गल्याङमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु


गल्याङ,१६ चैतः गल्याङमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । गल्याङ नगरपालिका शिक्षा तथा खेलकुद शाखाको आयोजनामा गल्याङ १ मालुङ्गामा रहेको सार्बजनिक माध्यमिक विद्यालयमा गल्याङ नगर अन्तर विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सोमबारदेखि सुरु भएको हो ।
प्रतियोगिताको उद्घाटन समारोहमा नगरपालिका प्रमुख भुपराज अधिकारीले नगरपालिकाबाट भैरहेका राम्रा काममा अबरोध नगर्न आग्रह गर्नुभयो । उहाँले भोट आफुलाई मन लागेको ठाउँमा दिन आग्रह गर्दै विकास सबैका लागि भएकाले राम्रा कामको विरोध नगर्न आग्रह गर्नुभयो ।
नगरप्रमुख अधिकारीले नगरपालिकाबाट भैरहेको बहुप्रतिष्ठीत राम्दी धामको बृहत्तर गुरुयोजनामा केही अबरोध गर्ने प्रयास भैरहेको प्रसंग निकाल्दै यस्तो कामले विकास गर्न समस्या हुने बताउनुभयो ।

उहाँले सार्वजनिक माध्यमिक विद्यालयमा रहेको खेल मैदानको थप विकासका लागि दश लाख रुपैयाँको व्यवस्थापन गर्ने प्रतिबद्धता पनि जनाउनुभयो ।
गल्याङ नगरपालिकाले प्राविधिक शिक्षालाई जोड दिइरहेको भन्दै नगरप्रमुख अधिकारीले कृषि र इन्जिनियरीङ क्षेत्रमा पनि कक्षाहरु सञ्चालन भैरहेको बताउनुभयो । विद्यार्थीको रचनात्मक क्षमताको विकासमा रनिङ शिल्ड प्रतियोगिताले महत्वपूर्ण भूमीका खेल्ने समेत बताउनुभयो ।
कार्यक्रममा नगर उपप्रमुख देविसरा थापा, शिक्षा शाखा प्रमुख केदाराराज आचार्य, वडा नम्बर १ का अध्यक्ष गणेशप्रसाद बस्याल लगायतले बोल्नुभएको थियो । शिक्षा समितिका राजेन्द्रदेब खनालले सञ्चालन गर्नुभएको कार्यक्रममा सार्वजनिक माध्यमिक विद्यालयका प्रधानाध्यापक चुडामणी पाण्डेले स्वागत मन्तव्य राख्नुभएको थियो । प्रतियोगिता अन्तर्गत एक सय मिटर छात्र छात्रा दौड, चार सय मिटर छात्र छात्रा दौड, लङ जम्प, सर्ट फुट लगायतका खेलहरु समाबेश छन् । प्रतियोगिता मंगलबार समापन हुनेछ ।

ताजा

स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु

२०८३ भाद्र १९ गते, शुक्रबार

स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु

२०८३ भाद्र १९ गते, शुक्रबार

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal