवस्थापन गर्ने प्रतिबद्धता पनि जनाउनुभयो ।
गल्याङ नगरपालिकाले प्राविधिक शिक्षालाई जोड दिइरहेको भन्दै नगरप्रमुख अधिकारीले कृषि र इन्जिनियरीङ क्षेत्रमा पनि कक्षाहरु सञ्चालन भैरहेको बताउनुभयो । विद्यार्थीको रचनात्मक क्षमताको विकासमा रनिङ शिल्ड प्रतियोगिताले महत्वपूर्ण भूमीका खेल्ने समेत बताउनुभयो ।
कार्यक्रममा नगर उपप्रमुख देविसरा थापा, शिक्षा शाखा प्रमुख केदाराराज आचार्य, वडा नम्बर १ का अध्यक्ष गणेशप्रसाद बस्याल लगायतले बोल्नुभएको थियो । शिक्षा समितिका राजेन्द्रदेब खनालले सञ्चालन गर्नुभएको कार्यक्रममा सार्वजनिक माध्यमिक विद्यालयका प्रधानाध्यापक चुडामणी पाण्डेले स्वागत मन्तव्य राख्नुभएको थियो । प्रतियोगिता अन्तर्गत एक सय मिटर छात्र छात्रा दौड, चार सय मिटर छात्र छात्रा दौड, लङ जम्प, सर्ट फुट लगायतका खेलहरु समाबेश छन् । प्रतियोगिता मंगलबार समापन हुनेछ ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal